रेडियो नेपालको अबको बाटो
बुद्धिबहादुर केसी
रेडियो नेपालवाट प्रसारित कार्यक्रमहरु कतिको सार्वजनिक प्रसारण उन्मुख छन् ? के कस्ता थप खुराकहरुको आवश्यकता छ ? सार्वजनिक प्रसारण सेवाका कार्यक्रमहरुको रुपमा खरो उत्रन ती रेडियो कार्यक्रमहरुका लागि थप के कस्ता व्यवस्थाहरु गरिनुपर्दछ होला ?
यस आलेखमा सार्वजनिक प्रसारण सेवाका प्रचलित विशेषताहरु÷मान्यताहरुका आधारमा सामान्य विश्लेषण गर्ने प्रयास गरिएको छ । यद्यपि एउटा पूर्ण सार्वजनिक प्रसारण सेवाको रुपमा विकसित हुन रेडियो कार्यक्रमहरु मात्र पर्याप्त छैनन, अरु धेरै पक्षहरुको खाँचो पर्दछ जुन कुराहरु यहाँ चर्चा गरिएको छैन । सार्वजनिक प्रसारण सेवाका कार्यक्रमहरु भन्दा रेडियो नेपालवाट वर्तमान अवस्थामा प्रसारित कार्यक्रमहरु कति हदसम्म फरक छन् त ? भन्ने आधारभूत विश्लेषण नै यस लेखको अर्को पाटो हो ।
रेडियो नेपालले हाल उत्पादन गर्दै आएका कार्यक्रमहरु कस्ता छन् त ?
रेडियो नेपालले आफ्नो प्रसारण समयको करिव ७० देखि ८० प्रतिशत समय राष्ट्रिय दायित्वका र सार्वजनिक सरोकारका विषयहरुमा केन्द्रित कार्यक्रम, समाचार तथा सार्वजनिक भलाइका लागि र्नििमत सूचना तथा जानकारीहरुलाई नै राखेको छ । यसबाहेकको वाँकी २० देखि ३० प्रतिसत प्रसारण समय मात्र प्रायोजित कार्यक्रमहरुका लागि छुट्याइएको पाइन्छ । रेडियो नेपालले प्रसारण गर्ने २० भाषामा समाचार र १६ भाषाका कार्यक्रमहरु मूलत जानकारीमूलक÷सूचनामूलक शिक्षाप्रद, मनोरञ्जनात्मक र विकास÷निर्माण सम्वन्धित छन् । यसरी हेर्दा कार्यक्रमहरु मूख्य रुपमा इन्फोनेन्मेन्ट र एडुटेन्मेन्ट प्रवृत्तिका नै छन् । यस्ता विविध कार्यक्रमहरुलाई रेडियो नेपालले फरक÷फरक ढाँचा र शैली (जस्तै नाटक, अन्तरवार्ता, रिपोर्ट, रेडियो पत्रिका, जनआवाज, प्रत्यक्ष प्रसारण आदि) प्रयोग गरी श्रोतामाझ पु¥याउदै आएको छ । यद्यपि यी कार्यक्रमहरुमा पनि कमिकमजोरी रहेका छन् नै । रेडियो नेपालका कार्यक्रमहरु गुणस्तरिय, प्रभावकारी र लोकप्रिय हुन सार्वजनिक व्यवस्थापनलगायत अझै धेरै खुराकहरु तथा स्वादहरुको उपयोग हुन बाँकी नै छ ।
के कस्ता सुधारहरु आवश्यक छन त रेडियो नेपालका कार्यक्रमहरुका लागि ?
विभिन्न समयमा भएका स्रोता सर्वेक्षण, स्रोता सुझाव र विज्ञहरुको विश्लेषण अनुसार खास गरी सार्वजनिक प्रसारण सेवाको रुपमा विकसीत हुन रेडियो नेपालका कार्यक्रमहरुमा निम्न पक्षहरुको सुधार वान्छनिय देखिन्छ ।
१. रेडियो कार्यक्रमहरुमा थप विविधता र समसामयीक नविनताको आवश्यकता छ । फरक÷फरक विषयवस्तुहरको स्वाद खोज्ने पारखी श्रोताको कमी छैन । श्रोताको माग बढदो छ ।
२. स्रोताको मागमा आधारीत भन्दा सबै आवश्यकताहरुलाई एउटै डालोमा राखी औसत सम्वोधन गर्ने खालका कार्यक्रमहरु हाल प्रचलनमा भएकाले लक्षित स्रोताको माग वमोजिम सवै जाति, धर्म, भाषा, सस्कृति, परम्परा, क्षेत्र, वर्ग, लिङ्ग आदिका विषयवस्तुलाई समाहित ढंगले प्रसारणमा स्थान दिनु पर्ने आवश्यकता छ ।
३. साझेदारी र सहभागितामा आधारित कार्यक्रमहरु उत्पादन गर्ने सँस्कृतिको खाँचो छ ।
४. हाल प्रसारित सवै कार्यक्रमहरुको गुणस्तरीयतामा ध्यान दिनु जरुरी छ ।
५. प्रसारित कार्यक्रमहरुको प्रभावकारीता मूल्यांकन हुनु नितान्त जरुरी विषय भएकोछ ।
६. कार्यक्रमममा लगानी (वजेट) अभावका कारण सबै कार्यक्रमहरुको उत्पादनमा स्थानीयपन, स्थलगत सामग्री र उपयुक्त अनुसन्धानका विषयहरुलाई निरन्तरता दिन सकिएको छैन ।
७. श्रोताको बदलिदो परिवेश र जीवनशैली अनुरुपका कार्यक्रमहरु पर्याप्त मात्रामा उत्पादन गरी प्रसारण गरिनु आवश्वयक छ ।
८. वाह्य उत्पादन गृहका विविध विषय सम्वन्धित प्रभावकारी र लोकप्रिय सामग्रीलाई रेडियो नेपालले पनि प्रसारण गर्नु आवश्यक छ ।
९. प्रायोजित कार्यक्रमका कारण रेडियो नेपालले आफ्नो प्राइम समयमा आफ्नै उत्पादन र समसामयिक मुख्य विषयवस्तुहरुलाई प्राथमिकताका साथ प्रसारण गर्न सकेको छैन जुन यथासम्भव थाल्नु जरुरी छ ।
१०. कार्यक्रम उत्पादन गर्ने सन्दर्भमा नयाँ सोच, रचनात्मक विषयवस्तु र फरक ढाँचा÷स्वरुपलाइ पनि समावेश गर्दैै लैजानु आवश्यक छ ।जस्तै रेडियो कमेडी सो, रेडियो रियालिटि सो आदि ।
११. बदलिदा र चुनौतीपूर्व आजको परिवेशमा कार्यक्रम उत्पादन तथा प्रस्तुतितर्फ समसामयिक र प्रतिस्पर्धी जनशक्तिको खाँचो छ ।
१२. कार्यक्रम उत्पादनसंग सम्वन्धित अभिमुखिकरण, जनसम्पर्क र जनसहभागिता तथा तालिमको कमीलाई पुरा गर्नु छ । आदि
त्यसैले हाल देखिएका कार्यक्रमहरुका कमजोरी हटाउन र सवैका लागि सधैका लागि गुणस्तरिय र प्रभावकारीकार्यक्रम प्रदान गर्नसार्वजनिक प्रसारण सेवा चाहिएको हो। हुन त रेडियो नेपालले राष्ट्रिय दायीत्वका वढी भन्दा वढी विषयवस्तुहरुमा कार्यक्रम प्रसारण गर्दै आइरहेको छ जस्ले राष्ट्रिय पहिचान र सस्कृतिको संरक्षण र सम्वर्धनमा सघाउँदै पनि आएका छन् तर पनि सार्वजनिक सरोकारका धेरै प्रश्नहरुको जवाफ दिन वाँकि छ जसले गर्दा रेडियो नेपालको रुपान्तरण आवश्यक परेको हो ।
रेडियो नेपालको संरचना नै रुपान्तरण किन त ?
रेडियो नेपाल हाल समिति ऐन २०१३ अनुसार गठित समिति भएकोले सीधा सरकारको मातहतमा छ तसर्थ नियन्त्रण पनि सरकारकै हातमा हुने नै भयो । तर २१ औं शताव्दीमा संचारमाध्यम सरकार आफैले संचालन गर्नुभन्दा अर्कै स्वतन्त्र निकायद्वारा संचालन गरिनु अब्बल मानिन्छ । तसर्थ सार्वजनिक प्रसारण सेवामा रुपान्तरण भएपछि रेडियो नेपाल प्रत्यक्ष रुपमा राज्यको हातमा जान्छ भन्ने सोच हो । सरकारी संचार माध्यमलाई सरकारको नेतृत्व गर्नेले राजनितिक रुपमा निर्देशित गर्न सक्ने संभावना रहन्छ तर सार्वजनिक प्रसारण सेवामा रुपान्तरण भइसकेपछि स्वतन्त्र रुपमा वा संसदको मातहतमा रहेको संचालनक परिषदवाट प्रसारण सेवा निर्देशित हुने हुँदा समाचार, कार्यक्रम तथा अन्य प्रसारित सामग्रीहरु नागरिकहरुको इच्छा, माग र चाहाना अनुसार उत्पादन गरिन्छ भन्ने मान्यता रहेको छ । हाल सरकारी संचारमाध्यहरु केही मात्रामा मात्र आफ्नो आयआर्जनवाट र नपुग वजेट सरकारवाट प्राप्त सरकारी रकमवाट संचालन भएको अवस्थामा छन् तर सार्वजनिक प्रसारण सेवामा परिवतृन भएसकेपछि राज्यले निर्देशित गरेको सार्वजनिक कोष वा जनताद्वारा सेवा शुल्क प्रदान गरेको कोष वा सिधै राज्यवाट प्राप्त कोष वा मिश्रित सार्वजनिक कोषवाट संचालन गरिने हुँदा सार्वजनिक सेवामा नागरिकहरु र राज्यको सम्वन्ध नङ र मासु सरह रहन्छ । सार्वजनिक प्रसारण सेवा स्वायत्त, जनताप्रति उत्तरदायी र स्वार्थवाट मुक्त रहन सक्ने अपेक्षा गरिन्छ ।
यसवाहेक सार्वजनिक प्रसारण सेवा जनहितकारी र लोक कल्याणकारी भएकोले पनि यस्तो सेवामा रेडियो नेपाल रुपान्तरण हुनु आवश्यक छ । साथै सार्वजनिक प्रसारण सेवा सवैका लागि र सधैका लागि भन्ने आधारभूत ÷मूलभुत सिद्धान्तहरुको पालना गर्न र सवै नागरिकको रेडियो, राज्यको रेडियोको रुपमा रहन पनि सार्वजनिक प्रसारण सेवा आवश्यक परेको हो ।
के हो सार्वजनिक प्रसारण सेवा ?
सार्वजनिक प्रसारण सेवासम्वन्धमा धेरै प्रकारका परिभाषाहरु पढन पाइन्छ । यस्तो प्रसारणलाई जनहितकारी प्रसारण वा लोककल्याणकारी प्रसारण भनेर पनि नामाकरण गरिएको पाइन्छ । परिभाषित गर्ने प्रक्रिया फरक÷फरक भए पनि भूल आशय चाही एउटै रहेको भेटिन्छ । यस सम्वन्धमा इबियुका निर्देशक डा. वेरनर रमफोस्र्ट भन्दछन्, ‘सार्वजनिक प्रसारण सेवा भनेको त्यस्तो सेवा हो जुन जनताद्वारा लगानी गरी जनताका लागि भनेर वनाइएको हुन्छ यस्तो सेवा जनताद्वारा नै नियन्त्रित पनि हुन्छ ।’
यसरी नै युनेस्कोले गरेको परिभाषा अनुसार साार्वजनिक प्रसारण सेवा न त आर्थिक उपार्जन गर्ने हेतुले निर्देशित हुन्छ न त सरकारद्वारा नै निर्देशित हुन्छ । वरु यो त राजनितिक र व्यापारीक दुवै हस्तक्षेपहरुवाट स्वतन्त्र हुन्छ । यस्तो प्रसारण सेवावाट नागरिकहरुले सुसुचित हुन,े शिक्षित हुने र स्वास्थ्य मनोरञ्जन प्राप्त गर्ने हक राख्दछन् ।
नेपालको परिप्रेक्षमा आमसंचार नीति २०७१ को मस्यौदामा उल्लेख भएअनुसारसार्वजनिक प्रसारण सेवाले कुनै व्यक्ति वा समुदाय उपर कुनै भेदभाव विना राष्ट्रिय एकता, लोकतान्त्रीक मूल्य र व्यवसायिक पत्रकारिताको स्थापित मान्यता अनुरुप समाचार तथा कार्यक्रमहरु उत्पादन र प्रसारणको व्यवस्था मिलाउने, आदिवासी, जनजाति, दलित, मधेसी पिछडिएको क्षेत्र, महिलाको स्वामित्व वोध र सम्मान गर्ने खालका कार्यक्रम प्रसारण गर्ने तथा नेपालको सबै भुभाग र अन्तराष्ट्रिय क्षेत्रमा समेत पहुँच पुग्ने गरी प्रसारण हुने र निश्चित वजेट सरकारवाट व्यवस्था गरी जनताप्रति उत्तरदायी वनाउने जस्ता कामहरु गर्ने निश्चित गरिएका छ ।
तसर्थ सार्वजनिक प्रसारण सेवा भन्ने वितिकै सार्वजनिक (नागरिक सवैको) चासोको विषयवस्तु जसमा कसैको पनि निहित स्वार्थ हुन सक्दैन र यस्तो सेवाले निष्पक्ष, स्वतन्त्र र भेदभाव रहित ढंगवाट यथार्थ र वस्तुपरक प्रसारण सामग्रीहरु उत्पादन र प्रसारण गर्ने गर्दछ । शुरुमा रेडियोको लागि र पछि टेलिभिजन प्रसारणको क्षेत्रमा सार्वजनिक प्रसारण सेवाको उपयोग भएको इतिहास रहेकोछ । यस प्रकारका जनउत्तरदायी, जनहितकारी र स्वायक्त प्रसारण सेवाको कल्पना सर्वप्रथम अमेरिकी प्रसारक डेभिड सारनफले गरेका हुन् । तर सार्वजनिक प्रसारण सेवाको प्रयोग गर्ने÷उपयोगमा ल्याउने पहिलो व्यक्ति भने वि.वि.सी.का जोन रिथ हुन् ।
सार्वजनिक प्रसारण सेवालाई विभिन्न कोणहरुबाट परिभाषित गरी सर्वमान्य सिद्धान्तहरु निर्माण गर्ने क्रम सन् १९९० को दशकमा नै शुरु भएको पाइन्छ । विश्वका धेरै मुलुकरुका सरोकारवाला संस्थाहरुको सहभागितामा भएका गोष्ठी, सेमिनार, सम्मेलन र गोलमेच वैठकहरुबाट सार्वजनिक प्रसारण सेवाका आधारभूत सिद्धान्तहरु पनि व्यवस्थित गरिएका छन् जुन ब्चतष्अभि ज्ञढ नामक अन्तराष्ट्रिय संस्थाले तय गरेका मापदण्डहरुसँग मिल्दाजुल्दा छन् ।
कस्ता हुन्छन् सार्वजनिक प्रसारण सेवाका सिद्धान्तहरु ?
१. भौगोलिक क्षेत्र र प्रविधिका आधारमा रेडियोको पहुँच समग्र नागरिकहरुमा हुनु पर्दछ ।
२. प्रसारण गरिने सामाग्रीहरु चाख र स्वादका हिसावले, गुणस्तररियता र प्रभावकारिताका दृष्टिले र कार्यक्रमका प्रकारका हिसावले पनि विविधतापुर्ण देखिनुपर्दछ ।
३. यो प्रसारण सेवा, सरकार र व्यापरिक वर्ग लगायत अन्य कुनै स्वार्थ राख्ने वर्गका निहित स्वार्थबाट मुक्त हुनुपर्दछ अर्थात सार्वजनिक प्रसारण सेवा स्वायत्त र उत्तरदायी हुनुपर्छ ।
४. उत्पादित सामाग्रीहरु (समाचार, कार्यक्रम र श्रव्य सामग्री) निष्पक्ष, सन्तुलित, वस्तुपरक र सत्य÷तथ्यमा आधारित हुनुपर्दछ ।
५. उत्पादित सामाग्रीहरुले अल्पसंख्यक, लोपोन्मुख, पिछडिएको वर्ग, जाति, भाषा, क्षेत्र, संस्कृति आदिको पहिचान, संरक्षण र सम्वद्र्धन गर्न सक्नुपर्दछ ।
६. सार्वजनिक प्रसारण सेवाले समग्र राष्ट्रको÷क्षेत्रको पहिचान र संस्कृतिको जर्गना गर्दै तिनको विकसमा सघाउन सक्नुपर्दछ ।
७. यस प्रकारका सार्वजनिक प्रसारण सेवाहरु राज्यले सार्वजनिक कोष वा नागरिकहरुद्धारा प्रदत्त सेवा शुल्कद्धारा स्थापित कोषद्धारा संचालन गरिनु पर्दछ ।
यी सिद्धान्तहरुको मनन गर्दा अहिलेको रेडियो नेपाल केवल सार्वजनिक प्रसारण सेवा उन्मुख मात्र छ, यसका कार्यक्रमहरु÷समाचारहरु र अन्य श्रव्य सामाग्रीहरुमा सार्वजनिक प्रसारण सेवाको झलक वा स्वरुप सुन्न पाइन्छ तर सतप्रतिशत सार्वजनिक प्रसारणमा हुनु पर्ने खुराकहरु र योग्यता-मापदण्ड-गुणहरु छैनन । तसर्थ सार्वजनिक प्रसारण सेवामा रुपान्तरण हुन रेडियो कार्यक्रमहरुतर्फ थप के के व्यवस्थाहरु गरिनु पर्दछ त ?
सार्वजनिक प्रसारण सेवामा रुपान्तरण हुने क्रममा अन्य संगठनात्मक÷संरचनात्मक पक्षहरुको अलावा निम्न प्रकारका व्यवस्थाहरु हुनु आवश्यक छ जुन कार्यक्रमको गुणस्तरियता र प्रभावकारीताका लागि सार्वजनिक प्रसारण सेवाका अनिवार्य शर्तहरु पनि हुन् ।
क. स्रोता परिषद
ख. कार्यक्रम परामर्श समिति
ग. नागरिक सहभागिता एवं पृष्ठपोषण÷सुझाव संकलन संयन्त्र
घ. प्रसारण सामग्री नियामक स्वतन्त्र इकाइ
ङ. सर्वेक्षण,अनुसन्धान र तालिम÷एकेडेमी
च. कार्यक्रम निर्माता एवं प्रस्तोताहरुको वर्तमान सोच र व्यवहारमा परिवर्तन
यस लेखमा समावेस सार्वजनिक प्रसारण सेवाका सिद्धान्तहरुको व्यवहारिक उपयोगसहित उल्लेखित परिषद÷समिति, एकेडेमी र संयन्त्रहरुको निर्माण तथा कार्यान्वयन भइसकेपछि मात्र रेडियो नेपालले आफना कार्यक्रमहरु प्रभावकारी र गुणस्तरिय हिसावले सार्वजनिक प्रसारण सेवाका रुपमा उत्पादन गरी प्रसारण गर्न संभव हुनेछ । त्यसपछि मात्र स्रोताले सार्वजनिक प्रसारण सेवाका कार्यक्रमहरुको वास्तविक स्वाद पाउन सक्नेछन् । यसका लागि बाटो खुलेको छ ।
रेडिया नेपाल सार्वजनिक प्रसारण सेवामा रुपान्तरण हुनका लागि व्यग्रतापूर्वक पर्खिरहेछ । यसका लागि आवश्यक ऐन, कानुन तथा नीति नियमहरु निर्माण हुने क्रममा छन् । सार्वजनिक प्रसारण सेवा ऐन लागू भएपछि मात्र रेडियो नेपाल सार्वजनिक प्रसारण सेवामा रुपान्तरण भएको मान्न सकिनेछ । यसका लागि पूर्व तयारीको समय, संक्रमणकालिन समय र पूर्णत सार्वजनिक प्रसारणको समय गरी तीन चरणमा काम गर्दै जानु आजको आवश्यकता पनि हो । अहिले हामी पुर्व तयारीको अवस्थामा छौं, यस बेला सकेसम्म सार्वजनिक प्रसारण सेवाको मूलभूत सिद्धान्तहरुसँग मिल्ने गरी प्रसारण सामग्रीहरु (समाचार, कार्यक्रम र अन्य) उत्पादन र प्रसारण गर्नु हाम्रो पहिलो दायित्व नै हो ।
त्यसै गरी कार्यक्रम-समाचार उत्पादनमा संलग्न कर्मचारीहरु र स्ांस्थामा कार्यरत अन्य जनशक्तिशरुले पनि आफनो कार्यशैलीलाई सार्वजनिक प्रसारण सेवाका तथ्यहरुसँग मिल्दोजुल्दो गरी परिवर्तन गर्दै लैजाउनु पर्ने चुनौती पनि छदैछ । सार्वजनिक प्रसारण सेवाको सिद्धान्त र व्यवहार एक आपसमा संयोजन हुन सके मात्र यथार्थमा रेडियो नेपाल सार्वजनिक प्रसारणमा रुपान्तरण भएको ठहर्ला । यसका लागि हामी रेडियाकर्मीहरु, सबै सरोकारवालहरु र तालुक अड्डाका अधिकारीहरुले समेत सार्वजनिक प्रसारणको आधारभूत मुल्य मान्यतालाई आत्मसात गरेर आ आफनो क्षेत्रवाट सघाउनुपर्दछ । तब मात्र देशका तमाम नागरिकहरुको सुसुचित हुन पाउने र शिक्षाप्रद अनि स्वस्थ्य मनारञ्जन प्राप्त गर्न पाउने हकको ग्यारेन्टी गर्न सकिएला ।
यसो भएमा रेडियो नेपाल आउँदा पुस्ताका लागि पनि सार्वजनिक रेडियो भनेरै रहला ।
(केसी रेडियो नेपालका कार्यकारी निर्देशक हुन् ।)