श्रीकृष्ण जन्मष्टमीसम्बन्धी पन्ध्र टुक्का

सोह्र कलाले पूर्ण थियौ श्रीविष्णुका रूप
सोह्र सय गोपिनीसँग मस्ती गरे खुप ।

कंसलाई मारी न्यायधर्म, सत्यको विजय
महाभारत युद्ध रची कौरव मार्यौ सय ।

बालकैमा मुख खोलेर त्रिलोक देखाउने
अनेक लीला चातुर्यले जादु नै रचाउने ।

मन्त्रमुग्ध पार्ने थियो तिम्रो बाँसुरीको सोर (स्वर)
कृष्णकाले कन्हैया हौ तिमी नै मख्खन चोर ।

देवकीका आठौँ गर्भ तिमी वासुदेव
बुझे सर्वश्रेष्ठ भगवन् श्रीकृष्ण एव ।

भाद्रकृष्ण अष्टमीको मध्यरात झलमल
श्रीकृष्ण तिमी जन्मिँदामा सबै थे अलमल ।

जन्मिनेबित्तिकै बिछोडियौ प्यारो काख आमाको
दूधै नखाई गोकुल पुग्यौ हर्कतले मामाको ।

साह्रै मधुर बजाउने तिमी बाँसुरीको धुन
तिमीभन्दा सुन्दरतम अरू भेटिन्छ खै कुन ?

मीठो थियो कृष्ण तिम्रो अनोठौ रासलीला
मनमा राधा बाहिर त सोह्र सय शीला ।

१०

अमर छ भन्छ आत्मा त्यही भागवत् गीता
कर्म गर फल नखोज रित्तै जाने चिता ।

११

राधा पियारीलाई साह्रै कृष्ण परे मन
चोरी चोरी खाने गर्थे दही अनि मख्खन ।

१२

जब जब यो धर्तीमा अत्याचार बढ्दछ
तब तब श्रीकृष्णको अवतार चढ्दछ ।

१३

अधर्मको नाश गरी यो धर्म जोगाउन
पर्छ कृष्ण अब छिट्टै तिमी यहाँ आउन ।

१४

आउन कृष्ण भरिदेऊ मेरो सानो मन
तिमीबिना शून्य लाग्छ दिलको वृन्दावन ।

१५

नपरोस् अब धर्मात्मीले अकालमा मर्न
कृष्ण फेरि फर्की आऊ पाप हरण गर्न ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button