फेसबुक र टिकटक हेरेर रातकाे २ बजाउने नीशाचर मान्छे पिशाच हुन्

बाबुराम पाैडेल

स्वास्थ्य सेवा वा मानव सेवामा रातीमा खटनुपर्ने स्वास्थ्य कर्मी, सुरक्षाकर्मी, रातीमै काम गर्नु पर्ने मजदुर,चाैकिदार लगायत प्राकृतिक रुपमा आहाराकाे खाेजिमा कृयाशील रहनु पर्ने नीशाचर जीवहरु रातैभर जागाे हुनै परे पनि तिनकाे शरीरमा नाेक्सानी पर्दैन । किनभने, शरीरले साेहि बमाेजिमकाे हार्माेन उत्पादन र मेटाबाेलिक माईक्राे म्यानेजमेन्ट गर्न थाल्छ !

तर बिनाकाम फगत मनाेरन्जन हेतु रातभर जागा रहने मान्छे लण्ठु हुन् । फेसबुक र टिकटक हेरेर रातीकाे २ बजाउने नीशाचर मान्छे पिशाच हुन् । याे गतिबिधिमा अभ्यस्त मान्छेले बिगार्ने शरीरकाे मेटाबाेलिक डिसअर्डरले यथा समयमा महंगाे मूल्य चुकाउनु पर्ने निश्चित नै छ।

बिरामी, बृद्ध, बालक, शारीरिक अभ्यासका कारण, उत्पादनमूलक परीश्रमले थाकेकाे बाहेक खाता पिता जिउँदाे जाग्दाे मान्छे बिहान उज्यालाे भए पछि पनि सुती रहन्छ भने त्याे जंगलमा ढलेर सढेकाे कूकाठकाे मुढाे हाे, काठमध्ये पनि खिर्राकाे दाउराे हाे । जीवनमा गरीखाने वाला त्याे हाेईन भन्ने जानी बुझि लिए हुन्छ । त्याे परीवार र आफन्तकाे बाेझ हाे । त्यसले आफ्नै, परीवार र समाज कालागि माखाे मार्दैन ।

ब्रह्ममुहूर्तमै चराहरु उठेर चिर्बिर गरिसक्छन्, गाेधुलीमै आहारकाे खाेजिमा निस्कन्छन्, चराचर जगत चलायमान हुन्छ । तर परिस्थीतिजन्य बाध्यताबाहेक सूर्याेदयपछि पनि मान्छे भन्ने प्राणी सुतीरहेकै हुन्छ भने त्यसलाई सूर्यदेवकाे श्राप नै पर्दछ भन्ने हिन्दू शास्त्रादिमा उल्लेख छ । अन्य धर्म संस्कारले पनि मान्छेलाई सकेसम्म ब्रह्ममूहुर्त वा सूर्याेदय अगाडि नै शयन कक्ष छाड्न सिकाएकाे छ ।

प्रश्न उठन सक्छ, काम छैन भने किन उठने ? झन् अहिलेकाे परिस्थितिमा !? काम छ, एकाबिहानै पैसा कमाउने काम !

कसरी भने, भबिष्यमा स्वास्थ्य उपचार कालागि अपब्यय गर्नु पर्ने पैसा जाेगाउने । अपब्यय जाेगाउनु पनि कमाउनु हाे । मतलब, २४ धण्टामा एक सेकेण्ड पनि नथाकीकन चलीरहने हाम्राे मुटु, फाेक्साे, मष्तिष्कका लागि आधा-एक घण्टा हल्का पसीना बगाउने, यथाेचित याेगा प्राणायाम गर्ने । शरीरका महत्वपूर्ण अंगहरु जुन ५ सेकेण्ड चल्न बन्द भए हाम्राे जीवन सकिन्छ, हाे तिनका लागि २४ घण्टामा अलकति समय दिने ! आफ्नै काया, शरीरप्रति न्याय गर्ने ।

अरु काम पनि छन् फालाफाल! तर काम आफै हुन्नन्, खाेज्ने हाे ! घर दैलाेमा काम आएर ‘म काम आएँ हजुर’ भन्दैन ! आफै खाेज्ने भनेकाे डुलेर खाेज्नै पर्छ भन्ने पनि हाेईन ।

फेसबुक, टिकटक चलाउन त ईन्टरनेट छ नि… हाे त्यही ईन्टरनेटबाट गुगल चाहार्ने, युट्यूब, गुगल किन डुल्ने भने त्यँहा ज्ञानकाे अथाह भण्डार छ, कामका अनगिन्ती प्रपाेजल छन्, तरीका छन्, माेटिभेशनल दिशानिर्देश छन्, लगानीका श्राेत पनि छन् । चाहीने कुरा कति छन् छन् । ज्ञान, विज्ञान, दर्शन, शास्त्र, साहित्यलगायत जीवन जिउने हज्जाराैं तरकीवहरु छन् । नचाहीने कुरा पनि छन् ! चाहीने लिने कि नचाहीने भन्ने निर्णय तपाईकै हाे ।

पहाड गाउँ घरतिर त कृषि कर्मादिका जति पनि काम निस्कन्छन् । परीवारलाई भर थेग गर्न सकिन्छ । याद गर्नुस्, त्याे बेला ईन्टरनेट नभएर वा फेसबुक टिकटक चलाउन नजानेर हाम्रा बाउ बाजे बाध्य भएर काममा जाेतिएका हाेईनन् । हाम्रा बाउ बाजेकाे पालामा हामी आत्मनिर्भर थियाैं ।

सुत्ने बेलामा सुत्ने, उठ्ने बेलामा उठी हाल्न अभ्यस्त हुने हाे ! यति मात्र गरे पनि ५०% राेग मुक्त भईन्छ । आहार र बिहारका तरीकाले बाँकी ५०% राेग लाग्दैन।मान्छे पूरा आयु राेग र शाेकमुक्त भएर जान्छ । अहिलेकाे दुनियामा हाम्रा कामकाे प्रकृतिका कारण आहार बिहार ब्यवस्थापन गर्न कठिन छ, र पनि मान्छेकाे ईच्छाशक्ति भए धेरै कुरा व्यवस्थापन गर्न पनि सकिन्छ ।

रुचि र ईच्छा तपाईं हाम्राे !
आफै अस्त व्यस्त हुने कि ?
चेत बदलेर सुखी,खुसी हुने !
कि फिटिक्कै नबदलिएर दु:ख बेसाउने ?

कल्याणम् भवतु !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button