मैले नबुझेको राजनीति

सृजना नेपाल
इटहरी

तिमी राजनिती गर्छौ
तिम्रा कार्यकर्ता झुन्ड बनाएर बसेका छन्
तर, तिम्रै पार्टीभित्र गुट र उपगुट छ
तिम्रा अगाडि सलामी पनि ठोक्छन्
तिमी जनताका अगाडि मीठो बोल्छौ
चिप्ला कुरा गर्छौ
पृथ्वीमा बसेकालाई कुराले चन्द्रमामा पुर्‍याएर खसाल्छौ
खै कस्तो नीति हो यो ?
मैले नबुझेको राजनिती ।

यहाँ विधिको शासन हैन
व्यक्तिको शासन छ
यहाँ समाज विकासभन्दा पनि
नेता कार्यकर्ता व्यक्तिवादी हुँदैछन्
सत्ताको खातीर
जस्तो खेल पनि खेल्छन्
इमान जमान सबै बेच्छन्
सोझा सिधा फसाउँछन्
तिमी मक्ख पर्छौ
यत्रा जनता मेरा साथ
तर तिम्रा अगाडि मात्रै चिप्ला हुन्
सत्ता टिकाउन शक्तिको प्रदर्शन हुन्छ
विपक्ष पार्टीलाई सराप्छौ
अनि कार्यकर्तालाई पनि सराप्न सिकाउँछौ
वल्लो घर पल्लो घर
र, माथ्लो घरमा विपरित पार्टीका झन्डा
छिमेकमै दुश्मनी हुन्छ
पार्टीका नाममा आफन्तमै
लडाईं झगडा हुन्छ
तर तिमी सत्ता पाउने लोभमा
गठबन्धन भन्छौ
खै कस्तो नीति हो यो ?
मैले नबुझेको राजनीति ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button