छाेरी ! तिमी जे गर्छौ, परिचय तिम्रो त्यही हो

धनन्जय दवाडी
बेसिशहर,लमजुङ

प्रिय छाेरी
सबै थोक सबैले
गर्न सक्दैनन्
गर्दैनन् ।

तिमी जे गर्छौ
परिचय तिम्रो त्यही हो ।

तिमी जे गर्न चाहन्छौ
त्याे गर्न सक्छौ,
तिम्राे क्षमताले सफलता पाउँछ
त्यसको औचित्य जाँच
आफैलाई विश्वास दिलाऊ
त्यो राम्ररी गर, पूर्ण मनले गर,
प्रेमपूर्वक आनन्द मानेर गर ।

तिम्राे बिश्वाशले
तिमीलाई लक्ष्यमा पुग्न प्रेरित गरिरहन्छ
जाे भेटेकी छाै यात्रामा
साथी ,आफन्त,गुरुहरु
ती सबैले तिमीलाई चिन्दैनन्
तिम्राे मनकाे भाव बुझ्दैनन्
तिमीपनि सबैलाई चिन्न र बुझ्न सक्दिनौ
जब ती जाँचिन्छन्
काममा, संगतमा, व्यवहारमा
अनि थाह हुन्छ तिनका दाेष र गुण
तिम्रालागि तिनका दाेषले
हाेस गर्न र गुणले सिक्न प्रेरित गरिरहने छ
ठेस लागेका ढुङ्गालाई बिर्स
निरन्तर अघि बढ
कराइ रहन्छन् कागहरु
सुकिरहन्छ पीना
हरेक काममा लगनले लाग
खुशीलाे हँसिलाे भएर लाग
प्रत्येक क्षण
आमाकाे स्नेह
सपना

प्रेमलाई
सम्झ
सबैकाे दायित्व हुन्छ
जिम्मेवारी पनि हुन्छ
पूरा गर्नु कर्तव्य हाे ।

घरकाे र देशकाे
रुपान्तरण
छाेरीकाे नेतृत्वमा सम्भव छ ।

आफ्नै श्रममा
परिचय आर्जन गर
आफ्नाे मिहिनेतले आर्जेकाे परिचय बनाऊ
सबै भन्दा अग्लाे बन
अनि
जीवनको महक अनुभूत गर ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button