झट्ट हेर्दा पुरानो हिन्दी फिल्मको हिरो

मात्रिका भण्डारी मुना

कुशेऔंसी आफ्नु बाबुको मुख हेर्ने विशेष दिन पनि हो । जिजुबाजेदेखि चलिआएको हामी नेपालीको परम्परा नै हो । तर, यससाली छरछिमेकीले  कुशेऔसी आयो भन्दा पनि मुटु चिसो हुन्छ मेरो । झसङ्ग झसङ्ग झस्किरहन्छु । मुटुको धड्कन बेगले चल्नथाल्छ । यो औंसीको आगमन मेरो लागि निरासा बोकेर उपस्थित हुँदैछ । लाग्छ मलाई मेरो बाबाको आत्माले पनि मेरो बाटो कुरिरहने होला । हामी छोरी औंसीमा भेट्न जाँदा असाध्य प्रफुल्ल हुनुहुन्थ्यो । हजुरको त्यो रुप मेरो आँखा मा झल्झली झल्किरहेको छ । बाबा हजुरलाई के ल्याइदिऊँ भन्थेँ । कहिले यो ल्याऊ, त्यो ल्याऊ भन्नुभएन हजुरले । तैपनि हजुरको रोजाई पनि मलाई थाहा नभएको होइन ।

बुवाको सुझाव

खाएर लाएर जति बाकिरहेको छ, त्यसैलाई बचाएर राख । नखाई नलाई राखेको सम्पति को के काम ? पेट बाँधेर आत्मा मारेर कमाएको त्यो धन होइन । आफ्नु कमाई नुसार मिठै खाऊ राम्रै लाऊ ।

स्टाइलिस्ट बुवा

सुकिलो सर्ट्पाइन्टमा आइरनको धार बसेको हुन्थ्यो । शरिरमा एकदम फिटिङ् । हरर बास्ना चल्ने चमेलीको तेल लागाउने । जुल्फी फर्काएर केशको पनि धेरै मेन्टेन  गर्ने । हिल भएको छालाको कालो जुत्तामा अगाडिको भाग चुच्चो र टिलिक्क टल्किने । सारै सुकुमार मेरो बुवा । झट्ट हेर्दा पुरानो हिन्दी फिल्मको हिरोभन्दा कम लाग्दैनथ्यो मलाई ।

हमेसा भाइसाथीलाई सधैं अगाडिपछाडि  लगाएर हिंड्ने । बुवा हिंडेको संकेत परैबाट थाहा हुन्थ्यो । उहाँले लगाएको जुत्ताको टकटक आवाजले । आँखामा आखा जुधाएर हेर्नु त परैको कुरा थियो । उहाँको अगाडि हामी सबै छोराछोरी शीर उठाएर बोल्ने आँट पनि गर्दैनौंथ्यौ । निकै सजग भएर उहाँका प्रश्नको उत्तर फर्काउँथ्यौं । गाउँघर र छरछिमेकमा पनि निकै मानसम्मान कमाउनु भएको थियो । घरमा बसेका हलीगोठालाहरुको असाध्य हेरविचार गर्नुहुनच्यो । चाडबाड आउँदा ‘तिमीहरुलाई के खाने मन छ, आमालाई भन है भन्नुहुथ्यो । बुवाले आफ्नु मासिक तलब ल्याएर सबै आमाको हातमा राखिदिनुहुन्थ्यो ।

कविता

हे बाबा ! हुर्कायौ बडायौ आफ्नै ज्यान धितो राखी ।
बिरानु ठाउँमा घुम्दै छु हिले तिम्रै आशिर्वाद थापी  ।
साथमा रहुन्जेल चुकिनँ कहिले खुशी सम्मान दिन  ।
समुन्द्र पारी छु दोबाटो नहेरे कुसे औंशीका दिन ।
तिमी नै बाबा हौ तिमी नै आमा हौ तिमी हौ ईश्वर पनि ।
म फर्किआउँदा के ल्याइदिऊँ उपहार सोध्दै छु बाबा भनी ।
म छोरी भएर त्यो शीतल छायाको अर्थ कहाँ भुल्थें र
बाबाको आशिर्वाद नभए शिरमा मचहिँ कहाँ फुल्थें र ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button