सेरोफेरो कृष्ण रमाई नियमन उनको बहाली

जय श्रीकृष्ण

कविता

संसार सुन्दर किनकि बन जङ्गल हरियाली
भागवत गीता हृदयङ्गम, मङ्गल जिन्दगानी
बशिष्ठ औषधी गाईपालन, मनुष्य कल्याण
सन्तुलित आहार पौष्टिक, सरगम हावापानी ।

शान्ति चाहना उन्मुक्त सिर्जना सबको यानी
प्राणीहरु भनिने एकअर्कामा बनको कहानी
हराभरा सजाई मलजल गर्नमा प्रकृति मद्धत
सेरोफेरो कृष्ण रमाई नियमन उनको बहाली ।

आजकल ठीक उल्टो, अवज्ञा खेल तान्डव
यति लोभी बुझ्नै गाह्रो, कुविचार सङ्गसङ्गत
जसले गर्दा भोलि के हुन्छ, महासंकटपूर्ण
दोहनले गर्दा, टुक्रिँदा पछि सन्नाटा मातम ।

उनको चाहत भन्ने, सबैको भलाई जीवनभरी
बिषमताको खेतीभन्दा, अपनत्व सदाचारी
जहिले बिर्सनुभन्दा, रोप्नु सहयोग फलहारी
दुःखभित्र पनि सौहार्दता प्रेरणा दिपावली ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button