म र मेरो लभ स्टोरी

कविता केशरी

कुरा ४३ सालतिरको हो । कक्षा आठमा पढ्थेँ । जिल्ला वन कार्यालयले सामुदायिक वन उपभोक्ता समिति गठन गर्दै गाउँ पस्यो।लेखपढ भएका महिला समितिमा बस्न सक्ने कोही भेटिएन सायद।भेटिए पनि सामाजिक काममा चासो दिने नभेटिएको हुन सक्छ। मलाई सचिव बनायो त्यो भेलाले। समुहमा काम गर्न प्रवेश गरेको यो पहिलो दिन थियो जीवनको ।

दुर्गम गाउँमा तत्काल श्री ५ को सरकारले पौढ शिक्षा सञ्चालन गरेको थियो। मगर,गुरुङ, तामाङ,राईहरूका विशाल बस्तीमा छिरेर समूह बनाएर पौढ शिक्षा पढाउनु पर्ने कामको जिम्मेवारी थपिदियो समाजले फेरि पनि। समुहमा काम गर्ने बानी अरु थपियो ।

ब्रिटिस नेपाल मेडिकल ट्रष्टले स्वास्थ्यसम्बन्धी काम गर्थ्यो।त्यसको समूह निर्माण गर्ने क्रममा जनजातिहरुका बस्ती बस्ती पसेर काम गरियो ।

रेडक्रस सोसाइटी र माल्टा सामुदायिक सेवा क्लवमा बसेर समुहमा काम गरियो।

२०४५ साल देखिनै राजनैतिक दल र यसका अनगिन्ती पद तथा तह हुँदै सङ्ठनमा काम गरियो ।

५० सालको वैवाहिक जीवनपछि पढाइ, बच्चा, जागिर, सङ्गठन तथा समुहमा काम गर्ने आफ्नो आदतलाई एकै साथ उचालेर लिएर हिँडियो ।

….

२०५९/६० सालमा डिग्री क्याम्पस विराटनगरबाट एम् ए र कोशी क्याम्पस विराटनगरबाट एक वर्षे बीएड एकै साथ छिचोलियो ।

एक्काइस वटा वर्ष शिक्षण गरेर बिद्यार्थीका साथमा बितिसकेका छन् ।

समुहमा काम गर्ने क्रममा

-प्रगति ‘क’टोल विकास संस्था
-सामुदायिक भवन तथा लेखनाथ वाचनालय विराटनगर
-पाटीका विभिन्न तह तथा कमिटि
-अन्तर पाटी महिला सञ्जाल
-महिला अधिकार वकलत सञ्जाल
-निजी विद्यालय/विश्वविद्यालय शिक्षक सङ्गठन राष्ट्रिय कमिटि
-सहकारी संस्था तथा जिल्ला संघ मोरङ
-प्रगतिशील लेखक संघ मोरङ
-विराट साहित्य सङ्गम सञ्चालक
-नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठान
-मोरङ ज्येठ नागरिक सेवा समिटि विराटनगर
-समावेशी बहुपक्षीय जन विकास संस्था विराटनगर
-संबाद समूह मोरङ
-कोपिला साहित्य समाज केन्द्रीय कमिटि सचिव नेपाल तथा प्रदेश कमिटि सम्योजक प्रदेश १

सहभागी हुन पाएका तालिमहरू

-वन संरक्षण तथा वृक्षारोपण
-कृषि उत्पादन तथा भण्डारन
-स्वाथ्य जीवन सरल उपाय
-सिकाइका सिद्धान्तहरू
-सहभागी परिचालन तथा समूह निर्माण
-सङ्गठन निर्माण र प्रजातान्त्रिक प्रणाली
-नेतृत्व विकास
-लेखा व्यवस्थापन
-वाद विवाद र सहजिकरण

साहित्यिक लेखन सानैदेखि थियो तर पनि २०४५ साल भदौतिर हुनु पर्छ विराटनगबाट प्रकाशित हुने खोज खबर साप्ताहिकमा “तिम्रो वचन नमिठो” नामको कविता प्रकाशित भएबाट सुरुभएको हो ।

यसरी विभिन्न काल खण्डमा विभिन्न समुहमा रहेर काम गरियो।अहिले सम्म पनि यसरी समुहमा घुलमिल हुने कुरामा कठिन लाग्दैन । यति बेला झन लकडाउनको घर बसाइले फेसवुकका समूहमा आबद्ध भएर अगाडि बढ्ने अबसर मिलिरहेको छ ।

समुहमा बसेर सामाजिक सेवाका काम गर्दा धेरै ठाउँमा जाति नजाति भैयो होला । म प्रष्ट बोल्छु यस बानीबाट मलाई धारे हात लाउने धेरै होलान तर मेरो चाकडी गरेर खाने, अरूका पाउ मोलेर या अरुका काधमा चढेर पद लिने, ठूलो हुने बानी छैन ।

जय साहित्य
जय समूह समुदाय ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button