१५ वर्षदेखि घरमै फोहोर व्यवस्थापन गरेका सायमीले सुझाए १९ बुँदे फोहोर व्यवस्थापन सुत्र

काठमाडौंमात्र होइन, प्रत्येक ठाउँ सफा गर्न प्रत्येक नागरिक सुध्रिनु पर्छ ।

स्नेह सायमी

१. सिसडोलमा अव्यवस्थित रुपमा फोहोर फालेर काठमाडौं सफा राख्ने सोच दिर्घकालीन होइन ।

२. घरको ढल नदीमा हालेर बागमति सफाइ गर्छु भन्नु पनि नौटंकी नै हो ।

३. सबैभन्दा बढी फो निकाल्नेलाई कि आफै फोहर व्यवस्थापन गराउन लाउनु पर्छ कि अत्यधिक कर लगाउनु पर्छ ।

४. वातावरण पैसाले किन्न पाईंदैन ।

५. काठमाडौंमात्र होइन, प्रत्येक ठाउँ सफा गर्न प्रत्येक नागरिक सुध्रिनु पर्छ ।

६. ठूलो स्केलमा फो सफा गर्न त्यस्तै किसिमको फोहोर छुट्याउने प्रविधि संसारमा प्रशस्त छन् ।

६. हिलोलाई छानेर कञ्चन बनाउने प्रविधि पनि छ र ति प्रविधि धेरै महँगा छैन ।

७. कुनै पनि पालिका र सरकारी निकायले समाधान गर्ने मनले कोशिस गरे काठमाडौं वा कुनै पनि ठाउँ सफा बनाउन ६ महिना लाग्दैन ।

८. फोहोर एकै ठाउँमा मिसाउनु सबैभन्दा खराब बानी र बिधि हो ।

९. फोहोर फाल्नु अघि नै फोहोरको प्रकृति अनुसार घर र टोलमा छुट्याउनु पर्छ ।

१०. काठमाडौंको अधिकांश फोहोरबाट मल बन्छ ।

११. अहिलेसम्म रेडियसन भएको फोहोर सुन्नमा आएको छैन जुन विदेशतिर हुन्छ र खतरनाक छ ।

१२. अस्पताल, होटेल, रेष्टुराँ, सुपर स्टोर, कलेज र सरकारी निकाय आदि नै सबैभन्दा फोहोर फाल्नेहरु हुन र सत्तासंग नजीक पनि उनीहरु नै ।

१३. हामी पन्ध्र वर्ष अघिदेखि घरमै फोहोर व्यवस्थापन गर्छौ ।

१४. ९० प्रतिशतको मल बन्छ ।

१५. प्लास्टीकको झोला पुनः प्रयोग गर्न छिमेकीलाई दिन्छौं ।

१६. कागज विक्री हुन्छ ।

१७. ३ प्रतिशत फोहोर फाल्नु पर्ने हुन्छ ।

१८. पहिले फोहोरबाट ग्यास निकाल्ने ट्यांकी राखेका थियौं, काम लागेन ।

१९. अहिले प्लास्टीकको भाँडोमा फोहोरबाट मल बनाउँछौँ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button