संसारकै सबभन्दा लामो केबुलकार नेपालमा बन्दै, ‘क्राउड फन्डिङ’मा जोड

एउटा स्वप्निल र सुन्दर समाचार ।

विश्वमा नेपालले अर्को नयाँ रेकर्ड स्थापना गर्दैछ अर्थात संसारकै लामो केबलकार नेपालमा । ‘अर्को बर्षदेखि यो केबुलकारको निर्माण सुरु हुनेछ’, योजनाका सुत्रधार तथा मुक्तिनाथ दर्शन प्रालिका अध्यक्ष अरुणकुमार सुवेदीले बताए ।

२०७५ भाद्र २७ मा मुक्तिनाथ दर्शन प्रालि र लगानी बोर्डबीच केबुलकार निर्माण गर्ने सहमतिमा हस्ताक्षर भएको थियो । सहमतिमा अध्यक्ष सुवेदी र लगानी बोर्डका तत्कालीन सीईओ महाप्रसाद अधिकारीले हस्ताक्षर गरेका थिए ।

कम्पनीले समझदारी भएको मितिदेखि १८ महिनाभित्रमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लगानी बोर्ड समक्ष पेस गर्नुपर्ने उल्लेख गरिएको थियो । रोपवेको अध्ययन गर्ने जिम्मा इटालियन कम्पनी रोप्स जीएमबीएसले पाएको थियो भने सर्बेको जिम्मा अस्ट्रेलियन कम्पनी एएएमले ।

‘कम्पनीले लाइडर सर्बेका लागि जहाज काठमाडौँ झिकाएको हो’, उनले सुनाए, ‘यो एएम ग्रुपको जहाज हो । लाइडर सर्बे संसारमै उत्कृष्ट सर्बे मानिन्छ । कम्पनीले झन्डै ७ करोड खर्च गरेर पहिलो पटक नेपालमा यो खालको प्रविधिबाट सर्बे गरेको हो ।’

कम्पनीले मुक्तिनाथसम्म ८० किलोमिटर लामो केबुलकार निर्माण गर्नेछ । वीरेठाँटी, घोरेपानीदेखि तातोपानी, तातोपानीदेखि लेतेमार्फा ट्रान्जिटदेखि जोमसोम, जोमसोमदेखि कागवेनी र कागवेनीदेखि मुक्तिनाथ खण्डमा विभाजित हुनेछ । केबुलकारमा २५ वटा स्टेसन रहने र स्टेसनहरुमा झरेर त्यहीँ बासबसी अर्को दिन यात्रा सुरु गर्न सकिनेछ । कम्पनीले हरेक स्टेसनमा होटेल, लज तथा रेस्टुरेन्ट बनाउने योजना लिएको उनले बताए ।

डीपीआरले १ डलर बराबर १ सय १८ रुपैयाँको आधारमा केबुलकार पूर्वाधार बनाउन ५३ अर्ब रुपैयाँ लाग्ने देखाएको उनले बताए । ‘डलर तलमाथि भए लागतमा केही तलमाथि हुनेछ’, उनले थपे, ‘यसअघिको सम्भाव्यता अध्ययनअनुसार केबुलकार संरचना बनाउन ३५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो ।’ डीपीआरमा लामो र ठूलो केबुलकार भएकाले १३ मेगावाट बिजुली खपत हुने केबुलकार सञ्चालनका लागि १३ मेगावाट विद्युत् खपत हुने डीपीआरमा उल्लेख छ ।’ डीपीआर स्वीकृत भएपछि आयोजना विकास सम्झौता (पीडीए) हुनेछ,’ अध्यक्ष सुवेदीले भने, त्यसपछि वित्तीय व्यवस्थापनदेखि ठेक्का लगाउने प्रक्रियासमेत सुरु हुनेछ ।’

‘वित्तीय उपकरण व्यवस्थापनअन्तर्गत वैदेशिक कर्जा र आन्तरिक कर्जा प्रयोग हुनेछ’, उनले भने, ‘८० प्रतिशत कर्जा र २० प्रतिशत इक्विटीमार्फत लगानी जुटाइनेछ । २० प्रतिशत इक्विटीअन्तर्गत नै प्रमोटर र आईपीओ रहनेछ ।’ लगानीका लागि नेपाली तथा विदेशी बैङ्कहरूसँग पनि कुरा भइरहेको उनले जानकारी दिए ।

‘केबुलकारको पूर्वाधार बनाउन कम्पनीले ‘क्राउड फन्डिङ’ मोडालिटीमामा जोड दिनेछ’, अन्तिममा उनले भने ।

केबुलकार १ हजारदेखि ३ हजार ७ सय मिटरको उचाइसम्म पुग्नेछ ।

नेपालनाम्चा ठोस योजनासहित अगाडि बढिसकेको यो विशेष परिकल्पनाको सफलताको कामना गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button