सुन्दरताको कुनै उमेर छैन

सुन्दरता

रुपा पौडेल
कुपन्डोल, ललितपु

पहिलाको जमानामा न त ब्युटिपार्लर थियो न त साजसज्जा गर्ने कुनै त्यस्तो प्रमुखस्थल । तर पनि उनीहरूमा धेरै सुन्दरता थियो किनकी उनीहरूमा कृत्रिमता थिएन । हेराइले सुन्दरता नजोख । सुन्दरताको पहिलो प्राथमिकता प्राकृतिक नै हुनुपर्छ । त्यसपछि आचरण, शुद्द बानीव्यवहार आदि पर्छन् । कृत्रिमताले सुन्दरताको वर्णन गर्न सक्दैन । कृत्रिमताले जीवन पनि दिन सक्दैन । कृत्रिमताले हृदयलाई साँच्चै आनन्दमय बनाउन सक्दैन ।

नियालेर हेरौं । आकर्षक के हो बुझौं । सुन्दर शरीर, टल्केको कपाल, पाउडर र लिपिस्टिकले सज्जित अनुहारभन्दा कैयौ गुणा प्राकृतिक सुन्दरता आमाहरू र हजूरआमाहरूमा छ । प्राकृतिक सुन्दरीहरू पनि यिनै हुन् । मलाई त लाग्छ, मेरी आमा अनि हजूरआमा यस संसारका वास्तविक दुइ सुन्दरीहरू हुन् जसको सुन्दरताको तुलना कसैसँग गर्नै मिल्दैन ।

सुन्दरताको मापदण्ड खाली बाहिरी आकर्षण मात्र हो त ? अवश्य होइन । हो, सुन्दरता नापिनु पर्छ । सुन्दरताको मुल्यांकन हुनुपर्छ तर हेराइको दृष्टिकोणले होइन । कृत्रिमता अनि प्राकृतिकतामा धेरै फरक हुन्छ । म मान्दछु प्राकृतिक सुन्दरीहरू वास्तविक सुन्दरीहरू हुन् र म यिनै सुन्दरीहरूलाई आफ्नो दृष्टिकोणबाट सुन्दरीहरूको उपल्लो दर्जा दिन पटक्कै हिच्किचाउँदिन ।

मेरा लागि ती यौवनाभन्दा उत्कृष्ट अनि अति सुन्दरीहरू ती छन् जसले आफ्नो जीवनलाई धेरै वर्ष अगाडिदेखि यस संसारमा बिताइरहेकी छिन् । हुन सक्छिन् उनी ८० बर्षकी हुन् या ९० या यस्तै ५०, ६०, ७० … । मेरो नजरमा सुन्दरताको कुनै उमेर छैन । अझ बरू म यो मान्दछु कि मान्छे जतिजति अनुभवी र पाको हुदै जान्छ, त्यतित्यति उसको सुन्दरतामा अनौठो वृद्दि हुदै जान्छ । तपाईंको आमा, हजूरआमा तथा अन्य कुनै वृद्दाहरू के तपाइलाई कहिले नराम्री लाग्छ ? मलाइ त लाग्छ, वास्तविक सुन्दरीहरू यिनै हुन् जो हाम्रा लागि आदर्श पनि हुन् ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button