१३ अप्रिल १९६० बिहान ७ बजे
प्रकाशप्रसाद उपाध्याय
१३ अप्रिल, सन् १९६० । बिहान ७ बजेको समय । भारतको राजधानी नयाँ दिल्लीबाट अल इण्डिया रेडियोबाट नेपाली भाषामा कार्यक्रमको उद्घाटन हुने अवसर । अल इण्डिया रेडियोको देशान्तर प्रसारण प्रभागले नेपाल र भारतका नेपालीभाषी क्षेत्रहरुका निम्ति यस कार्यक्रमलाई सुरु गरेको थियो । शर्टवेभका २५, ३१, ४१ र ४७ मीटर बैण्डहरुमा अल इण्डिया रेडियोको साङ्केतिक ध्वनि सकिना साथ अङ्ग्रेजीमा उद्घोषणा भयो – दिस इज अल इन्डिया रेडियो,यु विल लिसन अ प्रोग्राम इन नेपाली ।
अँग्रेजीका प्रख्यात समाचारवाचक मेलभिल डी मेलोको स्वरमा भएको यस उद्घोषणापछि नेपालीमा महिला स्वरमा उद्घोषणा भयो– ‘यो अल इण्डिया रेडियोे हो, आज … अब मिटरहरुमा नेपाली कार्यक्रम शुरु हुन्छ ।’
हामी उक्त कार्यक्रम सुत्र रेडियो सेट अगाडि बसेका थियौं । दिल्ली प्रवासमा रहेको कारण त्यस उद्घाटन कार्यक्रमका सम्बन्धमा अग्रिम जानकारी थियो ।
त्यस दिन बिहानको त्यो उद्घोषणा उपर्युक्त मिटरहरुमा रेडियो खोलेका सैकडौं श्रोताहरुका लागि पनि अपार खुशीको खबर भएको हुनुपर्दछ । स्वयम् म पनि त्यस उद्घोषणाबाट रमाएको थिएँ । यद्यपि रेडियोबाट नेपाली कार्यक्रम सुनेको यो पहिलो अवसर थिएन । बाल्यावस्थामा २००७ सालको क्रान्तिको खबर घरको रेडियोबाट सुनिएको थियो । त्यसपछि रेडियो नेपालको कार्यक्रम र बेलुकी अल इण्डिया रेडियोकोे आन्तरिक सेवा आकाशवाणीबाट प्रसारण हुने गोर्खाली समाचारकोे हाम्रो समस्त परिवार नियमित श्रोता थियो । फौजी कार्यक्रम अन्तर्गत भारतका गोर्खा सैनिकहरुका लागि प्रसारण हुने यस कार्यक्रममा समाचारपछि एक नेपाली गीत पनि बज्ने गर्दथ्यो । तर सुरु भइरहेको यस नयाँ कार्यक्रमले आकर्षित गर्नाको कारण थियो– दिल्लीमा बस्ने हामीजस्ता नेपाली श्रोताहरुलाई यसले पस्कने नयाँपन, जसमा विविधताको सम्भावना थियो । अनि रमाउनाको कारण थियो– विदेशी भूमिमा ती दिनहरुमा ‘रेडियो नेपाल’ सुत्र नसक्ने हामीजस्ता अनेक नेपाली श्रोताहरुलाई विभित्र किसिमका नेपाली गीत, साहित्यिक वार्ता र नाटक आदि सुत्र पाइने शुभ अवसर ।
आधा घण्टाको उक्त कार्यक्रमको प्रारम्भ भजनबाट गरिएको थियो । त्यसपछि प्रसारण भएको थियो– समाचार । पाँच मिनेटको समाचार उपरान्त प्रसारण भएको थियो– राजनीतिक विषयको एक समीक्षा । बाँकी रहेका १५ मिनेट फिल्मी गीत, नेपाली गीतका लागि छुट्याइएको थियो । सातामा एकदिन चाहिँ समाचार दर्शन, नाटक, रुपक र सांस्कृतिक विषयमा वार्ताका लागि मिलाइएको थियो । १५ मिनेटको अल्पअवधिका भएपनि नाटक, रुपक, बाल कार्यक्रम, समाचार दर्शन र पत्रोत्तर कार्यक्रमहरुले श्रोताहरुमा निकै छाप पारिरहेका थिए । उपर्युक्त कार्यक्रमहरु प्रसारित नहुने दिनहरुमा चाहीँ भजन, समाचार र सामयिक समीक्षापछि श्रोताहरुका अनुरोधमा नेपाली र फिल्मी गीतहरु प्रसारित गरिन्थे । आधा घण्टाको उक्त कार्यक्रम श्रोताहरुमाझ निकै लोकप्रिय भएर आयो । श्रोताहरुका पत्रहरुको ओइरोले यस कुराको संकेत दिरहेको थियो । पत्रहरुमा श्रोताहरुका प्रतिक्रिया, प्रशंसा, कार्यक्रमको अवधि बढाउन अनुरोध र नेपाली एवम् फिल्मी गीतहरुका लागि फर्माइस हुने गर्दथे ।
उदघोषिका सुश्री सिलु सिंह एवम् समाचारवाचक राजेन्द्रकुमार दुबैजनाको सहभागितामा यस कार्यक्रमको उद्घाटन भएको थियो । उहाँहरु अल इण्डिया रेडियोमा काम गर्न दिल्ली आउनु अघि रेडियो नेपालमा जागिरे हुनुहुन्थ्यो । रेडियो सार्वजनिक सञ्चारको यस्तो तीब्र समाचार माध्यम हो, जो आवाजको माध्यमले श्रोताहरुसम्म तत्कालै पुग्दछ । यसमा सरल र सुबोध भाषाको प्रयोग वांछनीय हुन्छ । कुनै पाठकले अखबारमा छापिएका खवर वा टिप्पणीलाई बुझ्न त्यसलाई ओल्टाई–पल्टाई, दोह¥याई–तेह¥याई पढेसरह रेडियोमा प्रसारित खबरलाई कुनै श्रोताले तबसम्म दोह-याई–तेह-याई सुत्र सक्दैन, जबसम्म त्यो रेकर्ड गरिएको हुँदैन । अनि श्रोताहरुमाझ चञ्चल मन हुने केटाकेटी हुन्छन्, श्रवण शक्ति कमजोर भएका बुढा–बुढी हुन्छन्, महिला हुन्छन् र हुन्छन् असीम शक्तिपुञ्ज हुने युवाहरु । यसो हुँदा प्रसारणको भाषा सुबोध र सरल हुनु आवश्यक हुन्छ ।
मैले रेडियोमा प्रयोग हुनुपर्ने भाषा ज्ञान आफ्ना यिनै अग्रजहरुबाट प्राप्त गरें भने प्रसारणको शैलीसम्बन्धी ज्ञान नेपालीका समाचारवाचकहरु कर्णसिंह क्षेत्री र हरिप्रसाद शर्मा तथा अन्य अग्रज देवकीनन्दन पाण्डे, शिवसागर मिश्र, उर्मिला मिश्र र विनोद कश्यपजस्ता प्रसिद्ध हिन्दी समाचारवाचकहरुका समाचार पढ्ने शैली सुनेर प्राप्त गरें । यी सबै मेरा प्रिय समाचारवाचकहरुमध्ये हुनुहुन्थ्यो । उहाँहरुद्वारा बोलिने एक–एक शब्द प्रष्ट मात्र हुँदैनथे, बोलिने शैली पनि सबैले बुझ्ने किसिमका हुन्थे । यसैले होला, उहाँहरुको प्रसिद्धि आजपर्यन्त कायम छ । ती दिनहरुमा अङ्ग्रेजीका प्रसिद्ध समाचारवाचकहरु थिए– मेलभिल डी मेलो, सुरजित सेन, नील बत्रा, चक्रपाणी, लोतिका रत्नम् र पेमिला सिंंह । चक्रपाणी सन् ६० को दशकमा अष्ट्रेलिया गए त नील बत्रा भारतीय वायुसेनामा सामेल भए । अँग्रेजीमा निर्माण गरिएका एक–दुईवटा रेडियो रुपकले मेलभिल डी मेलोलाई अन्तर्राष्ट्रिय ख्याति र भारत सरकारबाट पद्मश्रीको उपाधि प्रदान गरायो । यसपछि उनी रुपक एकांशबाट चीफ प्रोड्यूसरको पद सम्हाल्न महानिदेशालयमा तैनाथ भए ।
बिहानको नेपाली कार्यक्रम, मैले त्यतिबेला थाहा पाए अनुसार, विशेष रुपमा नेपालका लागि शुरु गरिएको थियो । तर, यसको प्रसारण रेञ्ज आसाम, दार्जिलिङ, देहरादून, भाग्सु जस्ता भारतका नेपालीभाषी क्षेत्रहरु, सिक्किम र भूटानसम्म विस्तृत थियो । सिक्किम त्यतिबेला भारतीय प्रदेश बनिसकेको थिएन । भारत–नेपाल मित्रताको बन्धनलाई बलियो बनाउँदै नेपाली जनतालाई भारतीय संस्कृति, दर्शन, सरकारी नीति र भारतका प्रगति र विकास प्रक्रियाको जानकारी दिने उद्देश्यले यो सुरु गरिएको थियो । यसका साथै अन्य देशहरुबाट भारतका विरुद्ध हुने दुष्प्रचारलाई पनि प्रभावहीन बनाउँदै श्रोताहरुलाई सही स्थितिबाट अवगत गराउनु यसको अर्को लक्ष्य थियो । नेपालका लागि भनेरै यो कार्यक्रमको सञ्चालन गरिएको भएपनि यसको प्रसारण तिब्बतसम्म सुत्र सकिन्थ्यो । तिब्बतबाट बेला–बेलामा आउने पत्रहरुले यस कुरालाई छर्लङ्ग्याउने काम गर्दथे । म सेवानिवृत्त हुने ताका त खाडी क्षेत्रका देशहरुमा काम गर्ने नेपालीहरुबाट पनि पत्रहरु आउन थालेका थिए ।
सन् ५० को दशकको उत्तराद्र्धका दिनहरुमा तिब्बतमा चीनको दखल र सैनिक गतिविधि बढिसकेको थियो । अनेक तिब्बती लामा एवम् नागरिकहरुको भारत पलायन हुन थालिसकेको थियो । तिब्बतीहरुका धर्मगुरु दलाई लामासमेत भारत आइ पुगेका थिए । तर उनलाई शरण दिइएकोमा चीन–भारत सम्बन्धमा चीसोपन बढ्न थालेको थियो । चीनियाँ प्रचार माध्यमहरुले भारतविरुद्ध आलोचनात्मक टिप्पणी र प्रसारणहरु गर्न थालिसकिएका थिए । दलाई लामाद्वारा गठित निर्वासित सरकारलाई धर्मशालाबाट क्रियाशील हुने अनुमति दिएपछि त भारत र चीनका बीचको ‘भाई–भाई’को सम्बन्धले वैमनश्यताकै रुप नै लियो । र सम्भवतः यसैको चरमोत्कर्ष थियो– भारतको उत्तरी सीमानामा चीनियाँ र भारतीय सैनिकहरुबीच अक्टोबर १९६२ मा भएको सिमाना सङ्घर्ष, जुन लगभग तीन साता चल्यो ।
सन् १९६० देखि १९६२ को अवधि र त्यसपछिका वर्षहरुमा दुबै देशद्वारा एक–अर्काका विरुद्ध प्रशस्त विषवमन गरिए । चीनियाँ आक्रमणले गर्दा भारतमा म्भाभलअभ या क्ष्लमष्ब ब्अत (भारत सुरक्षा अधिनियम) लागू भएकोले कम्युनिष्टहरुका विरुद्ध अभियान पनि चलाइएको थियो । दिल्ली विश्वविद्यालय मातहतका कलेजहरुमा पनि अनेक बैठकहरु हुन्थे, जसमा कम्युनिष्टहरुका क्रियाकलाप असहनीय हुने कुरामा जोड दिइन्थ्यो । चीनियाँ आक्रमणको निन्दा गरिन्थ्यो । मैले पढ्ने किरोडीमल कलेजमा आयोजित यस्तै एक बैठकमा भाषण गर्न दोस्रो विश्व युद्धकालका महान् भारतीय सेनानी र भारतका पूर्व कमाण्डर–इन–चीफ जनरल करियप्पा आउनुभएको थियो । उनको वीरताका गाथा सुनेकोले म पनि उहाँको भाषण सुत्र पुगेको थिएँ । उता भारत र चीनले सिमानाको सही स्थितिका सम्बन्धमा आ–आफ्ना तर्कहरु राखिरहेका थिए । दुबैका तर्क एक–अर्कालाई मान्य थिएनन् । लगभग ३ साताको संघर्षपछि चीनले युद्धविरामको घोषणा ग¥यो । सीमाना युद्ध त रोकियो, तर भारतका तात्कालिन रक्षामन्त्री श्री कृष्ण मेननले आफ्नो पदबाट राजीनामा दिनुप¥यो । आजपर्यन्त यी दुई देशबीचको सीमाना विवाद सुल्झेको छैन । तर, जुन उद्देश्यका साथ भारत सरकारको सूचना एवम् प्रसारण मन्त्रालयले देशान्तर प्रसारण प्रभाग अन्तर्गत नेपाली कार्यक्रम शुरु गराएको थियो, त्यस उद्देश्यलाई नेपाली एकांशले निष्ठाका साथ पूरा गर्दै थियो । प्रचारात्मक कार्यक्रमहरु थपिँदै थिए । जस–जसै समय बित्दै गयो, कार्यक्रमको लोकप्रियता पनि बढ्दै गयो । किनभने एक त ती दिनहरुमा नेपालमा आज जस्तो जताततै एफ. एम. सेवा शुरु भइसकेको थिएन ।
दोस्रो, रेडियो नेपालको प्रातकालिन सेवाको समाचार पनि नेपाली कार्यक्रमको समाचारपछि मात्र प्रसारित हुन्थ्यो । तेस्रो, केबुल टेलिभिजनको प्रादूर्भाव पनि भएको थिएन । नेपाली श्रोताहरुलाई अल इण्डिया रेडियोको नेपाली समाचारले आकर्षित गर्नाको अर्को प्रमुख कारण थियो–२०१७ साल पुस १ गतेको घटना । तत्कालिन राजा महेन्द्रले वि.पी. कोइरालाको निर्वाचित सरकारलाई अपदस्थ गरेका थिए । नेपालका राजनीतिक घटनाबारेका समाचार अल इण्डिया रेडियोले निर्वाध रुपमा प्रसारण गर्ने गर्दथ्यो । यस किसिमको समाचार प्रसारण ती दिनहरुमा रेडियो नेपालबाट सम्भव थिएन । यसो हुँदा नेपालभरि कार्यक्रम सुनिने गरिन्थ्यो ।
श्रोताहरुमध्ये अति गण्यमान्य व्यक्तिहरु पनि हुनुहुन्थ्यो । नेपालका हिमाली, पहाडी र तराई क्षेत्रका कुनाकाप्चाबाट महिनैपिच्छे आठ हजारदेखि दश हजारसम्म प्राप्त हुने चिट्ठीहरु र दिल्ली यात्रामा आउने श्रोता एवम् प्रमुख व्यक्तिहरुले यस कुराको सङ्केत दिइरहेका थिए । यस्तो स्थितिमा कार्यक्रम सञ्चालकहरु कार्यक्रमको लोकप्रियता कायम राख्न, त्यसलाई बढी रोचक र जनमुखी बनाउने योजना बनाउनमा संलग्न रहन थाले ।