१८ ठाउँबाट १८ जनाले गने गोमायु महाचील
नेपाल पंछी संरक्षण संघ (बीसीएन)ले काठमाडौं उपत्यकाभित्र गोमायु महाचील (स्टेप इगल)को गणना गरेको छ ।
१-१ जना गरी १८ जना उपत्यकाका १८ अै प्वाइन्टहरुमा पुगेर गणना सुरु गरिएको हो । चील गणकका रुपमा राजेन्द्र गुरुंग, विमलकुमार थापा, जय भन्डारी, मोहनविक्रम श्रेष्ठलगायत खटिएका थिए ।
लप्सीफेदी, देवीचौर, बोसन, चोभार, सैंबु, किर्तीपुर, कालुपाँणे पार्क, सिंगल टी, युएन पार्क, हरिसिद्धी, धापासी हाइट, तारेभीर, त्रिशुलडाँडा, रानीकोट, स्वयम्भुलगायतका स्थानमा पुगेर गणना सुरु गरिएको देवीचौर खटिएका बीसीएन सदस्य जय भण्डारीले बताए ।
‘शहरीकरणको वृद्धि र ग्लाबेल वार्मिंगले गर्दा चराहरुको संख्या कम हुँदै गरेको छ । तर, उपत्यकामा कति घटेको छ भन्ने यकिन थिएन’, उनले थपे, ‘इकोलोजीमा आएको परिवर्तनले चरामा परेको असर पनि यसले देखाउँछ ।’