
नेताहरुको लागि आजको दिन उत्तम
ब्राह्मणपुत्रको लकडाउन डायरी–८३
आज ६ साउन २०७८ । बुधबार, असार शुक्लपक्ष, द्वादशी तिथि ।
सरकारले मुस्लिम धर्मअनुयायीहरुको चाड बकर इदको अवसरमा सार्वजनिक विदा दिएको छ ।
आजको दिन आर्थिक कारोबारका लागि शुभ दिन हो । दिने लिने कामका लागि बुधबार राम्रो मानिन्छ । यदि तपाई बैक, वित्तिय संंस्थाबाट ब्यापार ब्यवसाय र कुनै शुभ कामको लागि ऋण लिदै हुनुहुन्छ भने आजको दिन उत्तम छ । चल–अचल सम्पत्तिको कारोबार नगर्दा राम्रो ।
बुधको दिशा उत्तर हो । यदि यात्रा गर्नु छ भने उत्तर दिशातर्फको यात्रा गर्न सक्नुहुनेछ । तर, आजको दिन यात्राका लागि त्यति शुभ दिन मानिदैन । यदि जानु नैं पर्ने छ भने घरबाट बाहिर निस्कदा सूर्यदेवलाई स्मरण गरेर निस्कनु होला ।
आजको देवता हुन् ब्रम्हा । ब्रह्मालाई सम्झेर ‘म यो काम गर्दैछु, कुनै विग्नबाधा नहोस्’ भनेर कामना गर्दा राम्रो हुन्छ । ग्रहदेव हुन् मंगल । आजको दिन कुनै शान्तिदायक कामका लागि योग जुरेको छ ।
नेताहरुको लागि आजको दिन उत्तम छ । आज कुनै दुईपक्ष वार्तामा बस्दा सोचेभन्दा राम्रो प्रगति हुनसक्छ । तर, नेपालका नेताहरु वार्ता गर्नका लागि औशीको दिन शुरु गर्छन्, यिनीहरुको काम कहिले सफल हुने ? र, यिनीहरुमा सद्बुद्वि पनि कहिले आउने ?
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)