आज पहिलो साउने शनिबार

ब्राह्मणपुत्रको लकडाउन डायरी– ७९

२ साउन २०७८ ।

शनिवारको दिन । छुट्टीको दिन ।

आज महिनाले साउन लागे पनि आषाढशुक्ल पक्ष अष्ठमी तिथि, साँझबाट नवमी पनि छोएको छ ।

सनातनशास्त्रमा अष्ठमीको दिन अध्ययन, अध्यापन गरिदैंन । वेद, नीतिशास्त्रका अध्ययनका लागि अष्टमी तिथि बर्जित छ । तर, आधुनिक शिक्षा अध्ययन, अध्यापनमा कुनै बाधा छैन । नियम र अनुशासनको परिधीभित्र रहेर अध्ययन गरिने वेदादी शास्त्रको अध्ययन तालिका फरक छ ।

बिहान ब्रम्हमुहूर्तको समयमा उठेदेखि रात्रीको विश्राम समयसम्म वेद पाठशालामा अध्ययन गर्ने विद्यार्थीको नियम हुन्छ । तर, अष्ठमी तिथि परेको दिन छुट्टी हुन्छ । शनिवार अष्ठमी परेको भएर आज त वेदपाठी छात्रहरुको पनि छुट्टीको दिन ।

पञ्चाङ्गमा भनिएको छ, आज अष्टमीको व्रत लिनेहरुका लागि व्रत बस्ने दिन पनि हो । सनातनीहरुमा अष्ठमी व्रत निकै प्रचलित छ । अष्टमीको दिन गोरखकालीपूजा पनि हुन्छ । तान्त्रिक विधिअनुसार अष्टमीको दिनमा बली दिने प्रथा पनि छ ।

शनिवारको देवता हुन् मित्र, ग्रह देव हुन् बुध । चन्द्रमा कन्या राशिमा छ । बिहान ८ः४५ देखि १०ः२८ सम्म राहु काल रहेकोले यो समयमा शुभ काम नगर्नु राम्रो हुन्छ । मध्यान्हकालमा अभिजित मुहूर्त भएकाले शुभ छ । शनिवार यात्रा गर्दा पूर्वदिशातर्फ फर्केर गर्नु पर्दछ ।

शनिबार शनिदेवको साधना गर्दा राम्रो हुन्छ । शनिवारको दिन आफूभन्दा ठूला र सानालाई जुत्ता-चप्पल दिने लिने गर्दा शुभ फल प्राप्त हुन्छ । बिहानको समयमा पिपलको रुखमा छेउमा पुगेर परिक्रमा गर्दा धेरै राम्रो हुन्छ । शनिवार मौन रहने र आराम गर्ने दिन पनि हो ।

शनि ग्रहको चाल निकै ढिलो हुने ग्रह भएकाले पनि शनिवारको दिन गरेका काम सम्पन्न हुन ढिलो हुने मान्यता छ ।

शनिवार के गर्ने के नगर्ने ?

१) शुभ कार्यका लागि शनिवारको दिन उपयुक्त मानिँदैन ।
२) जमिन, धनको विषयमा शनिबारका दिन मित्र र आफन्तसँग झगडा नगर्नु ।
३) शनिवारको दिन सम्मान ठाउँमा पाहुना लाग्न नजानु राम्रो मानिन्छ ।
४) फूल तथा बोटविरुवाको सिंचन र गोडमेल गर्दा शरीरमा उर्जा प्राप्त हुन्छ ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button