‘सेल्फी विथ डटर’पछि छोरी पञ्चायत

नेपालमै पहिलो पटक आयोजना भएको ‘छोरी पञ्चायत’ कार्यक्रममा बालिकाहरुले सामाजिक, आर्थिक र राजनीतिक अधिकारको माग गरेका छन् ।

काभ्रेपलाञ्चोकको नमो बुद्ध नगरपालिकाको बोहरे गाउँमा आयोजित ‘छोरी पञ्चायत’ कार्यक्रममा बालिकाहरुले उक्त माग गरेका हुन् । भारतबाट आएका अभियन्ता सुनिल जगलानले नेपालमा बालिकाको अधिकारको आवाज बलियो बनाउन छोरी पञ्चायत कार्यक्रमको आयोजना गरेको बताए । कार्यक्रममा विद्यालयका छात्राहरू र वरपरका गाउँका महिलाहरूले पनि सहभागिता जनाएका थिए । छोरी पञ्चायतको अध्यक्षमा रमा निर्वाचित भइन् । संस्कृतिमा समानता कायम होस् भन्ने सन्देशसहित ढाका टोपी रमालाई लगाइदिइ उनको अध्यक्षतामा छोरी पञ्चायत भएको थियो जसमा बालिकाहरूले खुलेर आफ्नो विचार व्यक्त गरेका थिए । कार्यक्रममा रमाको सचिवको भूमिका सुनिल जगलानले निभाएका थिए ।

कार्यक्रममा छात्रा सविना रेग्मीले छोरीलाई सानैदेखि सामाजिक अधिकार दिनुपर्ने बताइन् । उनले छोरा बराबर परिवारले छोरीहरुलाई खाना समेत दिदैनन् अनि कसरी राजनीतिक र सामाजिक अधिकार प्राप्तिको आशा गर्ने सकिन्छ भन्दैप्रश्न गरेकी थिईन् । कार्यक्रममा अर्की छात्रा सगिंता श्रेष्ठले नेपाली समाजमा अझै पनि छोरी जन्माउन संघर्ष गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘अब छोरी पञ्चायतको आवाजले हाम्रो अधिकारलाई सचेततापूर्वक रक्षा गर्नुपर्छ भन्ने कुरा सरकारले बुझ्नुपर्छ ।’ दिया डोटेलले नेपालमा पनि दिदीवहीनीका अधिकारमा आवाज उठाएर सहयोग गर्ने दाजुभाइ हुनुपर्ने बताइन् । लमाया मोक्तानले आजसम्म आफ्नो सम्पत्तिको हक पनि नपाएको बताइन् ।

पञ्चायतको अन्त्यमा २० वर्ष नपुग्दै विवाह गर्ने जोकोहीलाई ३ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना गर्ने सामूहिक निर्णय भएको थियो । छोरी पञ्चायत अभियान भारतीय नागिरक सुनिल जगलानको संयोजकत्वमा भारतलगायत नेपालमा पनि भइरहेको छ । यो अभियानको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समेत साथ दिएका छन् ।

गत जुन महिनामा नेपालमा पनि ‘सेल्फी विथ डटर’ अभियान सुरु गरिएको थियो, जसलाई यहाँ निकै मन पराइएको छ र सेल्फी विथ डटरका तीन विजेतालाई २१ हजार, ११ हजार र ५१०० रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । नेपालका तत्कालीन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली महतो उक्त अभियानमा सहभागी भएकी थिइन् ।

छोरी पञ्चायतका संस्थापक सुनिल जगलानले नेपाल र भारतमा बालिकाको अधिकारका बारेमा चेतना अभिवृद्धि गर्न पुरुषहरु अग्रसर हुनुपर्छ भन्ने सन्देश दिन यो अभियान चलाएको बताए । छोरी पञ्चायतमा नमो बुद्व नगरपालिकाका उपमेयर रामदेवी तामाङको सेल्फी विथ डटर फाउण्डेशनका सल्लाहकार सुनिल नन्द, रविराज थापा, सेल्फी विथ डटर नेपालका संयोजक कल्पना श्रेष्ठ, सन्तोष सिलवाल र नेपाल इन्टरनेट फाउण्डेशनका संस्थापक विक्रम श्रेष्ठको सहभागिता रहेको थियो ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button