असारको १५ दहिच्यूउरा खाने, साउने १५ खीर

ब्राह्मणपुत्रको लकडाउन डायरी-९२

असारको १५ का दिन दहीच्यूउरा खाने, साउनको १५ खीर । आजको दिन विशेष प्रकारको खीर बनाएर खाने सामाजिक प्रचलन रहेको छ । अर्थात् आज खीर खाने दिन, श्रावणकृष्णपक्ष सप्तमी-अष्टमी दुवै तिथि शुक्रबार, २०७८ ।

चन्द्रमा मीन राशिमा रहेको छ । २ः१५ मिनेटसम्म रेवती नक्षत्र त्यसपछि अश्विनी नक्षत्र शुरु हुनेछ । आजबाट पञ्चकपनि समाप्त भएको छ । पञ्चक परेको बेला मृत्यु संस्कार गर्दा शान्ति गर्ने नियम छ ।

भोलि ११ः४४ देखि १२ः३७ सम्मको समयमा अभिजित मुहूर्त रहेको छ भने १०ः३० बजेबाट राहुकाल शुरु हुन्छ ।

साउन महिना ३२ दिनको छ । यो लामो महिना पनि हो । शुक्रबारको दिन आधा समयमात्र कार्यालय सञ्चालन हुने समय हो ।

शुक्रबारको दिन पश्चिम दिशातर्फको यात्रा नगर्नु होला । बाँकी दिशाको यात्राको लागि शुभ मानिन्छ । शुक्रबारको दिन स्वास्थ्य उपचार, औषधि सेवनका लागि राम्रो मानिन्छ ।

कृष्णपक्षको सप्तमी तिथिका दिन कुनै नयाँ व्यबसाय शुरुवात गर्न त्यति राम्रो मानिदैन । तर, भोलि ५ः३० देखि १८ः०५ सम्मको समय सर्वार्थसिद्धि योग रहेको छ । आजको दिन घरमा रुद्री, हवन गर्नका लागि साइत दिइएको छ ।

आर्थिक लगानी गरेर कुनै नयाँ व्यवसाय गर्नु त्यति राम्रो मानिदैन । सूर्योदय विहान ५ः२६ मा र सूर्यास्त ६ः५६ बजे हुनेछ । चन्द्रमा मीन राशिमा रहेको छ । आजको देवता जल र ग्रहदेव राहु रहेको छ ।

आजको दिन फलामका सामानहरु, मोटर, घर खरिद विक्री र बहुमूल्य सामान खरिदको लागि उपयुक्त समय रहेको छ ।

शरीरमा लागेको रोग, उपचार गर्नुपरेमा आजको दिन निकै उपयुक्त मानिन्छ । शुक्रबारको दिन घरको फूलवारीको गोढमेल गर्ने दिन पनि हो ।

कुनै सभा समारोह र एकहप्ता अगाडि शुरु गरेको कामको समापन गर्नु छ भने पनि शुक्रबारको दिन गर्दा निकै राम्रो सफलता प्राप्त गर्न सकिन्छ ।

शुक्रबारको दिन सत्रुहरुसँग टक्कर र प्रतिशोधको भावना कहिल्यै राख्नुहुँदैन । शुक्रबारको दिन सत्रुहरुको नाम र स्मरण नगर्दा पनि राम्रो हुन्छ । शुक्रबारका दिन सधै सकारात्मक सोच र भावना राखेर काम गर्नु पर्दछ । शुक्रबारको साँझ सधै छिटो घर जाने र परिवारसँग भोजन गर्दा परिवारमा सद्भाव बढ्दै जान्छ ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button