
कोभिडमा मरिएको भए २ वटा पिण्ड खाईसकेका हुन्थ्यौं
सौर्या खनाल
कोभिडमा मरिएको भए २ वटा पिण्ड खाईसकेका हुन्थ्यौं । तर पनि बिचरा मनुवालाई चेत छैन, कि यो नयाँ जीवन नयाँ तरीकाले शुरू गरौं, भनेर ।
नानीबाबुहरूको A+ आएन भनेर यता उता A+ दिने स्कुलको खोजमा भौंतारीनु अघि कृपया खयाल राख्नुस्, A+ भनेको 90%+ हो। चानचुने कुरा हैन, आफ्ना नानीबाबुको खुबि आफैलाई बढी थाहा हुन्छ हैन र ?
फेरि देशको नियम मान्नु पर्छ भनेर सामाजिक शिक्षामा सिकाउने शिक्षण सँस्थानले स्कुल खोलेर घोटाउने पनि त परिस्थिति थिएन, नी, कि कसो? अनि कोभिड फैलिएको भए, केही तल माथि भएको भए नि?
फेरि सिकाई, पढाई घोटाएर पिलाउने वस्तु हो र ?
बिगत २ वर्षमा कोभिडको कारण, लामो बन्द, अनलाईन पढ्न हिचकिचाहट, थोरै समय physical, फेरि बन्द, फेरि सिफ्ट, अनलाईन हुँदै स्कुललाई:
१) पाठ्यक्रम सकाउन,
२) भौतिक दुरी कायम गर्न,
३) केटाकेटीलाई आफ्नो पढाइ प्रति जिम्मेवारी लिन सिकाउन,
४) अभिभावकहरूलाई केटाकेटीले अनलाईन पढे नपढेको खयाल राख्ने जिम्मेवारी लिनुस् भनेर अनुरोध गर्न, सारै हम्य परेको थियो ।
विगत २ वर्षमा केटाकेटीको सिकाई र पढाईप्रतिको लगाव धेरै घटेको पाएका छौं ।
सबै स्कुलहरूमा यस्तै हो । त्यसैले आफ्ना नानीबाबुहरूलाई विगत २ वर्षदेखि सुरक्षित तरिकाले राखेर, खुसि पार्दै, नअताउँदै शैक्षिक सत्रहरू खेर नफालि मायाँ गरेर सम्हाल्ने गुरूकुलहरूलाई एक पटक धन्यवाद भनौं ।
नयाँ शुरूवात गरौं, स्यावाशी दिउँ, किनकी स्कुलहरूलाई सजिलो भने पक्कै थिएन । अनि कृतज्ञ भए अझै कृपा बर्सन्छ रे ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



