महामारीको बेला शिवालयमा जानै पर्छ भन्ने पनि छैन

लकडाउन डायरी-९६

श्रावणकृष्णपक्ष सोमबार । साउन महिनाको १९ गते । नवमी तिथि बिहान १०ः३० देखि दशमी तिथि ।

साउन महिनाको बीचको सोमवार । आज सोमबारे व्रत बस्ने दिन हो । शिवालयहरुमा व्रतालुको भीड लाग्ने दिन हो । तर, कोरोना महामारीका कारण बाहिर नजानु राम्रो । आफनो घरमा स्थापना गरेको पूजाघरलाई नै शिवालय मानेर पूजा अर्चना गर्दा आफ्नो र जगतको भलो हुन्छ । महामारीको बेला शिवालयमा जानै पर्छ भन्ने पनि छैन । आफनो शरीर र घर भित्र बनाएको मन्दिर नै शिवालय हो ।

आजको दिन चन्द्रमा वृष राशिमा रहेको छ । विहान ७ः०९ देखि ८ः४९ को समयमा राहुकाल छ भने त्यसपछि अभिजित मुर्हुत मध्याह्नकालमा रहेको छ । कृतिका नक्षत्र प्रयन्त रोहिणीमा रहेको छ । बृद्वि र ध्रुव योग परेको छ ।

आजका देवता सूर्य नारायण भने ग्रह देवता बुध ।

ओम नमः शिवाय ।
साम्बसदाशिवाय नमः ।

आज यी दुई महामन्त्रहरुले स्मरण गर्दा हुन्छ ।

यदि शिव मन्दिरमा जानु भएको छ भने शिव मन्दिरलाई अर्धप्रदक्षिण गर्नु पर्ने विधान छ ।

मन्दिर दर्शन गर्न जाँदा कुनै गल्ती भएको छ भने पनि क्षमा प्राथना गर्न सकिन्छ । गल्ती भयो भनेर चिन्ता लिने होइन । घर वा मन्दिर कुनै देवालयमा जाँदा नियमपूर्वक दर्शन गर्न कठिन हुन्छ । त्यतिबेला हामीले क्षमा याचनाको मन्त्रोचारण ग-यौं भने हामीले क्षमा पाउँछौं । मन्त्र उचारण गर्न सकिएन भने मनमनै मैले गरेको गल्तीको क्षमा होस् भनेर कामना गरे पनि हुन्छ ।

मन्त्रचाहिँ यस्तो छः

आवाहनं न जानामि न जानामि विसर्जनम् ।
पूजां नैव हि जानामि क्षमस्व परमेश्वर ।
मन्त्रहीनं क्रियाहिनं भक्तिहीनं सुरेश्वर ।
यत् पूजितं महादेव ! परिपूर्ण परिपूर्ण तदस्तु मे ।।
त्वमेव माता, च पिता त्वमेव त्वमेव बन्धुश्च सखा त्वमेव ।
त्वमेव विद्या द्रविण त्वमेव त्वमेव सर्वं मम देवदेव ।।

व्रतालुहरुलाई अनुरोध छ, व्रत बसेको दिन मौन बस्ने, भगवानको नाम स्मरण गर्ने, कसैलाई दुर्वाच्य नबोल्ने, छोरा–छोरी र घरका परिवारसँग पनि बोल्दा, कुरा गर्दा विचार पु-याउने । समय–समयमा पानी पिउने । व्रत बस्दा मन, वचन र कर्म शुद्व भयो भनेमात्र व्रत बसेको फल प्राप्त हुन्छ ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button