
चुनाव आयो घर गाउँ डुल्दै, नेता करायो दुई हात जोर्दै
व्यंग्य
किरण अन्जान
विराटनगर
चुनाव आयो घर गाउँ डुल्दै
नेता करायो दुई हात जोर्दै
गर्दैछ बाचा अति शिष्टताले
भर्दैछ आश्वासन मिष्टताले ।
ल फेरि मीठो सपना सुनायो
संसार सारा गफ चुट्न थाल्यो
जिब्रो चलायो अनि मस्त पार्यो
नेता रमायो कति मस्त छायो ।
भन्दैछ उस्ले मत देउ मात्र
मौका मिलेमा अझ लुट्छु देश
सानो तिनो मै कति जात फेक्नु
नेता करायो अति जोर जोर ।
जता रसायो तहि चाट्न पुग्ने
जम्यो जताको तर आँ उतै पो
सुक्को भनेको भर छैन नेता
नेता करायो ल चुनाब आयो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



