…जोसँग अल इन्डिया रेडियोमा ४ दशकको अनुभव छ

अरविन्द रिमाल

नित्य आध्यात्मिक साधना सकेर आफ्नै प्रकाशनाधीन पुस्तकबारे सोचिरहेको बेला फोनको घण्टी बज्यो । फोन उठाएँ । ‘अङ्कल’ को सम्बोधन गरिएबाट नै प्रकाशजीको आवाज चिनिहालेंं । केही बेरको भलाकुसारीपछि उहाँले आफ्नो यस्तै पुस्तकका लागि मेरो मन्तव्यको आग्रह गर्नुभयो । उहाँसँग मेरो झण्डै पाँच दशकको आत्मीयताले मलाई ‘नाइँ’ भन्न दिएन ।

हामी दुबैले निश्चित गरेको दिन प्रकाशजी टाइप गरिएको पाण्डुलिपि लिएर मकहाँ आउनुभयो । हामी एकछिन फेरी पुराना रमाइला सम्झनाहरुमा रुमल्लियौंं । यता पुस्तकको शीर्षक र त्यसका विषय वस्तुहरुको सरसर जानकारी पाउनासाथ मनमा सन् १९५९ को अक्टोबर महिनादेखि १९६७ सम्मको मेरो आफ्नै दिल्ली बसाई र उहाँसँगका विविध सम्बन्धहरुको सम्झनाका चित्र उठ्न थालिसकेका थिए, एकएक गरी । झन् पुस्तक पढ्दै जाँदा त ती चित्रहरु अरु सजीव रुपमा मेरा आँखा अगाडि नाच्न थाले ।

१५ वर्षको कलिलो उमेरमै कलेज अध्ययनको लागि प्रकाशजी दिल्ली पुगेकोे एक वर्षपछि म पनि ‘बुद्धिजीवी लाहुरे’ भएर काम खोज्न त्यही महानगरी पुगेको थिएँ । मेरो झण्डै दशवर्षको सङ्घर्षपूर्ण एवम् तूफानी कम्युुनिष्ट राजनीतिक जीवन पछाडि परिसकेको थियो । दलीय राजनीति छुटे पनि विचारधारा पूर्ववत् नै थियो । सौभाग्यवश, सोभियत दूतावासको सूचना विभागमा जागीर पाएँ– त्यहाँबाट छापिने पाक्षिक पत्रिका ‘सोभियत भूमि’ मा अनुवादकको रुपमा । यसबारे मैले विस्तारपूर्वक चर्चा आफ्नो पुस्तक ‘१९९७ सालदेखि २०१७ साल…एक अवलोकन’मा गरेको छु ।

सुविख्यात भारतीय कम्युनिष्ट राजनीतिक विश्लेषक एवम् पत्रकार निखिल चक्रवर्तीको सौजन्यबाट भारतीय कम्युनिष्ट पार्टीको संसदीय बोर्डको कार्यालयमा केही दिन बस्ने प्रबन्ध भयो । विन्डसर प्लेसमा रहेकोे सो कार्यालयबाट आफ्नो बाराखम्बा रोडस्थित अफिस अथवा अल इण्डिया रेडियो स्टेशन नजिकै पर्दथे, पैदलै जान सकिन्थ्यो । त्यस स्टेशनमा आफ्ना पुराना मित्र गणेश नर्सिंंह राणा र मेरो घरबारी टोल, कालिकास्थानमा उहिले डेरा गरी पढ्न बस्दा चिनजान भएका हरि दाई (हरिप्रसाद शर्मा) काम गर्नुहुन्छ भत्रे थाहा थियो । एकसाँझ उहाँहरु दुबैलाई भेट्न जाँदा हरि दाईलाई गोर्खाली युनिटमा एक्लै काम गरिरहेको देखेँ । उहाँ मलाई भेट्दा बडो प्रसत्र हुनुभयो । गणेश राणाको कार्य समय बिहानको रहेछ, र उनी बेग्लै युनिटमा काम गर्दारहेछन् ।

हरि दाईसँग पछिको एउटा भेटघाटमा उहाँले दिल्लीमा मेरो स्थायी डेराको व्यवस्था नहुञ्जेल उहाँकै घरमा आएर बस्न बोलाउनुभयो । मेरो प्रसत्रताको सीमा रहेन । अनि लगत्तै विन्डसर प्लेसबाट मेरो झिटीगुन्टारुपी एउटा सूटकेश बोकेर त्यतिबेलाको वेस्ट विनयनगर, हालको नेताजी नगरको नामले प्रख्यात बस्तीको ए–७२ नम्बरको घरमा पुगें । घरभित्र पस्नासाथ लक्ष्मी भाउजूबाट प्रसत्र चेहरा एवंं हार्दिक मुस्कानका साथ स्वागत पाउँदा हर्षले आँखा नै रसाए । यसैबीच चारजना स–साना केटाकेटीहरु अनि सलक्क परेको जीउ भएका, गोरा १५–१६ वर्षका लाग्ने युवा मतिर हेरिरहेका थिए । दुई छोरा, दुई छोरी र अर्का केटा ‘भतिजा’ भनेर मलाई चिनाइयो ।

ती केटा प्रकाशप्रसाद उपाध्याय थिए– दिल्ली प्रवासकालका मेरा सहयोगी मित्र, मेरी पत्नीका भाई समान व्यक्ति र मेरा चार छोरा–छोरीका स्थानीय अभिभावक । यी नाताले गर्दा पनि पुस्तकबारेको मन्तव्यमा यति लामो प्रस्तावना आवश्यक भएको हो ।

‘अल इण्डिया रेडियोमा चार दशक’ पुस्तकका पानाहरुमा म त्यतिबेलाका शान्त एवं जिज्ञासु कलेज छात्र, अनि त्यसपछि सङ्घर्षमयी जीवन, चुनौतीपूर्ण अध्ययनकाल, कर्मठ सेवाकार्यको अनुभवले खारिएका, सम्वेदनशील साहित्य साधक, एउटा नेपाली भएर भारतको आध्यात्मिक, सांस्कृतिक, साहित्यिक, राजनीतिक आदिको आविष्कार गरेसरहको निबन्ध पुस्तकका गम्भीर लेखक, एउटा राजनीतिक दलका केन्द्रीय व्यक्तित्वसँग भेट गरिरहेको थिएँ ।

हरि दाईको घर वास्तवमा भारत सरकारले आफ्ना कर्मचारीका लागि बनाएको अनेक नयाँ बस्तीहरुमा पर्ने एउटा दुई कोठे फ्ल्याट थियो । केही साता प्रकाशजी र म एउटै कोठामा बस्यौंं र सुत्यौंं । हरि दाईकहाँ बेला–बेलामा आउने अन्य पाहुनाहरु पनि हाम्रै कोठामा बस्दथे ।

दिल्लीमा आफ्नो बसाईका ती रमाइला एवं आनन्दमयी समयका लागि म र मेरो परिवार हरि दाई, लक्ष्मी भाउजू र प्रकाशजीप्रति आजीवन आभारी रहने छौंं । विगत ३ दशकदेखि त हामी सम्बन्धी भएका छौंं– मेरो छोरा सुरज र हरि दाईकी जेठी छोरी आशाको विवाहबाट हामी सम्धीका नाताले जोडिएका छौंं ।

अब प्रस्तुत पुस्तकको चर्चा गरुँ ।

पुस्तकबाट मलाई परेको पहिलो प्रभाव, सप्तरी जिल्लाको पनि पछौटे गाउँ सखडा–गोविन्दपुरको एउटा कलिलो केटाको शिक्षाप्रति उत्कृष्ट आकाङ्क्षा र शिक्षकप्रति गाढा श्रद्धाभाव हो । मेरो आफ्नै विद्यार्थी एवम् राजनीतिक जीवनको क्रममा मलाई सधैं प्रोत्साहन दिने राजनीतिक सक्रियतावादी केशरबहादुर मास्के तथा गोविन्दपुर गाउँका हेडमास्टर नागेश्वरलाल मल्लिकको उल्लेख जीवन्त एवम् हृदयस्पर्शी छन् । प्रकाशजी भत्रुहुन्छ– ‘निरक्षरता, अशिक्षा एवम् अज्ञानले ढाकिएको र झाडापखाला लगायत विभित्र रोगव्याधिले आक्रान्त सप्तरी जिल्लाको पछौटे गाउँ गोविन्दपुरमा उहाँले शिक्षाको ज्योति मात्रेै फैलाउनु भएन, आफ्नो चिकित्सा सम्बन्धी सामान्य ज्ञानबाट अनेक मानिस र केटाकेटीहरुलाई झाडा–पखाला, ज्वरो र अन्य रोगहरुबाट हुनसक्ने असामयिक मृत्युबाट पनि बचाउनुभयो ।’

यिनै परोपकारी विशेषता र गुणका लागि लेखक उहाँलाई एक महापुरुष र महान् त्यागी ठान्दछन् । म आफू पनि आफ्नो अध्ययनकालमा शिक्षकहरुको अनुशासन र अध्यापनबाट लाभान्वित भएकोले म प्रकाशजीको यस वर्णनबाट द्रवित नभई रहन सकिनँ ।

कुनै पनि कृतिका लागि प्रेरणाको स्रोतमा निश्चय नै मित्र वा शुभेच्छुकहरु हुन्छन् । तर त्यसलाई कार्यरुपमा परिणत गर्ने शक्ति कि आफ्ना इष्टले दिन्छन् कि सद्गुरुदेवले । प्रकाशजीको मामलामा यो पे्ररणा परमेश्वरबाट प्राप्त भएको स्पष्ट झल्कन्छ । अनि यस अनुग्रहका प्रति कृतज्ञताका भाव पुस्तकका पछि–पछिका पानाहरुमा आफ्नो सेवाकार्य वा तीर्थयात्राको प्रसङ्गमा अभिव्यक्त भएको पाइन्छ । मेरा सद्गुरुदेव स्वामी सत्यदेव भत्रुहुन्छ– ‘धर्म र इमानदारीको जीवन आफैंंबाट शुरु गर्नु पर्दछ । सबैभन्दा ठूलो पुस्तक मनुष्य जीवन हो, आफ्नो जीवनलाई प्रष्टसँग पढ । तिमी ज्ञानी हुनेछौ ।’ प्रकाशजीलाई यो ज्ञान भएको पाउँदछु, म यो पुस्तक पढ्दा ।

प्रकाशजीको ईश्वरभक्तिको सम्बन्धमा भत्रुपर्दा उहाँले जीवनमा सिद्धान्त र व्यवहार गरी दुबै रुपमा यो सत्य पालन गरेको पाएँ, जसलाई मेरा गुरुदेवले यसरी व्याख्या गर्नुभएको छ– ‘ईश्वरलाई इमानदारीपूर्वक मात्र सके मैले गरेको, मैले भनेको भएन भत्रे सोच्नुपर्ने केही कुरा छैन । ईश्वर छ भने अभिमान गर्ने क्षण आउन दिनु भएन । हामी अभिमान गर्ने को हो ? ईश्वर छैन भने आफ्नो कर्मप्रति आफैं जिम्मेवार नभए अर्को को होला त ?’

हो, हामीहरुमध्ये धेरैजसो न ईश्वरप्रति, न त कर्मप्रति नै इमान्दार छौं । हो, हामीहरुमध्ये धेरैजसो खालि बेइमानीको आश्रयस्थल बत्र पुगेका छौं । तर आजको अवस्थामा ईश्वरप्रति भक्तिभाव राख्दै आफ्नो कर्म उनैमा अर्पण गर्ने जे जति पनि व्यक्तिहरु छन्, तिनीहरु साधुवादका पात्र हुन्छन् । प्रकाशजी पनि यही कोटीमा पर्नुहुन्छ ।

पुस्तकका पृष्ठहरु पल्टिंँदै जान्छन् । हामी गाउँले जीवनमा हुर्केको केटो एक्कासी दिल्ली जस्तो महानगरीमा अध्ययन गर्नपुग्दा र त्यसपछि एकदिन त्यहाँको ‘अल इण्डिया रेडियो’ स्टेशनबाट नेपाली कार्यक्रम उद्घाटन भएको खबर सुन्दा उसको मनमा उर्लेको भावलाई स्वाभाविक र सरस रुपमा वर्णन गरिएको पाउछौंं । त्यसको दुई वर्षपछि आफूले त्यही कार्यालयमा सेवा करारमा हस्ताक्षर गरेपछिका चुनौतीपूर्ण, सङ्घर्षमयी एवं तनावपूर्ण अवधि र त्यसको सँगसँगै अध्ययन र जागीरे जीवनका बीचको चापको बडो मार्मिक वर्णन पनि पाइन्छ । २० वर्ष ननाघेको युवक जीवनका कठिन परीक्षाहरुबाट प्रशंसाजनक रुपले उत्तीर्ण हुँदै गइरहेको हामी देख्दछौंं ।

राजा महेन्द्रले रचेको २०१७ साल पुस १ गतेको ‘कू’ पछिको अवधिमा नेपाल–भारत सम्बन्धहरुमा आएको ओराली–उकालीको साथसाथै सन् १९६० को दशकको छोटकरीमै भए पनि विश्व घटनाक्रमको राम्रो जानकारी पाइन्छ, पुस्तकबाट ।

एक पत्रकारको जीवनमा आउने भावुकता र आवेगका क्षणको सजीव वर्णनका साथै स्वाभाविक रुपले हिम्मत प्रदर्शनको पनि राम्रो चित्र प्रस्तुत गर्न लेखक सफल भएका छन् ।

राजा महेन्द्रको भारत भ्रमणकालमा नेपालका राजपरिवारको सन्दर्भमा प्रयोग हुने शब्द र व्याकरण शैलीबारे रेडियो स्टेशनको टाक्क–टुक्क नेपाली बोल्ने भारतीय हाकिमको आपत्तिबाट समाचार एकांशमा आइपरेका तनावको वर्णन पनि रोचकको साथै हाँसो उठ्दो पनि छ ।

त्यसपछि राजा वीरेन्द्रकोे शासनकालमा सन् १९८८ को वर्ष भारत सरकारले नेपालविरुद्ध लगाएको नाकाबन्दीको सन्दर्भमा लेखक सूक्ष्म देशभक्तिको भावमा लेख्दछन्– ‘त्यतिबेला हामी सबैको मन विदेशी भूमिमा काम गर्दा अनुभव हुने विवशताबाट खित्र पनि हुन्थ्यो ।’

राजा वीरेन्द्रको एकतन्त्री पञ्चायती शासनको समर्थक त कुनै पनि प्रजातन्त्रवादी हुन सक्दैनथ्यो, तर देश र जनतामाथि नै सङ्कट आउँदा एक देशभक्तको भाव सहज रुपमा निःसृत नभइरहन कहाँ सक्छ र ! त्यस कालखण्डबारे लेखकको मनमा उठेका विचारहरु पनि पुस्तकमा बडो रोचक ढङ्गले वर्णन गरिएका छन् ।
आफ्नो कार्यकालको अनुभव बाँड्दै जाँदा लेखक हामीलाई भारतीय इतिहासको पनि परिचय गराउँदछन् । यस सन्दर्भमा दिल्लीका ऐतिहासिक, राजनीतिक र सांस्कृतिक जीवनका झाँकीहरु मनोरञ्जक छन् ।

दिल्लीको जाडो त कुख्यात नै छ । सर्दीमा त्यहाँ घाममा बस्दा पनि दोलाईं वा उनी ओढ्ने ओढ्नुपर्छ । त्यस्तो कडा सिरेटो चल्छ । झन् बिहानीपखको जाडोमा अफिसका लागि हिँड्नु पर्दा लेखकले भोगेको पीडा मैले पनि आफू दिल्लीमा काम गर्दा भोगेको छु ।

‘अल इण्डिया रेडियो’ स्टेशनका नेपाली कर्मचारीहरुका साथै विदेशीहरुप्रति पनि भारतको गुप्तचर संस्थाको कडा निगरानी बारेमा पढ्दा जस्तोसुकै प्रजातन्त्रवादी देशले पनि राज्यभित्रको एउटा अङ्गको रुपमा गुप्तचर संस्थालाई बलियो भूमिका दिएको हुँदोरहेछ भत्रे थाहा पाइन्छ ।

पुस्तकको पृष्ठ पल्टाउँदै जाँदा लेखकले भारतका प्रसिद्ध तीर्थ एवम् धार्मिक स्थलहरुको वर्णन रोचक र शिक्षाप्रद तवरले गर्नमा देखाएका कौशलको प्रशंसा नगरी रहन सकित्र ।

दिल्लीमा एउटा साहित्यिक सत्संगबारे चर्चा गर्दा भानुभक्त आचार्यको पाँचौं पुस्ताका एकजना सन्तानसँग भेट भएकोमा लेखकले व्यक्त गरेको खुशीयालीमा म आफू पनि सहभागी भएको लाग्यो ।

विदेशी भएर भारतीय सरकारी संस्थामा, त्यसमाथि पनि सूचना–समाचार प्रसारण गर्ने एउटा सम्वेदनशील संस्थामा काम गर्दाको तीतो र मीठो अनुभव पनि घत्लाग्दो छ । धेरैजसो सम्बन्ध व्यक्ति विशेषको मनोभावमा भरपर्ने कुरा सरासर ठीक हो । धेरैजसो घटनामा मानिसहरु आफ्नै रुचि–बेरुचिको रंग पोतेर परिस्थितिलाई जटिल बनाउने गर्दछन् । लेखकलाई पनि त्यस्तै अनुभव भएको रहेछ ।

आफ्ना सहकर्मीहरुसँगको कुराकानीमा समावेशी समाज र धर्मनिरपेक्षताबारे पनि रोचक प्रसङ्ग पाइन्छ । प्रकाशजी लेख्नुहुन्छ– ‘दिल्ली वास्तवमा सामाजिक सद्भाव राख्ने भूमि हो । त्यसैले त्यहाँ जाने अधिकांश मानिसहरु त्यहीँका हुन्छन् ।’ शताब्दियौंदेखि यस्तै सद्भाव राख्दै आएको हाम्रो राजधानी काठमाडांैलाई कतै कुनै तत्वले अर्कै विपरित दिशामा लैजान त तम्सेका होइनन् ? प्रकाशजीको उपर्युक्त हरफ पढ्दा ममा त्यस्तो भाव र प्रश्न उठ्यो । बहुसङ्ख्यकको तथाकथित तानाशाहीको विरोधको नाममा कतै अल्पसङ्ख्यकको अराजकता र दण्डविहीनताको राँको हाम्रो सुन्दर, शान्त र विशाल देश नेपालका विभित्र भागमा दन्किने त होइन भत्रे आशङ्का पनि अनायाश रुपमा उठ्दछ ।

पृष्ठहरु अझ अगाडि पल्टाउँदै जाँदा हामी लेखकलाई भारतका चार–चार प्रधानमन्त्रीहरुको मृत्युले आघात् पारेको पाउँदछौं । यसमा कसैको हत्या समानको घटनाबाट त कसैको ठाडै हत्याबाट मृत्यु भएको थियो । पं. जवाहरलाल नेहरुको मृत्यु आफूले मित्र ठानेको देश, त्यसलाई मुक्ति युद्धको कालखण्डमा आफूले अनेक प्रकारको सहयोग र त्यो स्वाधीन भएपछि आफूले आफ्नो सरकारको तर्फबाट अन्तर्राष्ट्रिय स्तरमा ठूल्ठूला कुटनीतिक सहयोग दिएको देश चीनका शासकहरुले नै सन् १९६२ मा चलाएका आक्रामक युद्धको मनोवैज्ञानिक आघात्ले गर्दा भएको थियो भने लालबहादुर शास्त्रीको मृत्यु छिमेकी देश पाकिस्तानका फौजी शासकहरुको आक्रमणकारी युद्धले देशमाथि पारेको तनावका कारण भएको थियो । इन्दिरा गान्धी र राजीव गान्धीको त अकल्पनीय बर्बरतापूर्ण हत्या भयो ।

पं. नेहरुको आकस्मिक मृत्युबाट छाएको कहाल्ल्ािंदो वातावरणमा पनि आफ्नो कर्तव्यप्रति आएको तत्परता र आफ्ना अग्रज गणेश राणाको हौसलापूर्ण प्रेरणाको सन्दर्भमा लेखक लेख्दछन्– ‘महापुरुषहरुको देहावसानमा प्रकृतिले पनि असामान्य रुपको फूर्ति र जांगर देखाउन मद्दत गर्दोरहेछ ।’ कस्तो मार्मिक शब्द !

आफू काम गर्ने ठाउँमा भएको कर्मचारी आन्दोलनप्रति सहानुभूति रहँदा–रहँदै पनि त्यसमा भाग लिन नसक्ने विवशताबाट लेखक विक्षुब्ध हुन्छन् । ‘यस्तो स्थिति आई पर्दा चुनौतीको सामना साहसका साथ गर्न सकिन्छ भत्रे भाव लिएर आफ्नो दायित्व निर्वाह गरेँ’ भत्रे वाक्यले हिम्मतलाई दर्शाउँदछ ।

आफू सेवानिवृत्त हुँदा शुभकामनाका शब्दहरु पनि मर्मस्पर्शी छन् । त्यसलाई लेखकले सह्रानीय ढङ्गले कृतज्ञतापूर्वक उल्लेख गरेका छन् ।

भारतीय स्वाधीनता सङ्ग्रामको प्रसङ्गमा नेपाली मूलका भारतीय सैनिक जवानहरु तथा आन्दोलनकारीहरुको समुचित तवरमा उल्लेख नगरिएको बारेमा ‘स्वाधीनता आन्दोलनमा सहभागी रहेका भारतीय नेपालीहरु, छात्रहरुको रुपमा भारतमा बसी अध्ययन गरिरहेका नेपालीहरुको योगदानको सम्बन्धमा कतै उल्लेख पाइत्र’ भन्दै लेखक ठूलो गुनासो व्यक्त गर्दछन् । उदाहरणका रुपमा विश्वेश्वरप्रसाद कोइराला, मातृकाप्रसाद कोइराला, डा. डिल्लीरमण रेग्मी, मनमोहन अधिकारी आदिको नाउँ उल्लेख नहुनु दुःखदायी कुरो हो ।

यसै सिलसिलामा ‘वीर जातिको अमर कहानी’ नामक पुस्तकले नेपालीहरुको त्याग एवं वीरताबारे भारतीय समाजमा रहेको अल्पज्ञता भनुँ वा अज्ञानलाई हटाउने ध्येयले हिन्दी भाषामा त्यसको अनुवाद कार्यमा आफू संलग्न हुन पाउँदाको प्रसत्रताको वर्णन लेखकले भावपूर्ण ढङ्गले गरेका छन् । भारतको प्रतिष्ठित संस्था ‘साहित्य एकेडेमी’ बाट पुरस्कृत उक्त पुस्तकको हिन्दी अनुवाद पछि गएर ‘साहित्य एकेडेमी’ ले नै छापेको थियो । लेखक भन्दछन्– ‘अनुवादको क्रममा इतिहासका पाना कतिसम्म अपूर्ण र अधूरो हुन सक्तछ वा इतिहासकारहरु कसरी कुनै एक समुदायको योगदानप्रति कतिसम्म अनभिज्ञ हुन सक्दारहेछन् वा पूर्वाग्रहका कारण एउटा ऐतिहासिक तथ्यप्रति आँखा चिम्लन सक्दारहेछन् भत्रे कुराको पनि अनुभूति भयो ।’

पाना पल्टिँदै जान्छ । लेखक आधुनिक भारतको राजनीतिक इतिहासका महत्वपूर्ण कालखण्डको चित्तबुझ्दो तवरले विवेचना गर्दै जान्छन् ।

‘१९९० को दशक भारतको लागि उपलब्धिमूलक भएर पनि तनाव, हिंसा, रक्तपात र युुद्धको कारण दुःखदायी रह्यो’ भनेर टिप्पणी गरिसकेपछि लेखक सन् १९४७ मा शुरु भएको नेहरु युगले देशमा विज्ञान र टेक्नोलोजीको जग बसालेको, देशलाई बलियो आधारमा अडाउन ठूल्ठूला औद्योगिक कारखानाहरु, वैज्ञानिक प्रयोगशाला, सिँचाइ परियोजना र बाँधहरुको निर्माण गरेको कुराको मुक्तकण्ठले प्रशंसा गर्दछन् । यसै सिलसिलामा उनले अगाडि गरेका व्याख्या पनि बडो मनन्योग्य छ ।

पं. नेहरुको सन्दर्भमा म उहाँलाई नेपालको स्वाधीनताको दृढ पक्षपाती ठान्दछु । भारतमा स्वतन्त्रता सङ्ग्रामको विजयपछि उर्लेको राष्ट्रिय एकीकरणको अभियानका स्रष्टाका रुपमा रहेका उप–प्रधानमन्त्री तथा गृहमन्त्री लौहपुरुष सरदार बल्लभ भाई पटेलको कठोर दृष्टि नेपालप्रति पनि केन्द्रित रहेको सर्वविदितै छ । तिब्बतमाथि चीनका नयाँ कम्युनिष्ट शासकहरुको वर्चस्व स्थापित भइसकेको थियो । यस पृष्ठभूमिमा कमजोर नेपालको कारणबाट भारतकै सुरक्षा तथाकथित रुपले खतरामा परेको आवाज सञ्चार माध्यममा तथा अर्धसरकारी स्तरमा चर्कोसँग गुञ्जिरहेको बेला प्रधानमन्त्री नेहरुकै योगदानबाट नेपालको सार्वभौमसत्ता र स्वाधीनताको रक्षा हुनसकेको थियो ।

पुस्तकमा इन्दिरा गान्धीको शासनको आपत्कालीन कालखण्डको सूक्ष्म आलोचना भएको पाइन्छ । उहाँको व्यक्तित्व र कृतित्वका बारेमा भारतमा निकै सङ्ख्यामा पुस्तकहरु प्रकाशित भएका छन् । बाहिरी तवरले कठोर शासक देखिने, तर आन्तरिक रुपमा प्रबल प्रजातन्त्रवादी एवं सम्वेदनशील व्यक्तित्व रहेकी यी महान् राजनीतिज्ञका बारेमा प्रकाशजीले आफ्नो परिपक्व पत्रकारको कलमबाट समुचित मूल्याङ्कन गर्नुभएको भए पुस्तकरुपी सुनमा सुगन्ध थपिन्थ्यो । मेरो निजी विचारमा इन्दिरा गान्धी समग्र रुपमा नेपालको विशिष्टताका प्रशंसक हुनुहुन्थ्यो । उहाँ त राजा महेन्द्र तथा राजा वीरेन्द्रका निजी स्वार्थप्रेरित भारत–विरोधको राजनीतिलाई पनि ‘उनीहरुको आन्तरिक राजनीतिक बाध्यता’ भनेर सहन गर्नुहुन्थ्यो भत्रे मैले पढेको हुँ ।

इन्दिरा गान्धीको प्रसङ्ग चल्दा म नेपालका दुई शीर्ष नेताहरुप्रति उहाँको व्यवहारबारेमा छोटकरी चर्चा गर्नु उपयुक्त ठान्दछु । नेपालको प्रजातान्त्रिक आन्दोलनका जनक टङ्कप्रसाद आचार्य परम देशभक्तको नाताले राष्ट्रहितमा भारतसँग मैत्रीपूर्ण सम्बन्धका पक्षपाती हुनुहुन्थ्यो । यसै ध्येयलाई अघि बढाउँदै उहाँले २००७ सालको क्रान्तिका उपलब्धिहरुको रक्षा गर्ने हेतुले पनि ०८ सालमा नेपाल कम्युनिष्ट पार्टीसित संयुक्त मोर्चा बनाउनुभयो । आचार्यको यस अवधारणालाई भारतीय सञ्चार माध्यममा चीनपक्षीय एवं भारत–विरोधी भनेर खुबै बदनाम पनि गर्ने गरियोे । तर भारतकी सर्वेसर्वा प्रधानमन्त्री इन्दिरा गान्धी आचार्यको महत्व र उपयोगिता जात्रुहुन्थ्यो । हिजोसम्मको बैरी देशसरहको चीनसँग सम्बन्ध सामान्य गर्नु अन्ततः भारतको आफ्नै हितसित जोडिएको ठानेर उहाँले आफ्ना विश्वासपात्र, नेपालका लागि भारतीय राजदूत राजबहादुरमार्फत् टङ्कप्रसाद आचार्यसँग सम्पर्क राख्नुभयो, र उहाँलाई भारत तथा चीनका बीच सम्बन्ध सामान्य बनाउनमा उहाँको सद्भावको अपेक्षा गर्दै चीनियाँ प्रधानमन्त्री चाउ एन लाईलाई पत्र लेख्न अनुरोध गर्नुभयो । आचार्यले पनि श्रीमती इन्दिरा गान्धीका त्यस भावनाको कदर गर्दै चाउ एन लाईलाई त्यस विषयका सम्बन्धमा सन् १९६६ मा पत्र लेख्नुभएको थियो । यस घटनाबाट आचार्य तथा श्रीमती गान्धी दुबै कुनै पूर्वाग्रह नराख्ने दूरदर्शी राजनीतिज्ञका रुपमा देखिनु हुन्छ ।

भारतकै शिक्षा एवं संस्कृतिबाट हुर्केर भारतमै बसेर राजनीति थाल्नुभएका विश्वेश्वरप्रसाद कोइरालासँग भने उहाँ भारतमा निर्वासित राजनीतिक जीवन बिताउँदा पनि श्रीमती इन्दिरा गान्धी उहाँप्रति कठोर रहनुभयो । कोइरालाको इन्दिरा–विरोधी रवैया समाजवादी नेता जयप्रकाश नारायणसँग सामिप्यताको कारण भएको हुन सक्दछ । तर श्रीमती गान्धीको विश्वासपात्र बत्र न त कोइरालाले जयप्रकाश नारायणसँगको मित्रता त्याग्नुभयो, न राजा वीरेन्द्रको शासनकालमा श्रीमती गान्धीको मध्यस्थताबाट नेपालका प्रधानमन्त्री बत्र मात्रुभयो । विदेशी दबावमा नबसेर बरु ठूलो खतरा भोग्नु नै परे पनि ‘राष्ट्रिय मेलमिलाप’ को नारा लिएर स्वदेश फर्केर जाने ठूलो आँट देखाउनु भयो ।

भारतका एक खारिएका कम्युनिष्ट नेता भएर पनि मोहित सेनले आफ्नो आत्मकथामा इन्दिरा गान्धीको शासनको विभित्र कालखण्ड, खासगरी बङ्गलादेश मुक्ति सङ्ग्रामको समयको मार्मिक वर्णन गर्नुभएको सन्दर्भले गर्दा पनि मैले इन्दिरा गान्धीबारे यी विचार राखेको हुँ ।

सोनिया गान्धीले प्रधानमन्त्रीत्वको पद लिन नमानेर गरेको त्यागलाई लेखकले ‘भारतको राजनीतिक इतिहासमा एक महत्वपूर्ण अध्याय’ भनेर प्रशंंसा गरेका छन् ।

एउटा नेपालीको कलमबाट भारतको विविधतापूर्ण राजनीतिक, धार्मिक तथा सांस्कृतिक इतिहासलाई सङ्क्षिप्त रुपमा तर सहृदयतापूर्वक वर्णन भएको यो पुस्तकलाई म बडो सामयिक र उपयोगी ठान्दछु । यस सिलसिलामा प्रकाशजीलाई यो पुस्तक लेख्न प्रोत्साहन दिने उहाँका मित्रहरु (सर्वश्री अशोक सिलवाल एवम् कुमार रञ्जित)पनि धन्यवादका भागी छन् ।

पुस्तकबाट प्रकाशजीले आज्ञाकारी पुत्र, आफ्ना शिक्षक एवम् अभिभावकहरुप्रति कृतकृत्य पात्र, योग्य पति, मायालु पिता एवम् जिम्मेदार दाजुको भूमिका यथेष्ठ रुपमा निर्वाह गरेको स्वतः अनुभव गरिन्छ ।

अनि महत्वको दृष्टिबाट त अन्तिम होइन, तर क्रमको हिसाबबाट अन्तिम प्रसङ्ग– यस पुस्तकमा उल्लेख भएका नामहरु सर्वश्री हरिप्रसाद शर्मा, डा. प्रो. ईश्वर बराल, गणेश नर्सिंह राणा, कर्ण सिंह क्षेत्री, शङ्कर लाल मस्करा, शिवप्रसाद उपाध्याय, रामराजा प्रसाद सिंह, डा. किरण दीक्षित मिश्र आदि र त्यसपछि कम्युनिष्ट नेताद्वय तुलसीलाल अमात्य र पुष्पलाल श्रेष्ठबारे आफ्नै दुईचार कुरा भनुँ ।

हरिप्रसाद शर्मा तथा गणेश राणा तिनताका दिल्लीको नेपाली समाजमा प्रतिष्ठित नाम थिए । दुबैजना सौम्य स्वभावका र विनोदप्रिय । हरिदाई प्रकाशजीका पुज्य काकाका साथै अभिभावक हुनुहुन्थ्यो । उहाँकै शान्त अनुशासनमा प्रकाशजीले दिल्ली महानगरीमा अध्ययन र कर्मक्षेत्रमा पाइला टेक्दै पछि ती दुबै क्षेत्रमा आफ्नै व्यक्तित्वको छाप पार्नुभयो । उहाँको साहित्य सेवा पनि यसैको अनुक्रम थियो । प्रकाशजीका अङ्कल र मेरा अभित्र मित्र गणेश राणा अल इण्डिया रेडियोको नेपाली यूनिटमा उहाँका ‘फ्रेन्ड, फिलोसफर र गाइड’ हुनुहुन्थ्यो भन्दा अत्युक्ति नहोला ।

डा. ईश्वर बराल काठमाडौंमा २००८–०९ सालतिर मैले देख्दा बडो रुखो र कदाचित अहम्वादी व्यक्ति लाग्नुहुन्थ्यो । दिल्लीको प्रतिष्ठित सप्रु हाउसका प्रो. बराल ऊर्दू शायरीका प्रेमी, नेपाली साहित्यका प्रख्यात समालोचक, प्रखर वाक्य रचनाकार त हुनुहुन्थ्यो नै । यसका साथै उहाँको परिवार, हरि दाई, गणेश राणा, शिवप्रसाद उपाध्याय एवम् मेरा परिवार दिल्लीमा छँदा बडो मिलेर बसेका थियौंं ।

राजा महेन्द्र र प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाबीच राजनीतिक मनोमालिन्यताबाट उब्जेका हल्लाहरु दिल्लीमा पनि अनिष्टकारी रुपमै सुनिन्थे । आफ्नो मुलुकमा भर्खरै–भर्खरै कायम भएको प्रजातान्त्रिक संसदीय परिपाटी नै लथालिङ्ग हुने आशङ्काको वातावरणमा डा. बराल र मैले उहाँको सप्रु हाउसस्थित कार्यकक्षमा आउने नेपाली पत्र–पत्रिकाहरुको विश्लेषणमाथि विश्लेषण गर्दै धेरै चिन्ताग्रस्त घडीहरु बिताएका थियौंं ।

बडो सरल स्वभावका शिवप्रसाद उपाध्याय त मेरो आफ्नेै सहकर्मी हुनुहुन्थ्यो । कर्ण सिंह क्षेत्रीकी बहिनी काम गर्ने ठाउँमा म नियुक्त भएको थाहा पाउँदा पनि उहाँले मसँग सधैं मित्रवत् व्यवहार राख्नुभयो । प्रकाशजीका कार्यालय प्रमुख शङ्कर लाल मस्करा र गणेश राणाबीच बेलाबेलामा हुने ठाक–ठुकले बिचरा प्रकाशलाई अप्ठ्यारोमा पार्दथ्यो ।

तथापि मस्कराजीको हामी सबैजनासँग पारिवारिक सरह सम्बन्ध थियो । उहाँ मदतकारी व्यक्ति हुनुहुन्थ्यो । परिवार त भएका, तर दिल्लीमा परिवारजन नभएका एक्लो व्यक्तिलाई घर–डेरा पाउन गाह्रो पर्दा मलाई मस्कराजीले नै राजोरी गार्डेनमा डेरा दिलाई दिनुभएको थियो ।

डा. किरण दीक्षित मिश्रसँग मेरो पनि चिनजान भएको थियो । उहाँ दिल्लीमा बसेर विद्यावारिधी गरिरहनु हुँदा मैले उहाँलाई ‘सोभियत भूमि’ पत्रिकाका लागि आउने नेपाली पत्रहरुको अङ्ग्रेजीमा अनुवाद गर्ने अस्थायी काम महिनाको ५० रुपियाँ पारिश्रमिकमा व्यवस्था गराउँदा उहाँ प्रसत्र हुनुभएको म आज पनि सम्झिन्छु । त्यतिबेला ५० रुपियाँ भनेको ठूलो रकम हुन्थ्यो । उहाँबाट प्रकाशजीले एकदिन ‘माइला दाई’को नाउँले परिवार र पार्टीभित्र प्रख्यात् रहनुभएका नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठबारे सुत्रुभएका कुराको पुस्तकमा चर्चा भइसकेको छ । एकदिन आफ्नो कार्यकक्षमा अर्का प्रख्यात कम्युनिष्ट नेता तुलसीलाल अमात्य गोप्य भेषभूषामा गणेश राणालाई भेट्न आउनुभएको पनि वर्णन छ ।

यस्तो दयनीय राजनीतिक शरणार्थी जीवन बिताउन उहाँहरु एउटा ठूलै अंशमा आफ्नो भूलले गर्दा बाध्य हुनुभएको मलाई लाग्दछ । कुरा के भने, नेपालको अविभाजित कम्युनिष्ट आन्दोलनका यी दुबै प्रतिष्ठित नेता र अन्यहरुको पनि नेपाली कांग्रेसप्रति अन्धविरोध तथा जड्सूत्रवादी सिद्धान्तहरुप्रतिको मोहले गर्दा र अर्कोतिर नेपाली कांग्रेसकै अन्ध कम्युनिष्ट विरोधले गर्दा राजा महेन्द्र प्रजातान्त्रिक संसदीय व्यवस्थाको उन्मूलन गरी एकतन्त्री पञ्चायती अँध्यारो युग ल्याउन सफल भएका थिए ।

२०२८ सालको स्नातक निर्वाचन क्षेत्रका चुनावताका मैले स्नातक उम्मेदवार अधिवक्ता कृष्णप्रसाद भण्डारीका प्रमुख चुनाव प्रवन्धक भएर कार्य गर्दा अर्का उम्मेदवार अधिवक्ता रामराजा प्रसाद सिंहसँग नजिकबाट चिनापर्ची भएको थियो । उहाँको भद्र व्यवहार, सौम्य बोलीचाली, स्पष्ट अडान र मिलनसार व्यक्तित्वबाट म प्रभावित भएको थिएँ ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button