
छोरी ! तिमी बिना चल्दैन मेरो जिन्दगानी
पुस्पा केसी
मेरी प्यारी छोरी तिमी
मेरी आँखाको नानी तिमी
तिमी बिना चल्दैन मेरो जिन्दगानी |
आज तिमी सानी छौ भोलि ठूली हुनेछौ
तिमी पनि देशको लागि राम्रो काम गर्नेछौ |
छोरी मेरो घरको लक्ष्मी
छोरी मेरो सौभाग्य
तिमी नै हौ सृष्टिको नयाँ रंग फेर्ने
मेरी प्यारी छोरी तिमी
मेरी आँखाको नानी
तिमी बिना चल्दैन मेरो जिन्दगानी |
