मनोपरामर्श पेशा किन रोजेँ ?

सुमित्रा श्रेष्ठ

फुर्सदमा थिएँ । सबैका मनका साथी बन्ने चाहनाले समय समयमा मन बिथोल्ने गर्थ्यो । मनोपरामर्श सेवा गर्ने, अध्ययन गर्ने उत्कट अभिलाषा बढिरहयो । मनको इच्छा पूरा गर्न डिग्रीको कोर्समा पटक पटक सामेल भए पनि समय ब्यवस्थापन गर्न नसकेर छाडेँ । अन्त्यमा छ महिने कोर्स नै गरेर भए पनि मनको रहर पूरा गर्ने निर्णय गरेँ ।

जागिर छाडेर आफ्नो ट्युसन ब्यवसाय सुरु गरेको समयमा यो कोर्स पूरा गर्न फलामको च्युरा चपाए जस्तो भयो । नयाँ टिचरलाई इन्स्टिच्युट जिम्मा लगाएर आफू पढ्न जाँदा विद्यार्थीहरुले पढ्न आउन छाडे । इन्स्टिच्यटको भाडा तिर्न कहिलेकहिँ तालु सुक्यो । उता छ महिने काउन्सिलिङ कोर्स फी पनि तिर्न सहज नहोला भन्ने पीरले नसताएको होइन । करिब करिब पढ्न छाडेर ब्यवसाय मात्र गरँ नि भयो । तर, मनको एक कुना फेरि बीचमा छाड्न तयार भएन । इन्स्टिच्युटको घाटा बेहोरेर भए नि गुरुमाहरुको सहयोगले कोर्स पूरा गरेँ । ट्युसन प्लस काउन्सिलिङलाई आफ्नो इन्स्टिच्युट सेन्टरबाट दिन थालेको पनि एक वर्ष पुगिसकेछ । हाल आएर पछाडि हेर्दा आफूसँग खुशी लाग्यो ।

कोरोना कालमा व्यावसाय त सबैको चौपट हो । तर, पनि यो कोर्स लिएर आफू, परिवार र समाजको लागि राम्रो गरे भन्ने घमण्ड भने लाग्छ नै । जीवनमा सुख दुःख त आइरहने कुरा रहेछ तर आफ्नो ईच्छा भने मर्न दिनु हुन्न भन्ने मेरो सोच हो ।

मनोपरामर्श नै पेशाको रूपमा अघि बढाउन मेरा हालसम्मका तलका अनुभवहरू बढी जिम्मेवार छन् जस्तो मलाई लाग्छः

१९९६/९७- प्राइमरी स्कूल टिचर भी यस निकेतन स्कूल, मीनभवन ।
१९९७/९८- यूके वल्र्डवाइड एजुकेसन भोलिन्टियेर, बागलुङ ।
१९९८/२००१- मेरिया गर्ल्स होस्टेल टिचर, ललितपुर ।
२००१/२००३- प्रिन्सटन सेकेन्डरी स्कुल होस्टेल टिचरर स्कूल टिचर ।
२००३/२००४- सोसियल डेभलपमेन्ट कोर्डिनेटर, प्रण रौतहट ।
२००४/२००६- सरस्वती ओपन स्कूल, पुतलीसडक, सेकेन्डरी टिचर ।
२००६/२००८- सलिषा होम कोर्डिनेटर र स्कूल टिचर, कपन ।
२००८/२०१०- चाहना सेकेन्डरी स्कुल,होस्टेल टिचर र स्कूल टिचर ।
२०१०/१२- यूनाइटेड कलेज होस्टेल सुपरिटेन्डेन्ट अफिसर, कुमारीपाटी ।
२०१२/१४- माउन्ट एभरेस्ट स्कूलरहोस्टेल कोर्डिनेटर, माइल्डस्टोन इन्स्टिच्युट, अफिस कोर्डिनेटर ।
२०१४/१५- आनन्द विद्या मन्दिर प्रिन्सिपल, बालकुमारी ।
२०१५/१६- (नोबेल एकेडेमी (स्कूल/कलेज), होस्टेल टिचर, नयाँ बानेश्वर ।
२०१७ आषाढबाट- एमडि, ट्युसन, योगा सेन्टर, पाटन ।
२०२० वैशाखबाट- एमडि, ट्युसन, काउन्सिलिङ्ग सेन्टर, पाटन ।

वास्तवमा मेरो हालसम्मका पेशा र अनुभवलाई हेर्दा विद्यार्थी, अभिभावकसँग नजिक भएर बिताएँ । यो अनुभव र काउन्सिलिङको इन्टर्न पिरियडमा सिकेका कुराले मेरो मलाई यही पेशा उत्तम बनाएको छ । यसको माध्यमबाट आफ्नो सीपलाई समाजमा उपयोग गर्न पाएको छु । अप्ठेरामा परेका मनहरुको साथी बन्न पाएको छु। आफ्नो समयको सदुपयोग गर्दै आफू र परिवारलाई पनि समय दिन पाएको छु । अतः आफ्नो मनलाई सहयोग गर्दै समय परिस्थिति अनुकूल पेशा आफ्नै खुसीको लागि रोजेको छु ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button