मनुष्य अर्थात ‘३ ऋण, ६ कर्म’

ब्राह्मणपुत्रको लकडाउन डायरी-९१

बुधबार १३ साउन २०७८ । श्रावणकृष्णपक्ष पञ्चमी तिथि ।

सूर्योदय ५ बजेर २५ मिनेट र सूर्यास्त ६ बजेर ५६ मिनेटमा हुनेछ । मध्यान्हकालको समय अघि र पछि ११ः४४ देखि १२ ३८ सम्म अभिजित मुहूर्त रहेको छ । चन्द्रमा मीन राशिमा, देवता चन्द्र र ग्रहदेव पनि चन्द्र रहेको छ ।

१२ महिनामा सबै महिनाको आ–आफनै महत्व भएजस्तै साउन महिना शिव महिमा गान गर्ने महिना हो । साउनलाई आराधना, साधनाका साथै चित्त र मन शुद्वि गर्ने महिना मानिन्छ । साउन महिनाको हरेक दिनको महत्व बताइएको छ । त्यसमध्ये बुध–गुरु व्रतको वर्णन पनि पाइन्छ । साउन महिनाको बुधबारको दिन गरिने साधनाले कार्यक्षमतामा बृद्वि हुनेछ । साउनमा सकेसम्म ब्रम्हमुहूर्तको समयमा स्नान गर्दामात्र पनि अनन्त फल प्राप्त हुने विश्वास छ ।

मनुष्य जन्मने वित्तिकै तीन वटा ऋणहरुले युक्त हुन्छ- देवऋण, पितृऋण र मनुस्यऋण । त्यो चुक्ता गर्नका लागि हरेक दिन ६ वटा कर्म गर्नुपर्दछ भनिएको छ । सबैभन्दा पहिले स्नान, स्मरण (सन्ध्या) जप, देवपूजा, वैश्वदेव र अतिथिको सत्कार र कर्म ।

साउनमा शुद्व, सात्विक भोजन, अध्यात्म चिन्तन, मनन गर्दा व्यक्तिमा उर्जा प्राप्त हुन्छ । आस्थापूर्वक भगवान शंकरको आराधना गर्ने समयमा ब्रह्मचर्य पालन र सरल जीवन यापन गर्दा मनमा प्रसन्नता हुनेछ । शिवको अर्थ हो कल्याणकारी । सबैको कल्याण चाहनेले साउन महिनामा शिवको स्थानमा जल अभिषेक गर्दा मन प्रसन्न हुन्छ । शिवको नाम स्मरण गर्नाले मात्र पनि मनोकाक्षा पुरा हुनेछ भन्ने शास्त्रीय वचन छ ।

घर, गृहस्थीका उन्नति र प्रगतिको लागि घरसल्लाह गरेर नयाँ कार्य शुरु गर्दा सफलता प्राप्त गर्न सकिन्छ । ‘सोमखेती बुध घर’ उखान जस्तै बुधबारको दिन घरका कुनै नयाँ सामान खरिद गर्दा पनि शुभ हुन्छ । आज तामाका भाडाहरु खरिद गर्न सकिन्छ ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button