श्रीमतीको आँखा छलेर सुन्दरपुर नगरीतिर सुन्दरीको पछि

धेरैलाई मन नपर्ने तीतो सत्य

आर के बस्न्यात

आरोप छुट्टै पक्ष हो । अनुसन्धान अर्को पक्ष हो । सजाय अर्को पाटो होला । तर कुनै पनि समस्याको समाधान दीगो होस् ।

प्रायः दुईजना चिरपरिचित केटाकेटी एउटै कोठामा लामो समयदेखि भेटिरहन्छन् । रमाईलो गर्छन् । कहिले मदिरा त कहिले आइसक्रिम खान्छन् । उपहार साटासाट गर्छन् । कहिले केटाले फोन गरेर म आउँ भन्छन् त कहिले केटीले फोन गरेर हजुर आइसियो न भन्छिन् । मौका छोपी छोपी एकान्त कोठामा भेट्छन् । पिरतीका गफ गर्छन् । प्रेम गीत सुन्छन । मूभी हेर्छन् । रोमान्टिक मुढमा मस्त, व्यस्त अनि हौसिएर पूरा नहुने वचन बाँड्छन् ।

Ad

नाम चलेको पैसावाला केटो देखेर कोहि कोहि मख्ख पर्छन् । मौकामा चौका हान्छन् । पैसा, पद र सरुवा बढुवा आदिको आशामा महिला पनि हरियो बत्ती बालेर अगाडि बड्छन् । घरपरिवार र श्रीमानको आँखा छलेर भए पनि मायाको डोरीले उतै तान्न खोज्छन् । मान्छे त हो, कहिलेकाहीँ मनमा पाप, लोभ, ईश्या, काम , क्रोध आदि उत्पन्न हुन्छ । सधैभरि समयले साथ नदिन सक्छ । छरछिमेकी र आफन्तले शंका उपशंका गर्नथाल्छन् । अर्को पैसावाला केटा भेटियो वा आफ्नो स्वार्थ पूरा भयो भने केटीले उक्त केटालाई फसाउने षडयन्त्र गर्नसक्छन् । आफ्नो स्वार्थ पूरा भएपछि केटाले पनि केटीलाई धोका दिन सक्छ । प्रायः केटाहरू पनि आफ्नो स्वार्थ पुरा गर्न घरपरिवार र श्रीमतीको आँखा छलेर सुन्दरपुर नगरीतिर सुन्दरीको पछि लाग्छन् । ईज्जत् बचाउन भित्र जतिसुकै पाखण्डी र बदमास भए पनि बाहिर चोखो बन्न खोज्छन् । नैतिकता गुमाएका केटाकेटी एउटा मात्र प्रेमिप्रेमिकामा सिमित हुँदैनन् । अन्तै चारो खोज्न हिँड्न सक्छन् ।

समाजमा यस्ता घटना परिघटना कहिलेकाही होइन, धेरै पहिलेदेखि सुन्दै र देख्दै आएको सप्रमाण हुन् । कयौंपटक युद्दमा तोपगोला र बारुदले ढाल्न नसकेको मान्छेलाई यौन काण्डले ढाल्न सक्छ भन्ने त वाणी नै छ ।

यदि कोहिसँग मिल्न गयो भने संयोग मात्र हुनेछ ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button