प्राणीशास्त्रीको पहिलो पुनर्मिलन, प्रा.डा. आनन्दशोभाको नेतृत्वमा ‘एल्युम्नाई’

प्राणीशास्त्र केन्द्रीय विभाग, कीर्तिपुरबाट सन् १९६५ देखि हालसम्म दीक्षितहरूबीचको पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाई सञ्जाल निर्माण र सहकार्यको वातावरण बनाउने उद्देश्यले प्राणीशास्त्र केन्द्रीय विभाग एल्युम्नाई एसोसिएसन, त्रिभुवन विश्वविद्यालयद्वारा राष्ट्रिय प्रकृति संरक्षण कोष, खुमलटारमा पहिलो पुनर्मिलन समारोह र आयोजना भयो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, खुमलटार तथा जोलोजिकल सोसाइटी अफ लण्डन, नेपालको सहयोगमा गरिएको समारोहमा एल्युम्नाईद्वारा प्राणीशास्त्र अध्यापन र अनुसन्धानमा अतुलनीय योगदान पु-याउने प्रा.डा.जीवनश्रेष्ठ र स्वर्गीय डा. प्रह्लाद योञ्जनलाई सम्मानित गरिएको थियो भने प्रा. द्विजराज उप्रेती, प्रा.डा. पूर्णनाथ मिश्र, प्रा. तोरणबहादुर कार्की र प्रा.डा. रन्जना गुप्तालाई सम्मानस्वरूप मानार्थ सदस्यता प्रदान गरियो ।

मन्तव्यक्रममा प्राणीशास्त्र केन्द्रीय विभागका प्राध्यापक डा. कुमार सापकोटाले भने, ‘नयाँ पुस्ताका निम्ति प्राणीशास्त्र अध्यापन र अनुसन्धानमा यो समारोह प्रेरक र ऊर्जाको स्रोत बन्ने आशा लिएको छु ।’ यसैगरी प्राणीशास्त्र केन्द्रीय विभागका प्रमुख प्राध्यापक डा. तेजबहादुर थापाले विश्वविद्यालय र केन्द्रीय विभागमा एल्युम्नाईको अस्तित्वले गहन अर्थ राख्ने बताए । प्राणीशास्त्र केन्द्रीय विभाग एल्युम्नाई एसोसिएसनका अध्यक्ष प्रा.डा. आनन्दशोभा ताम्राकारले पुनर्मिलन समारोहले विचार र दृष्टिकोण आदानप्रदानका लागि आफ्नै किसिमको मौलिकता बोकेको बताइन् ।
समारोहमा प्राणीशास्त्र केन्द्रीय विभागका प्राध्यापक डा. प्रेमबहादुर बुढाले नेपालमा जीवजन्तुको अन्वेषणको अवस्था र राष्ट्रिय प्रकृति संरक्षण कोषकाडा. चिरञ्जीवि पोखरेलले बाघ संरक्षणसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

भेलामा प्रा.डा. आनन्दशोभा ताम्राकारको अध्यक्षतामा प्राणीशास्त्र केन्द्रीय विभाग एल्युम्नाई एसोसिएसनको नयाँ कार्यसमिति पनि गठन गरियो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button