म छु नि बा !

विभा निरौला
सानेपा, ललितपुर

जलाएर आफैंलाई, सन्तान उजिल्याउने,
डढेर अरब–खाडी या खेतमा, पसीना बगाइरहने
बढाएर धर्सा निधारमा, खुईयसम्म नगर्ने,
बा नै त हुन् ती भरोसा, हाम्रा मुस्कान सम्हाल्ने ।

टुटीजाऊन् ती आफ्ना सारा सपना, भित्र–भित्रै जलाउँछन्,
टुक्रा–टुक्रा बनाई आफूलाई, सिङ्गो फल खुवाउँछन् ।
यी सन्तान मेरा कर्तव्य भनी, रमाउँछन् सधैभरी,
तप्प-तप्प मैन झैं पग्लिई बलिदिन्छन् शिखा बनी ।

त्यसैले त, अन्त्यमा,
ओछ्यानमा रहँदा, तिमी बिरामी पर्दा,
तप्प–तप्प नयनबाट ती मोती आँशु झर्दा,
समीपमै बसिकन म पुछ््न पाऊँ ।
सहारा बनी, औषधि झैं सिरानी तुल्याऊँ,
बा का कथा, बा का गाथा सँधै सुन्न पाऊँ
म छु नि, बा ! छेउमै भनीकन न्यानो स्पर्श लाऊँ ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button