
भ्यूटावरबाट तीन ‘भ्यू’
कविताः भ्यूटावर
प्रेमलकुमार खनाल
अहिले ठाउँ ठाउँमा भ्युटावर बनेका छन्
तीमध्ये सबैभन्दा अग्लो भ्युटावरको
दशौं तलाको बार्दलीमा पुगेर
सिंगो शहरलाई मैले नजर लगाउन पाएँ
त्यहाँबाट त के के देखिँदोरहेछ, रहेछ !
पहिलो दृश्य,
तल सडकमा एक हुल मानिस
हतार हतार संगठनको व्यानरमा
नारावाजी गर्दै हिडेको देखेँ
चर्को महंगीको विरोधमा निकालेको जुलुस होला भनेर
भित्रभित्रैै गम्न थालेँ
तर होइन रहेछ
त्यो हुल त राजनीतिक नियुक्तिका लागि
संगठित तवरमा
संगठनको व्यानर लिएर हिँडेको हुल पो रहेछ ।
दोश्रो दृश्य
उता पल्लो शहरको टोलमा
झुरुप्पै मानिसहरु जुलुसमा
नारावाजी गर्दै गरेको चर्को आवाज सुनेँ
सायद कोरोना महामारीमा
सचेतना अभियानमा हिँडेका
अभियन्ताहरु होलान् भनी ठानेको त
तर त्यो जुलुसमा त
नेताको गुणगाण गाउँदै
आइएम वीथ यु नारावाजी पो गर्दै रहेछन् ।
तस्रो दृश्य
तल टारी खेतमा
लहलह पाकेको धानबालीमा
एक हुल मानिस जादै गरेको देखियो
सायद उनीहरू काम गर्ने ज्यामीहरु होला भनी ठानेको त
तर, उनीहरू त पल्लो शहरबाट
अन्नवाली लिन आएका विचौलिया पो रहेछन् ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)