‘अपाङ्गता प्रतिभा-२०७७’ लाई एक लाखसहित मुस्ताङ टुर

‘अपाङ्गता’ प्रतिभा-२०७७’ को फाइनल अडिसनको दिन नजिकिँदै छ । ‘फरक क्षमता भएका व्यक्तिहरुका प्रतिभा प्रस्फुटनका लागि यो कार्यक्रम आयोजना गरिएको हो’, कार्यक्रम संयोजक साइकल यात्री चित्र पौडेलले बताए । उनी आफै पनि पोलियो पिडित हुन्, जसको कारण उनको दायाँ खुट्टा प्रभावित छ ।

आँगन पार्टी प्यालेस, इमाडोल, ललितपुरमा पुस २४ गते हुने फाइनल अडिसनमा देशका सातैवटै प्रदेशबाट छनोट भएका प्रतिभाहरुको सहभागित रहनेछ । नृत्य, गायन, चित्रकला, हस्तकलाजस्ता कला-प्रस्तुतिलाई प्रतिस्पर्धामा समावेश गरिएको छ । विजेताले एक लाख रुपैंया नगदसहित मुस्ताङ टुर पनि पाउने संयोजक पौडेलले बताए ।

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button