महाकाव्य क्रमशः ‘कर्ण’ र ‘धरा’पछि ‘अग्नि’

विशेषगरी जातको आधारमा हुने छुवाछुत र सनातन उत्पीडनको लामो कथालाई महाकाव्यमार्फत उजागर गर्ने कोसिस गरिएको डा. नवराज लम्सालकृत ‘अग्नि’ महाकाव्यलाई बुकहिलले बजारमा ल्याएको छ । रेडियो र साहित्यमा लागेका लम्सालका यसअघि २ महाकाव्य प्रकाशित छन् ।

महाकाव्यमाथि टिप्पणी गर्दै विश्लेषक आहुतिले नेपाली समाजमा रहेको विकृति, विसङ्गति र जात व्यवस्था परिवर्तनका लागि अग्नि महाकाव्य एउटा बहस गर्ने मोड हुने बताए । उनले भने, ‘दलित समुदाय नेपाली इतिहासको प्रथम प्राविधिक वा वैज्ञानिक रहे पनि जात व्यवस्थाले त्यसको सही मूल्याङ्कन भएको छैन । त्यसका लागि जात प्रथाको नै उन्मूलन हुनुपर्छ ।’

साहित्यकार डा. रामप्रसाद ज्ञवालीले ५० को दशकयता नेपाली साहित्यमा लेखिएका दर्जनौँ महाकाव्यका बीचमा अग्निको विषयवस्तु परिवर्तन उन्मुख समाजको पात्र र चरित्र भएकोले सबैले पढ्नुपर्ने र समाज परिवर्तनका लागि एउटा मानक कृति हुने विश्वास व्यक्त गरे ।

त्यसै गरी साहित्यकार डा. गीता त्रिपाठीले अग्नि महाकाव्यमार्फत नेपाली समाजको चरित्र, उत्पीडन र विभेदको कथा मौलिक ढङ्गले प्रस्तुत गरेकाले महाकाव्य जगतमा यसको स्थान विशिष्ट हुने भन्दै लेखकको शैली शिल्पको प्रशंसा गरिन् ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Ad

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button