
अस्ट्रियामा नाच्दै नेपाली चेली
बाबा राजेश्वरी थापा
भिएना, अस्ट्रिया ।
विविध मौलिकता बोकेको नेपाली संस्कृतिलाई संसारभर चिनाउन विभिन्न देशमामा आफ्नो शाखा विस्तार गर्न सफल संस्था हो इनास । युरोपको मुटु मानिने देश अस्ट्रियामा जोश र उर्जा बोकेकी युवति सन्तोषी भण्डारीले इनासको शाखा बिस्तार गर्न सफल भईन । आफुजस्तै अन्य युवाहरुको साथ लिएर सन् २०१९ मा स्थापना भएको इनास अस्ट्रियाले थुप्रै कार्यक्रम आयोजना गरिसकेको छ। गतसाल कोरोनाको महामारीमा पनि इनास अस्ट्रियाले भव्य तीज कार्यक्रमको आयोजना गरेको थियो। नेपाली संस्कृति र रितिरिवाजलाई सम्बर्धन मात्र होइन, प्रबर्धनसमेत गर्न दिलोज्यान दिएर लागेकी इनास अस्ट्रियाकी अध्यक्ष सन्तोषी भण्डारी र उनको कार्यसमितिले यस वर्ष सेप्टेम्बर ४ शनिवारको दिन तीजको कार्यक्रम ‘माइती चेली साँझ’को आयोजना गर्दैछ ।
‘दर त चेलीहरुले आफ्नै घरमा पनि खान्छन्, इनास अस्ट्रियाकै दर कार्यक्रममा किन सहभागी हुने ‘ भनेर गरिएको प्रश्नको जवाफ दिदै इनास अध्यक्ष सन्तोषी भण्डारीले भनिन, ‘लामो समय कोरोनाको कहरले घरभित्र बस्न बाध्य महिला दिदीबहिनीहरुलाई माइतीको झझल्को मेटाउन हामीले नेपाली संस्कृतिक भेषभुषामा र्यापको आयोजना गर्दैछौ भने दिदीबहिनीहरुलाई आकर्षक उपहार र सौभाग्य सामग्री समेत दिदैछौ ।’ उपाध्यक्ष सम्झना बोहराले थपिन, ‘त्यति मात्र होइन, मुखै रसाउने परिकार र अन्य पुरस्कारको समेत व्यवस्था छ ।’ कार्यसमितिका उपाध्यक्ष नबिन कार्की, महासचिव शीला अधिकारी, सचिव मिना गुरुङ, कोषाधक्ष सुरज थापालगाएत अन्य पदाधिकारीहरुले नृत्यलगायत अन्य आकर्षक कार्यक्रम समेत गरेर दर्शकहरुलाई भरपुर मनोरंजन दिने समेत जनाए ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)