मुटु ब्यागमा बोकेर हिँड्ने साल्वा हुसेन
सुशीला शर्मा
जादुयी मुस्कान बोकेर साल्वा हुसेन हिँड्ने गर्छिन् । यिनी आफ्नो श्रीमानसँग लण्डनमा बस्ने गर्छिन् । विश्वको प्राकृतिक मुटु बिनाको दोश्रो महिला हुन् उनी । आफ्नो मुटु ब्यागमा बोकेर हिड्ने साल्वा जब सिभियर हार्टएट्याकले अस्पताल भर्ना भईन अनि अप्रेसनपश्चात सम्पूर्ण रुपले कृतिम मुटु बोकेर डिस्चार्ज भईन् ।
ब्रिटिस न्यूजपेपर डेली मेलका अनुसार ३९ बर्षीय साल्वा हुसेन यसरी कृतृम मुटु बोकेर बाँचिरहेकी एउटै महिला हुन् । यिनी दुईटा छोराछोरीकी आमा पनि हुन् । उनको व्यागमा दुईवटा व्याट्री भएको डिभाईस छ । जसको तौल ६.८ किलोग्राम छ । व्यागमा ईलेक्ट्रिक मोटर र एयरपम्प मेशिन पनि छ । व्याट्रीले प्लास्टिकको झोलामा हावा तान्छ र पावर प्लास्टिक च्याम्वर्समा हावालार्ई धकेल्छ । बिरामीको छातीमा जडिएको टयुवमार्फत शरीरमा रक्त सञ्चार गर्दछ ।
यिनको मुस्कानको अघिल्तिर सामान्य मान्छेको समस्या र चिन्ताहरु लाजले झुक्न सक्छन् । सन् २०१७ मा स्वासप्रश्वासमा समस्या भएपछि उनलाई डाक्टरहरुले सिभियर हार्ट फेलियर भएको बताएका थिए । उनी सिकिस्त भएकोले हार्ट ट्रान्सप्लान्ट सर्जरी पनि गर्न सकिएको थिएन् । तत्पश्चात उनको श्रिमानले साल्वालाई कृतिम मुटु राख्नको लागि सहमत भए । सर्जनहरुले साल्वाको साल्वाको रोगी मुटुलाई हटाईदिए अनि स्पेसियालिस्ट युनिट उनको पछाडि जडान गरिदिए । उनी साथमै दोश्रो युनिट पनि बोकेर हिँड्छन् यदि पहिलो युनिट फेल भएको खण्डमा आकस्मिक जडानको लागि । उनको श्रीमान सधैं उनीसंगै हुनुपर्ने छ । यदि कुनै ईमर्जेन्सी परिहालेमा उनको सहयोगको लागि । उनको कृतिम मुटु जडानलाई कार्डिमियोप्याथी भनिँदो रहेछ । साल्वाले बोकेर हिँड्ने मुटुको ८८.७२ लाख पर्दोरहेछ । अमेरिकी कम्पनीले बनाएको उक्त मेशिनलाई ६ घण्टाको अप्रेसनको अवधीमा साल्वाको शरीरमा जडान गरिएको थियो । साल्वाको सर्जरी डाक्टर डायना गारसिया सेज नाम गरेका सर्जनले गरेका थिए ।
साल्वाको बिना प्राकृतिक मुटु पनि जिवन पाउनुलाई बिज्ञानको ठूलो उपलब्धी पनि मानिन्छ । संसारमा मृत्यु त अवश्यंभावी छ तर अलि बढी बाँचे अलि बढी नै संसार देख्न पाईन्छ भनेर लामो आयूको आश त सबै साधारण मानिसहरुले पनि गरिहाल्छन् । तर यति खर्चिलो र जोखिमपूर्ण जीवनलाई पनि स्वीकारेर पनि खुस मिजास र सकारात्मक जीवन जिउँदै गरेकी रहिछन् । यस्तो जीवन आम बिरामी र रोगी मानिसको बशको कुरा पनि होइन । तर यस्ता मानिसहरुबाट स्वस्थ मानिसले स्वस्थ नै जीवनशैली अप्नाएर आफ्नो आयुलाई लामो र उद्धेश्यमूलक बनाउने कोसिस भने सदा गरिरहनुपर्छ । साल्वा हुसेनबारे पढेर यही ज्ञान हाँसिल भयो ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
चिकित्सा विज्ञानको जानकारीमूलक पठनीय रचना।