कान्जी हाउस होइन, गौशाला आवश्यक

स्मृती राणा

कान्जी हाउस भनेको वधशाला हो । कान्जी हाउसलाई पशु हत्या केन्द्र भन्दा फरक नपर्ला । कान्जी हाउसमा सरकारले घेराबन्दी गरेर गाईहरुलाई थुन्ने गर्दछन् । नेपालमा नगरको विकाससँगै कान्जी हाउसको संख्या बढ्दै गइरहेको छ ।

मानिसहरु शहरीया आकर्षण देखेर आफ्नो घरको गौमाताहरूको दाम्लो खोली सडकमा लगेर छोडिदिन्छन् । गाई घरपालुवा जनावर भएको हुनाले र मान्छेसँग प्रेम भएको कारणले गौमाता फेरि फर्केर बस्ती नजिकको सडकमा बस्ने गर्दछन् । जसको कारण सडक दुर्घटना बढ्दै गइरहेको छ र सडकमा दुर्गन्ध आदि बढेको छ । अहिले सबैभन्दा ठूलो चुनौती भनेको सडकमा छोडेको छाडा चौपाया हो ।

अहिले देशभरीका स्थानिय गाईहरु हेलाका पात्र बनेका छन् । चाडपर्वमा गाई चाहिने ,नागपञ्चमीमा गाईकै दूध चाहिने, मर्दा, जन्मँदा गौ दान आदि गर्ने, हरेक शुभ र पितृ कार्यमा पञ्चगव्य चाहिने हाम्रो समाज अहिले गाईको महत्व नबुझेर रोगी र संस्कारहिन बन्दै गइरहेको छ । गाईलाई गौशालामा गएर एक बोरा चोकर शुध्द खुवाउन सक्दैन् हाम्रो समाजले ।

गौ संरक्षण अरु निर्जिव वस्तुको जस्तो सजिलो नभए पनि असम्भव चाहिँ छैन । गौ संरक्षण एक व्यक्तिबाट मात्र सम्भव देखिन्न । यसको लागि व्यापक जनसहभागिताको आवश्यकता छ । व्यवस्थापनलाई चुस्त बनाउन र गौशालालाई दिगो संचालन गर्न इमान्दार, सक्रिय, सामाजिक भावनाका व्यक्तिहरुलाई समेटेर अगाडि बढ्नु पर्दछ । गौ माता स्वयम् देव मन्दिर हुनुहुन्छ, जसको शरीरमा तेतीस कोटि देवी देवताको बास रहेको छ, जसलाई वैज्ञानिकहरुले पनि हिँड्दोडुल्दो औषधालय भनेर भन्ने गर्दछन् । यति धेरै महिमा बोकेकी गौमातालाई हरेक क्षेत्रमा कान्जी हाउस होइन, राम्रो व्यवस्थित गौशालाको आवश्यकता रहेको छ।

देशभरिका प्रत्येक निर्वाचन क्षेत्रमा नेपाल सरकारको निगरानीमा र सरकारी व्यवस्थापनमा सञ्चालन गरिएमा कृषि क्षेत्रमा ठूलो सेवा पुग्दथ्यो र यसो भएमा गौवंशको रक्षा पनि हुने थियो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

  1. सत्य वचन दिज्यु,
    तर विडम्बना आज गौमाता तिरस्कृत मात्रभोइन् की कमाई खाने एजेण्डा मा सिमित हुन पुग्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button