वडा अध्यक्ष अंकललाई छोरीको चिठ्ठी (कागेश्वरी मनोहरा)

बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको सुरुवात भएसँगै काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-१ मा निरन्तर (नेकपा) एमालेलाई जनताको सेवा गर्ने अवसर प्राप्त भएको थियो । कम्युनिष्ट सिद्धान्तलाई शिरोधार्य गर्दै स्वर्गिय मदन भण्डारी, मनमोहन अधिकारी र हालकी राष्ट्रपति विधादेवी भण्डारीलगायत थुप्रै एमाले उम्मेदारहरुले चुनेको क्षेत्र हो यो । सबैले आफ्नो शक्ति र बलबुताले सकेसम्म विकास त गर्न खोजे नै तर पनि प्रायः एमालेको अल्पमतको सरकारका कारण प्रचुर मात्रामा विकासलाई द्रुतगतिमा बढाउन नसकेको अवस्था थियो ।

आफ्नो जन्मस्थललाई राजनीतिक मैदानमा उत्रिएर राज्यको नीति र नियम अनुसार कार्य गर्ने योजनाबद्ध भई उदाउनु भयो अंकल मकुन्द गजुरेल ।

निजामति कर्मचारीको गाविस सचिवको पदमा रही राज्यको सेवा गरिरहनु भएको थियो । सरकारी भत्ता (पेन्सन)को लागि करिब ९ महिना बाँकी थियो । १९ वर्ष ३ महिना निजामति कर्मचारी भई राज्यलाई सेवा गर्दैगर्दा सायद तपाईले नियालिरहेको परिवेशसँग मुकाबिला गर्दै कयौँ चुनौतीलाई कठघरामा राखी २०७४ सालको स्थानीय निर्वाचनको लागि निजामति कर्मचारी पद त्याग गरी राजनीतिक मैदानमा उत्रने तपाईंको निर्णयसँग सिंगो परिवार असन्तुष्ट थियो । सरकारी भत्ताको लागि तपाईलाई जागीर नछोड़न सबै परिवार र आफन्तले प्रेरित गरिरहेका थिए । तर, समाजको लागि सेवा गर्ने आफ्नो अनुकूलको परीवेशलाई मध्यनजर गरिरहनु भएको तपाईं आफ्नो निर्णयबाट पछि हट्न चाहनु भएन । आखिर ९ महिना अगावै गाविस सचिव निजामती पद त्याग गरी राजनीतिक मैदानमा उत्रनुभयो ।

समाज विभिन्न राजनीतिक दलसँग आबद्ध भएको कारण तपाईलाई प्रतिस्पर्धा गर्नु पर्ने थियो । एक घर एक थरको गजुरेल परिवारको प्रतिष्ठा त समाजमा राम्रो थियो । तथापि पार्टीगत रूपमा सम्पूर्णले तपाईंलाई समर्थन गरी नरहेको अवस्था जो थियो । यसलाई हराउनु पर्छ भनी प्रतिपक्षी लागिरहेका थिए । तर यो भएमा समाजले नयाँ रूप पाउने थियो भनी समर्थन गर्नेको जमात पनि थियो । समाज अनि राजनीतिक परिवेशलाई चुनौती दिँदै २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमाले काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका १ को वडा अघ्यक्ष पदमा विजय हाँसिल गर्नुभयो ।

पहिलो कार्यकाल थियो । राज्यको नीति र नियम अनुसार एक वडा अघ्यक्षको शक्ति त कति हुन्छ थाहा थिएन । तर पनि आफ्नो वडाको विकासको लागि अहोरात्र खटिनु भयो । वडाभित्र यातायात, सड़क निर्माणमा प्रचुर विकास देखिए । बाटोहरुले मजबुत हुने मौका पाए । गागलको बाटोहरुमा एकाएक आएको परिवर्तनले त्यहाँका जनताको जीवनस्तरमा पनि परिवर्तन आएको देखियो । गाउँको भित्री बाटोहरु पनि पिच भई नयाँ कार्य देखिए । वडा अघ्यक्षको शक्ति हुँने रहेछ भनी सबैले मुक्तकण्ठले प्रशंसा गर्न थालेका थिए । तपाईंको कार्यकाल सकिँदै थियो । ५वर्ष बित्यो । पुनःस्थानिय चुनावको मिति तय भयो । र, अर्को कार्यकालको लागि पुन उम्मेदवारीको अवसर प्राप्त भयो । यो चुनाव तपाईंको लागि पहिलो चुनावभन्दा एकदमै चुनौतीपूर्ण थियो । किनकि, एमालेबाहेकको पाँचदलीय गठबन्धन भएको कारण धेरै दलहरुसँग एमाले एक्लो लड़नुपर्ने परिवेश थियो । प्रतिस्पर्धाको लड़ाईं जो थियो । तर, विगतका ५ बर्षहरुमा गरिएका कार्य र अधूरा कार्य तालिकालाई पुरा गराउनु पर्छ भन्ने जनमानसिकताको विकासको कारण प्रतिपक्षीहरुले खुट्टा तान्न खोजेता पनि विकासप्रेमीहरूको अत्याधिक मतको कारण बहुमतले विजय पाउन सफल हुनुभयो ।

सान्दाई (अंकल) बाटो विकासलाई तपाईले पूर्व कार्यकालदेखि नै जोड दिनुभएको हो नै ।अबको बाँकी एजेण्डाहरु पनि समाजका लागि दिगो हुने खालका नै रहनेछन् भन्नेमा विश्वस्त छु । पूर्वाधार विकासलाई जोड दिँदै आफ्नो वडाबासीहरुको जनस्तर सुधारको लागि पनि केही कार्य तालिका बनाई, केही औधोगिक कारख़ानाहरुका लागि पनि बजेट ल्याउन सकेमा यस वडामा केही हदसम्मको रोजगारी व्यवस्थापन गर्नसकिने थियो कि भन्ने मेरो व्यक्तिगत धारणा पस्किएकी छु ।

देशले जहाँनिया राणाशासनलाई परास्त गर्दै राजतन्त्र अनि बहुदल, प्रजातन्त्र र फेरि गणतन्त्र पायो । सबै तन्त्रको मूलनारा देश र जनताको दिगो खुशी नै थियो । जब शक्ति अहोदामा पुग्यो अनि जनताको तमाम खुशीलाई कुल्ची आफ्नो शक्तिलाई दुरुपयोग गरेको नतिजा स्वरूप सरकार अनि अधिकाँश राजनीतिक दलसँग जनता रुष्ट हुन पुगे । दलिय अराजकताको फलस्वरूप यो स्थानिय चुनावमा जनताले स्वतन्त्र व्यक्तिलाई रोजेको कारण काठमाडौं महानगरमा बालेन्द्र, धरानमा हर्कलगायतलाई बिना आन्दोलन, बिना हत्या हिंसा, बिना करकाप आफ्नो अमूल्य मत दिएर जिताए । जनताले चाहे भने राजनीतिलाई आधुनिकिकरण गरी आफ्नो प्रतिनिधि चुन्न सक्छन् भन्ने सबक नेपाली राजनितिक मैदानलाई सिकाई पनि दिए । यो कुरा म किन पस्किँदै छु भने राजनीतिकर्मीहरुले आफ्नो पार्टीको लिड गर्दै समाजले के चाहेको छ ? युवा पुस्ताले के चाहेको छ ? त्यसलाई पनि मनन गर्दै आफ्नो योग्यता र आफ्नो शक्तिको सही सदुपयोग गरी आफ्नो क्षेत्रलाई रूप फेराई राजनितिको आधुनिकिकरण गरी नयाँ सिस्टम बसाल्नु तपाईको ज़िम्मेवारी हुनेछ ।अहोदाको लागि राजनिति गरी अहिलेको धेरै राजनीतिक पार्टीहरु फोहोरी राजनीति आहालमा डुबिराखेका छन् । आशा छ सान्दाई, तपाईंले आफ्नो कार्यकालमा आफ्नो प्रतिष्ठालाई कायम नै राख्नु हुनेछ र राजनितिलाई पनि युवाहरूको रोजाईमा पर्ने खाले बनाई यो क्षेत्रलाई अझ सशक्त बनाउनु हुनेछ ।

सफल कार्यकालको शुभकामना छ सान्दाई ।

रूपा अधिकारी
छोरी


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

  1. Impressive chha nani timro lekh! Ma chinchhu timlai! सफल कार्यकालको शुभकामना मामा??

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button