जुनी जुनी सयौँ जुनी एकअर्कामै हराऊँ

प्रिती कौर

तिमीलाई भेटेपछि जीवन मिठो लाग्न थाल्यो
संसारको हर सम्बन्ध रित्तो लाग्न थाल्यो ।

जिन्दगीको यात्रामा सँगै कसम खाएपछि
सहज लाग्छ जिन्दगी तिम्रो साथ पाएपछि ।

यही मीठो भरोसामा हाम्रो प्रेम अडिरहोस्
हुरी बतास चले पनि सम्बन्ध यो बढिरहोस् ।

प्रेम गरे तिमीसँग सयौं जुनी काट्नलाई
जिन्दगीको लामो यात्रा तिमीसितै आँट्नलाई ।

आऊ हामी मिलेर प्रेमको संसार बसाऊँ
जुनी जुनी सयौँ जुनी एकअर्कामै हराऊँ ।

Advertise
Hike & Write


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button