
थापाथलीका सुकुम्बासीलाई सुगम इचङ्गुनारायण टाढा भए, विकट रोल्पा–रुकुम पठाइदिनुस्

शकुन्तला देवकोटा
काठमाडौका सुकुम्बासीहरुको विषयमा केही लेख्न मन लाग्यो । सुकुम्बासी आयोगका पद्धाधिकारीहरुले दिनुभएको अन्तरवार्ता सुनेँ । काठमाडौको मुटु थापाथलीमै जाग्गा चाइयो रे । सुन्दा अचम्म लाग्छ, डा. बाबुराम भट्टराईको पालामा बनेको इचङ्गुनारायणको भवन टाढा भयो रे । स्कुल, हस्पिटल, रोजगारीको समस्या हुन्छ रे, कोठाको लम्बाइ–चौडाई साँघुरो भयो रे । हरे शिव के सुन्न परेको ।
यो आयोग के का लागि ? मिल्छ भने तुरुन्त खारेज गर्नुस्, मेयर बालेनजी ।
म यहि इचङ्गुनारायणमा बस्छु, जहाँ सुकुम्बासी बस्न भनेर बनाएको घर नजिकै पर्छ । हाल यो नागार्जुन नगरपालिका भएको छ । १ नम्बर वडा कार्यालय त्यही भवनमा रहेको छ, जहाँबाट नेपालकै चर्चित स्कुल सिर्द्धार्थ बनस्थली हिँडेर जादा बीस मिनेट्मा पुग्न सकिन्छ । मेरा दुई बच्चाले त्यहीँ पढे, जहाँ गाडीबाटोको प्रसस्त व्यवस्था छ । मेरा दुई बच्चा डिल्लीबजारमा रहेको ट्रिनिटी कलेज पढ्न जान्थे । मेरो श्रीमान ललितपुरको चापागाउँमा रहेको सरकारी विद्यालयमा विगत ३० बर्षदेखि पढाउनु हुन्छ, दैनिक घरबाटै आउजाउ गर्नु हुन्छ अनि सुकुम्बासीलाई यो ठाँउ टाढा हुने ?
यहाँबाट मनमोहन मेमोरियल हस्पिटल पनि नजिक छ । यहाँको जग्गाको मुल्य ५०–६० लाख रुपियाँ आना छ । रानीवनको हराभरा र चिसो हावा घरकै छतमा आउँछ । यस्तो स्वर्गजस्तो ठाँउलाई अनेक आरोप लागाएर यी नाम मात्रका सुकुम्बासीले के खोज्दै छन् ?
मेयर साव ! थापाथलीका ‘सुकुम्बासी’हरुलाई रुकुम रोल्पा पुराइदिनुस् अनि टुँडिखेल जत्रो कोठा बनाइदिनुस् ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)