परिवारमा कुनै समस्या परे धारिलो तरबार बन्छन् बुवा
अग्रीमा प्रधान
कक्षा ९, स्वर्णिम स्कुल ।
बालापनदेखि जीवनको यौवन अवस्थासम्म
सारथी बनी डोर्याउने सर्वोत्तम मित्र बुवा आजन्म ।
माया, ममता र स्नेहको अँगालोमा बाँधेर राख्छिन् आमा,
गल्तीहरू सुधार्ने मौका दिई आशीर्वाद बर्साउँछन् बुवा ।
आमा घरकी गौरव अनि धरको अस्तित्व हुन् बुवा
संयमताकी रानी आमा अनुशासनका खानी बुवा
धैर्यताकी बाँध हुन् आमा र भरोसाको काँध बुवा
परिवारमा कुनै समस्या परे धारिलो तरबार बन्छन् बुवा ।
तयार रहन्छन् हाम्रा लागि ज्यानसमेत त्याग्नलाई
ईश्वरस्वरुप मानिन्छन् पिता भगवान् मानौँ पुज्नलाई
अपार प्रेरणाका स्रोत हुन् बाबा सधै हौसला दिनलाई
बाबा नै स्तम्भ, बाबा नै संसार जीवनको आधार दिनलाई ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)