मतगणनास्थल: ‘चिडियाखानामा बाघ, भालुलाई जस्तै हजुरलाई किन तारबारभित्र थुनेको बाबा ?

लघुकथा: जिज्ञासा

मित्र ‘उराठी’ गौतम
अमरपुर–गुल्मी, हालः तिलोत्तमा-२, रुपन्देही

मतदान कार्यक्रम सम्पन्न भै सकेकोले मतगणना कार्य चलिरहेको थियो । काम विशेषले गर्दा मतगणनामा खटिएका श्रीमानलाई भेट्न उनी गणनास्थलमै पुगिन् । सानी छोरी रश्मी पनि आमाको पछिपछि लागिन् । तारबारले घेरीएको गोप्य र सुरक्षित ठाउँमा थिए श्रीमान् । त्यहाँ भेट्न जाने अवस्था थिएन । अलि परै छेउमा श्रीमानलाई पर्खिबसिन् । श्रीमान् उनलाई भेट्न बाहिर आए ।

‘चिडियाखानामा बाघ, भालुलाई थुनेर राखे जस्तै हजुरहरुलाई पनि किन तारबारभित्र थुनेको बाबा ? के तपाईहरुले पनि बाहिर बसेको मान्छेहरुलाई झम्टनुहुन्छ र ?’, छोरीले बालसुलभ जिज्ञासा राखिन् ।

‘धत् लाटी ! बाबालाई त्यस्तो भन्न हुन्न । बरु बाहिर बसेका मान्छेहरुले भित्रका मान्छेलाई बाघ, भालुले झैँ झम्टन सक्छन् भनेर बाबालाई तारजालीले बारेको खोरमा सुरक्षित राखेको नि’, उनले छोरीको जिज्ञासा मेटाउने प्रयत्न गरिन् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button