
कसैको निन्दा नगर, जगतकोे भलो चिताऊ
बुधबार २७ साउन २०७८ । श्रावणशुक्लपक्ष । तिथि शुक्ल तृतीया चर्तुर्थी समेत रहेको दिन योग चाहिँ शिव परेको छ ।
श्रावण शिवमय महिना हो । हरेक दिन, हरेक पल, हरेक क्षण शिवको स्मरण गर्ने महिनामा आज बुधबारको दिन नै शिव योग परेकाले मनमनै सबैले शिवको नाम स्मरणमात्रले मनोकाक्षा पुरा हुने देखिन्छ ।
समय, महिना, बर्ष नैं ‘दुर्दिन’ हटिसकेको छैन तर साउन महिनामा अध्यात्म चिन्तन र साधना गर्नेहरुका लागि भने समय अब सुधार हुँदै जानेछ । चन्द्रमा सिंह राशिमा रहेको छ । नक्षत्र पूर्वफाल्गुनी रहेको छ ।
आजका देवता मित्र हुन् भने ग्रहदेव बुध ।
आज असल मित्रहरुसँग भेट गर्ने, भेट गर्न नसकेपनि दूरभाषबाट सम्पर्क गर्नु राम्रो हुनेछ ।
नेपाली उखान नैं छ, ‘सोम खेती बुध घर’ सोमवार खेतीकिसानीको काम शुरु गर्ने बुधबार घर, गृहस्थीको उत्थानका लागि काम गर्दा साइतको आवश्यक पदैन ।
विहान ११ः४३ बजेबाट अभिजित मुहूर्त शुरु हुन्छ । मध्यान्ह्र १२ः१० पनि राहूकाल प्रवेश गर्नेछ । आज कुनै काम शुरु गर्नु छ भने ११ बजे भन्दा अघि नैं शुरु गर्नु वेश हुनेछ ।
आर्थिक कारोबारका लागि आजको दिन उत्तम छ । बुधबारको दिन लामो दुरीको यात्राको शरुवात नगर्नु भनिएको छ । छोटो यात्रा गर्न सकिन्छ ।
व्यापारको शुरुवात र फलामबाट निमाण गरिने कामहरुको लागि दिन शुभ छ । बुधबारको दिन ऋण लिने काम गर्नुहुँदैन तर ऋणको किस्ता दिँदा र कसैलाई केही लिए वापत धन दिन सकिन्छ ।
नयाँ सम्पत्ति खरिद गर्नु परेमा, कुनै पनि निर्माण कार्यको काम र चल–अचल सम्पत्तिको कारोबारको लागि आजको ग्रह नक्षत्र शुभ मानिन्छ ।
र, अन्त्यमा
परेषां यदसूयेत न तत् कुर्यात् स्वयं नरः ।
यो हासूयुस्तथायुक्तः सोह्वाहासं नियच्छति ।।
अर्थातः मानिसले अर्कोले गरेका कामको निन्दा, आलोचना गरिरहन्छ । उसको आलोचना गर्दा आफनो पनि निन्दा हुन्छ भन्ने सोच्दैन । जो व्यक्ति अर्काका बारेमा निन्दा गरिरहन्छ, ऊ पनि निन्दा कर्ममा संलग्न भएको महसुस गर्दैन । त्यसैले कसैको आलोचना, निन्दा नगरी सबैले सबैको भलो होस् भन्दै आफनो कर्म यात्रामा हिँडिरहने व्यक्ति सुखी र समृद्धियात्रामा अघि बढ्छ ।
….
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



