नेपालनाम्चा एक पृथक नाम

बबिता ढुङ्गेल

केही महिनाअघि मात्र नेपालनाम्चासँग परिचित हुन पुगेँ । एउटा पृथक नाम, नेपालनाम्चा अर्थात् नेपालडायरी । नामले नै मन छोयो ।

सुरुमा त समाचार मात्र सम्पे्रषण गर्ने अनलाइन पत्रिका झैँ लागेको थियो । हेर्दै जाँदा यो कला साहित्यसहित विविध विधालाई स्थान दिने पत्रिका पो रहेछ । खुशी लाग्यो ।
अध्ययन अनि कार्यक्षेत्र दुवै साहित्यसँग सम्बन्धित भएकाले म यसप्रति अझ बढी आकर्षित भएँ । पत्रपत्रिका पढ्नु अनि साहित्यका विभिन्न विधामा कलम चलाउनु मेरो रुचिको विषय पनि हो । म प्रायः लेख्थेँ पनि । तर ती केवल मेरो डायरीमा सीमित थिए । फुर्सद हुँदा हेर्थेँ । अनि पुनः थन्क्याउँथेँ । यो प्रकृया चलिरहन्थ्यो ।

एकदिन कुरै कुरामा मेरी हितैषी मित्र मिरा गोतामेले मलाई आफ्ना लेखरचना नेपालनाम्चामा पठाउन सल्लाह दिनुभयो । पठाएँ पनि । मेरा रचनाले उचित स्थान पाए । धन्यवादको पात्र हुनुहुन्छ उहाँ । फलस्वरुप म नेपालनाम्चासँग निकट हुन पुगेँ ।

प्रेरणा अनि प्रशंसाले मानिसको आत्मवल बढाउन निकै महत्वपूर्ण भूमिका खेल्छ । प्रशंसामा खुशी हुनु मानवीय स्वभाव पनि हो । उर्वरशील प्रतिभालाई प्रेरणा प्रदान गर्दै अघि बढ्न अभिप्रेरित गर्न सक्नु यस पत्रिकाका सम्पादकको सबैभन्दा उल्लेखनीय विशेषता हो । मेरा लेखरचनालाई स्थान दिई अझै लेख्न पे्ररणा प्रदान गर्नु हुने यस पत्रिकाका सम्पादक अशोक सिलवाल ज्यू प्रति म निकै आभारी छु ।

अचेल नेपालनाम्चा साहित्य अनुरागी अनि कलाका पारखीहरुको रमाइलो चौतारी बनेको छ । जहाँ एकै थलोमा विभिन्न विधाको रसास्वादन गर्न पाइन्छ । हुनत हरेक पत्रपत्रिकाका आ–आफ्नै नीति नियम एवम् विशेषता होलान् । कुनैले समाचारमात्रै सम्प्रेषण गर्छन् त कुनैले साहित्य मात्र । अझ कतिले त दिन विशेषअनुसार विधागतरुपमा लेखरचना पनि प्रकाशन गर्छन् । तर यो पत्रिकाको विशेषता नै छुट्टै छ । यसले नवप्रतिभादेखि विद्वत्वर्गका लेखरचनालाई स्थान दिएको छ । समाचारदेखि कला सौन्दर्यलाई पनि महत्वपूर्ण विषयका रुपमा लिएको छ । हरेक दिन सम्मिश्रणयुक्त सामग्री प्रकाशन गर्दछ यसले । लाग्छ, नेपालनाम्चा एक पूर्ण पत्रिका ।

नेपालनाम्चामा न भाषाको पाबन्दी छ न विधाको नै । यही सहजताका कारण यसले छोटो समयमा नै उल्लेख्य छलाङ् मारेको छ । कैयन लेखक एवम् पाठकको मन जित्न सफल भएको छ ।

अचेल यो पत्रिकासँग यति निकट भइएछ कि जस्तोसुकै कार्य व्यस्तता किन नहोस्, यसमा प्रकाशित रचनाहरु नहेरी बस्नै सक्दिन म ।

नेपालनाम्चाले आगामी दिनमा अझै स्तरोन्नति गर्दै सफलताको शिखर चुम्न सकोस् । एक आदर्श पत्रिकाको रुपमा स्थापित हुन सकोस् । उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना !!!

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

One Comment

  1. वविताजीसँग जस्तै अनुभव भएको छ मलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button