महानिर्वाचनः देश डुबाउने ती जावाका कति कुरा सुन्नी ?

चित्रबहादुर केसी तिमिल्सिना ‘अकेला’

हिजो उनी कस्ता थिए, आज के छन् कुन्नी !
देश डुबाउने ती जावाका, कति कुरा सुन्नी ?

सर्वगुणी हुन्छन् नेता, भन्थे बुढा पाका,
हाम्रा नेता बुद्धि, हुति, मति,गति शूण्य ?
देश डुबाउने ती जावाका, कति कुरा सुन्नी ?

कस्तो खालको परिपाटी, बस्यो हाम्रो देशमा,
आजसंम के पायौं खोई, तिन्लाई मात्र चुन्नी ?
देश डुबाउने ती जावाका, कति कुरा सुन्नी ?

दल चाहार्ने देश डुबाउने, शेर होलान् है फेरी,
ठट्यौली र उखान टुक्का, कोहीका गफ नसुन्नी !
देश डुबाउने ती जावाका, कति कुरा सुन्नी ?

गाई डोर्याउँदै हत्याराका, वध-शालामा जानी,
जाँड पिउने झल्लु खल्लु, सबलाई तल तान्नी ?
देश डुबाउने ती जावाका, कति कुरा सुन्नी ?

नेपाललाई जोगाउँ जनता, भ्रष्टाचारी पन्छाउँ,
नयाँ पुस्ता ल्याउनु पर्छ, ती भ्रष्टलाई थुन्नी ?
देश डुबाउने ती जावाका, कति कुरा सुन्नी ?

उमेर मात्र ख्याल् नराख, हद-याद यत्ति भनि,
जिबा पुस्ता सब नपन्छाउ, झन्छन् तिमी मान्नी !
देश डुबाउने ती जावाका, कति कुरा सुन्नी ?

जिबा पुस्ता हाय हाय, बाउ पुस्ताको राय,
युवा पुस्ता जे भन्दछ, उनकै कुरा सुन्नी ?
देश डुबाउने ती जावाका, कति कुरा सुन्नी ?


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button