
गर्मीमा अनुहारको छाला कसरी सफा राख्ने ?
घरेलु टिप्स
कविता घिमिरे
व्युटिसियन
गर्मी मौसमसँगै हाम्रो अनुहारको छालालाई पनि घामले डढाउने गर्दछ, जसले गर्दा अनुहारको रंग कालो देखिन्छ । यो गर्मी मौसममा छालामा देखिने समस्या हो । तसर्थ निम्न लिखित घरेलु उपाय अपनाई गर्मी मौसममा पनि अनुहारको चमक कायमै राख्न सकिन्छ ।
१ दही: एक कप दहीमा आधा कप वेसन वा काँक्रो जुस मिलाएर पेस्ट बनाई घामबाट डढेको भागमा लगाई ३० देखि ४५ मिनेटसम्म राखी मनतातो पानीले धुने गर्दा केहि दिनमा नै डढेको छाला सफा भई अनुहार चम्किलो हुन्छ ।
२. मेवा: मेवा एक सौन्दर्यवद्र्धक फल हो । मेवाको टुक्रालाई अनुहारमा लगाई २० मिनेटपछि सफा पानीले धुँदा घामले डढेको कालो धब्बा सफा हुनुका साथै अनुहारमा चमक समेत आउँछ ।
३. टमाटर: टमाटरले पनि घामले डढेको अनुहार सफा गर्न सहयोग गर्दछ । टमाटरलाई काटेर १० मिनेटसम्म अनुहारमा मसाज गरी हल्का मनतातो पानीले सफा गर्नु पर्दछ र सफा रुमालले अनुहार पुछी मस्चराईजर लगाउन पर्छ ।
४ आलु: आलुलाई राम्रोसँग धोएर ताछेर काटी अनुहारमा ५ मिनेटसम्म हल्का मसाज गरी सफा पानीले धुनाले पनि घामले डढेको कालो दाग गई अनुहार सफा हुन्छ ।
५ बेसन: बेसन र दहीको मिश्रनबाट पेस्ट बनाई अनुहारमा लगाई १५ मिनेट छाडिदिने र त्यसपछि सफा पानीले अनुहार धुनाले घामबाट डढेको अनुहारको कालो दाग हट्नुका साथै अनुहार चम्किलो हुन्छ ।
६ एलोभेरा: एलोभेरालाई काटेर यसको रस अनुहारमा लगाउने र १० मिनेटपछि सफा चिसो पानीले धुनाले घामले डढेको काले दाग धब्बा हटाउनुका साथै यसले छालालाई पोषण समेत प्रदान गर्ने गर्दछ ।
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



