
छाेरी ! तिमी जे गर्छौ, परिचय तिम्रो त्यही हो
धनन्जय दवाडी
बेसिशहर,लमजुङ
प्रिय छाेरी
सबै थोक सबैले
गर्न सक्दैनन्
गर्दैनन् ।
तिमी जे गर्छौ
परिचय तिम्रो त्यही हो ।
तिमी जे गर्न चाहन्छौ
त्याे गर्न सक्छौ,
तिम्राे क्षमताले सफलता पाउँछ
त्यसको औचित्य जाँच
आफैलाई विश्वास दिलाऊ
त्यो राम्ररी गर, पूर्ण मनले गर,
प्रेमपूर्वक आनन्द मानेर गर ।
तिम्राे बिश्वाशले
तिमीलाई लक्ष्यमा पुग्न प्रेरित गरिरहन्छ
जाे भेटेकी छाै यात्रामा
साथी ,आफन्त,गुरुहरु
ती सबैले तिमीलाई चिन्दैनन्
तिम्राे मनकाे भाव बुझ्दैनन्
तिमीपनि सबैलाई चिन्न र बुझ्न सक्दिनौ
जब ती जाँचिन्छन्
काममा, संगतमा, व्यवहारमा
अनि थाह हुन्छ तिनका दाेष र गुण
तिम्रालागि तिनका दाेषले
हाेस गर्न र गुणले सिक्न प्रेरित गरिरहने छ
ठेस लागेका ढुङ्गालाई बिर्स
निरन्तर अघि बढ
कराइ रहन्छन् कागहरु
सुकिरहन्छ पीना
हरेक काममा लगनले लाग
खुशीलाे हँसिलाे भएर लाग
प्रत्येक क्षण
आमाकाे स्नेह
सपना
र
प्रेमलाई
सम्झ
सबैकाे दायित्व हुन्छ
जिम्मेवारी पनि हुन्छ
पूरा गर्नु कर्तव्य हाे ।
घरकाे र देशकाे
रुपान्तरण
छाेरीकाे नेतृत्वमा सम्भव छ ।
आफ्नै श्रममा
परिचय आर्जन गर
आफ्नाे मिहिनेतले आर्जेकाे परिचय बनाऊ
सबै भन्दा अग्लाे बन
अनि
जीवनको महक अनुभूत गर ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)