स्कूललाइफ: सिँगाने साथीहरु अब फरक कक्षामा

रिपुमा सुनौलो १ दशक

सर्वानी बैदवार

मध्य पौषको ठण्डी महिना, घामको किरणको आगमन हुनुभन्दा पहिला, आलो चिसो बतास साथ म तयार भएँ आफ्नो बिहानको अतिरिक्त क्लासको लागि ।

सिग्गरेटो हावा खाँदै, लामो लामो पाइला चाल्दै बुढानीलकण्ठ यातायातको पहिलो सिटमा गई बसे ।

सम्पुर्ण रमाइला कक्षाहरु सकिए, बेलुकी भयो ।

सन्ध्याको आरम्भसहित म निकै थकित थिए । एक हातमा खानाको भाँडो, अर्को हातमा दिउँसो पढेका किताब र झोलामा पनि पढाइका सामग्री बोक्दै- फर्किदै थिए म चक्रपथतर्फ आफ्नो घरको बस चढ्नलाई आईपुगे ।

निकै लामो समय म आफ्नो बसको प्रतीक्षा गरे । आउन त आउँथ्यो तर निकै नै हुलमुलसहित । खुट्टा टेक्ने ठाउँ पनि नहुँदा खलासी दाइ भने- ‘खाली छ. बहिनी आउनुहोस् ।’

करिब २० मिनेटको पर्खाइपछि एउटा अलि खुकुलो, खुट्टा टेक्न मिल्ने माईक्रो आयो । बस्ने सिट त थिएन तर अवेर पनि भइसक्यो भनेर चढे । सामाखुसी पुगेपछि मैले एउटा सिट पाए । सोही क्रममा त्यहाँ एउटा सानी बुनु र उनको मम्मी पनि चढ्नुभयो । उहाँहरू चढ्नासाथ मेरो नयनलाई बुनुको मासुम्मपन र हसिलो मुहारले आकर्षित गर्यो ।

सानी बुनुलाई उभिन अप्ठ्यारो हुन्छ भनेर मैले उनलाई आफूतिर बोलाए । उनी आएर मेरो काखमा बसिन्। शान्त स्वभावकी उनी मैले सोधेको प्रश्न भन्दा धेरै उत्तर गरिनन् ।

‘तिम्रो नाम के हो ? कति क्लासमा पढछ्योै ?’

‘मेरो नाम पिहुँ शाक्या हो र म कलास १ मा पढछु’, जवाफ फर्काइन् ।

मैले अन्य प्रश्नहरु नानुलाई गरे कलंकीमा बसोबास भएका ती नानु आफ्नै मामुले पढाउने विद्यालयमा कक्षा १ मा अध्ययन गर्ने रहिछिन् ।

बुनु बिस्तारै खुल्दै थिइन् । उनीसँग रोमाञ्चक गफ गर्दैगर्दा मेरो ओर्लने ठाउँ आएको पत्तै पाइँन । अलि अघि माईक्रो हिँडेपछि मात्र थाहा पाएँ र सहचालक दाइलाई रोक्न भनेको त टाढै पुराएर रोकिदिनुभयो । म ति रमाइली, हसिली बुनुसँग बिदा भएँ ।

झमक्क सन्ध्या भइसकेको थियो । माइक्रोबसको दाइले अलि टाडै नै ओरालदिएपछि केही लामो समय मलाई हिड्नुपर्ने थियो ।

मेरो मानसपटलमा अझै पनि मनोविराम बुनुको सम्मोहित पार्ने त्यो मुहार घुम्दै थियो । म उसलाई आफ्नो कल्पनाबाट निकाल्ने सकिन । सायद यसमा कतै कता आफूलाई देखेर पो हो कि ? सायद उसँग म मेरो अतित मिल्नु आएर पो हो कि ?

मलाई मेरा अतीतका सम्झनाले सताउदै गयो । स्मृतिको धमिलो तुवालोभित्र कताकता आफ्नो सुखद र रमाइलो बाल्यकाल सम्झना पुगेछु ।

चकचके चुलबुले स्वाभावको म हरेक झिनो कुरामा खुशी र आनन्दमयपन आभास गर्थे । अरूको अगाडि सोझो-साझा देखियता पनि भित्रभित्र चन्चले छुकछुके थिएँ । बिस्तारै घर नजिकैको विद्यालयबाट प्रारम्भिक शिक्षा आर्जन पश्चात कक्षा १ मा भर्ना को लागि रिपुमर्दिनी सैनिक माध्यमिक विद्यालय आएँ ।

सुरुमा त्यो रिपुमर्दिनी विद्यालयको पुरानो भवन, त्यो आँगन त मलाई साँच्चिकै विशाल भवन र मैदान झै लाग्थ्यो । म कतै हराउने त होइन जस्तो हुन्थ्यो ।

विस्तारैविस्तारै विद्यालय र विद्यालयका सबथोकसँग परिचित हुँदै गएँ । सम्पूर्ण दिदि-दाजुहरु, गुरुवर्गहरुबाट अथाहा माया पाउदै गएँ । अझै मलाई स्मरण छ सुजता दिजु, रशमी दिजु, सच्चिना दिजुहरू मलाई देख्नासाथ आएर मेरो गाला चिमम्टनु हुन्थ्यो, मेरो हात समाउदै घुमाउनु हुन्थ्यो, मलाई बोकेर माया गर्नुहुन्थ्यो । शायद मैले पनि त्यो माइक्रोबसमा भेट भएको बहिनीले जसरी नै दिदि-दाजुहरूलाई सम्मोहित गर्ने भएकोले गर्दा होला मलाई देख्नसाथ आएर जुरुक्क बोक्नुहुन्थ्यो ।

विशेषतः एल बि सरले कुनै गुडिया जसरी एक हातमा उचालेर घुमाउदा मलाई म संचारकै उच्च बिन्दुमा पुगेर घुम्न हिडेको जस्तो अनुभूति हुने गर्थ्यो । शोभा म्यामको त्यो caring nature त मैले कसरी बिर्साउन सकुला ? अझै विशेष गरी सम्झना मयाम, किष्ना म्यामले पढाएको कुरा अझै मेरो दिमागबाट हटेको छैन । सायद बिन्दु म्यामको ‘टप्ली सट’ खाएर पनि होला ।

सानो छँदा मामुले जहीले कपाल टाक्लु पारिदिनुहुन्थ्यो । त्यो पुक्कको गाला, सानो मसिनो कर्ली केश देखेर सम्पूर्णले मलाई ‘भाई’ भन्थे । त्यो सानी फुच्ची केटि बिस्तारै नाचगान कार्यक्रममा सहभागी हुन थालिन् । सायद कक्षा ४ मा हुँदा होला पहिलो पटक स्टेजमा चढेर ‘सिङ्गिङ आइकन’को बेला आफ्नो स्वरमय सुरले माहोल नै मन्त्रमुक्त पारिदिएकी थिइन् । एकपटक ‘मिस रिपुमर्दिनी’मा प्रस्तुती दिँदा खेरी ‘Best Dressup’ अवार्ड पनि पाएको थिएँ । ‘रिपुमर्दिनी डान्सिङ आइकन’मा पनि सहभागी भएर दोस्रो स्थान हात पार्न सफल भएको थिएँ । यसप्रकारको अतिरिक्त क्रियाकलापले गर्दा ममा छुट्टै नविन जोश, जांगर, हिम्मत भरिदियो। ‘लेट मि डान्स'(LMD-2) सिजनमा पनि म Media round सम्म पुग्न सफल भएको थिएँ । यसरी हरेक ठाउँमा आफूलाई फट्याउदै गएँ ।

साथीहरु पनि निकै रमाइला र सहयोगी भावना बोकेका थिए । मलाई अझै समरण छ त्यो पहिलो दिन- साथीहरूसँग परिचय साट्दाको दिन । निकै अप्ठ्यारो र लजाएका थियौं, हामी एकअर्कासँग बोल्न र खुल्न । बिस्तारै त्यो लाज अप्ठयारो एकदमै सहजतामा परिणत भईदियो । सुरुसुरुको शान्तपूर्ण क्लास बिस्तारै ‘Most Talkative Class’को उपनामले चिनिनु लाग्यो । कक्षा सातमा त धेरै हल्ला गर्ने भएकोले हामी हाम्रो क्लास नै पिन्सिपल सरको अफिस बनाएका थियौं । हाम्रो उपस्थिति प्रायः उहाँकै अफिसमा हुनेगर्थ्यो ।कक्षा ६ मा हुँदा दशैं बिदाको छुट्टीको दिन हामीस हाम्रो टोली ओदान क्याफे गएका थियों । अनि फसेर हाम्रो नामसहित फोटो कुनै कैदि जसरी नोटिस बोर्डमा ‘THE OFFENDERS” भनेर टालिँदाको क्षण साँचिकै लज्जास्पद थियो ।

विद्यालयबाट थुप्रै अनगिन्ती टुर, पिक्कनिक, शैक्षिक भ्रमण गइयो । निकै सानो छँदा सायद कक्षा २ मा हुँदा होला त्यो जू (zoo) भ्रमणको झिसमिसे सम्झना मेरो दिमागमा कहिलेकाहीँ आउने गर्छ । कक्षा ५ मा पहिलोपटक सैनिक आवासीय महाविद्यालय भक्तपुरमा गई स्वीमिङ गर्न पाउँदाको याद अझै ताजा नै छ । कक्षा ७ मा हुँदा SQC Convention Hub पोखरा जानुपाउँदाको खुसीको क्षण म कसरी व्यक्त गर्न सकुला ? पहिलोपटक रंगिन वातावरणमा हुर्किएको पोखरालाई चिन्न जादैगर्दा बसमा अप्ठ्यारो हुँदा शारदा म्यामको काखमा आफ्नो शिर राख्न पाउँदा सारा दुख अप्ठ्यारो टाढा भएको थियो । उहाँको आफ्नै आमा सरहको व्यवहारलाई म आफ्नो अन्तिम साससम्म बिर्साउन सक्दिन ।

कक्षा ८ मा विश्वव्यापी महामारीका रुपमा नोबेल कोरोनाले विश्व त्रर्सित बनायो । केहि क्षणलाई पठनपाठनमा विश्राम नै लाग्यो । तर हाम्रो रिपुले भने अरु विद्यालय भन्दा धेरै अघि नै वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्यो । अतिरिक्त क्रियाकलापका विभागीय प्रमुख उज्ज्वल खनाल सरले बेलाबखत नवीन कार्यक्रम प्रस्तोता गर्नुहुन्थ्यो । त्यस्ता कार्यक्रमले गर्दा हामीभित्र भएको प्रतिभाले निखारता पायो । अनलाईन भएपनि थुप्रैसंग जोडिन, चिन्न र झिज्न पाईयो ।

अनलाईन कलास साच्चिकै अहिले सम्झदा निकै रमाइलो लाग्छ । एउटा स्क्रिनमा युट्युब अनि एउटा स्क्रिनमा जुमद्वारा संचालित क्लास । न त होमवर्क केै चटारो न त परियोजना कार्यकै । जाडो भयो क्यामेरा अफ गर्यो, गुटुमुट्ट परी पढ्न बस्यो । पढ्न पनि कहाँ हो र, आराम गर्न, सुत्न ।

कोरोनाको आतंक सकेपश्चात भौतिक रुपमा विद्यालय सुरुवात भयो । सुरुमा त दैनिकीमा परिवर्तन आउँदा अलि असहजता महसुस भयो । तर विस्तारै पढाइ र अन्य क्रियाकलापले सहि ट्रयाकमा ल्यायो । विद्यालय आरम्भको केही महिनापछि राष्ट्रिय सेवा दल (रा.से.द : NCC) पनि सञ्चालन भयो र मैले त्यहाँ सहभागी हुने सुनौलो अवसर प्राप्त गरे । बिहान घाम झुल्किनु भन्दा सवेरै उठेर चुस्ता लगाएर बुट बजाउदै बिहानीको तालिममा जानेक्रममा २-४ पटक कुकुर भुक्दा मैले बाटो फेरिको कुरा याद गर्दा आफै खित्का छाडेर हासेछु । बाटोमा हिंडिरहेका सम्पूर्ण मान्छेहरूको नयनमा मै आइरहेको रहेछु ।

रा.से.द. को तालिमको दौरान दिनहरु साच्चिकै रमाइलो हुने गर्थे । बिहानै स्कूल पुगेर परेड गरिन्थ्यो । दिउसो कलास हुने बेलामा डान्सको नाममा क्लास बंक गरिन्थ्यो । तर रा.से.द.बाट जीवनमा निकै ठूलो परिवर्तन आयो । समयको महत्व, विषयको अध्ययन, अनुशासनको आवश्यकता र जिम्मेवारी वहनता जस्ता फराकिला विधामा जान्न बुझ्न पाइयो । नेपाली सेनाको अनुशासन, गैरवता र कार्यशैलीमा भिज्न पाइयो ।

विद्यालयको शान्तिमय आन्तरिक वातावरणमा हास्दै, रमाउदै, ठट्टा गर्दै, हुर्कदै, बढ्दै गएको त पत्तै भएनछ । भोलीबाट त जसरी हुन्छ राम्ररी पढ्छु भन्दै आफुलाई बाचामा मोड्दै हेर्दाहेर्दै कक्षा १० मा प्रवेश गरेछु। अब त एसईई दिने वर्ष हो, सुरुवातदेखि नै गाह्रो हुन्छ भनेर बाहिरका साथीहरुले भन्ने गर्थे । तर त्यस्तो केही नि भएन । पढाइलाई नि निरन्तरता दिदै अन्य क्रियाकलापमा संलग्नता जनाए । भुतपूर्व ब्याचको विदाई, नवआगन्तुक ब्याजको स्वागतमा, भानुजयन्तीको सम्मान कार्यक्रममा, विजयादशमीको कार्यक्रम र यस्ता अनेकन थुप्रै कार्यक्रममा उद्घोषिका भएर प्रोग्राम सन्चालन गरे ।

शैक्षिक वर्ष ७८/७९ सालमा निलो सदनको कप्तान भएर आफ्नो सदनको प्रतिनिधित्व गर्न पाए । ECA/CCA Activities मा सहभागिता भएर आफूलाई चिनाउन पाएँ । Sports Met ७९मा निलो सदनको प्रतिनिधित्व गरेर भाषण र पन्ध्रसय मिटर (१५००मि) दौडमा (goldmedal) स्वर्णपदक ल्याउन पनि सफल भएँ ।

खेलकुद लगत्तै पोखराको भ्रमण थियो । यो भन्दा अघि कक्षा१० मै हुँदा फारपिङ्ग हाइड्रोपावरमा शैक्षिक भ्रमण भएको थियो तर पोखराको भ्रमण भने अलि फरक र सानदार नै थियो । त्यो तीनदिने पोखरा भ्रमण, सूर्यको पहिलो आगमन, त्यो फेवाताल, वेगनासताल, क्याम्पफायर सम्पूर्ण कुरा सम्झँदा मनको अझैनि फुरुङ्ग हुन्छ ।

यही अमूल्य सोचमा दुवै जाँदा घर आएको पत्तै पाईन, घर आएर, हात खुट्टा धोएर यसो दराजबाट फोटो- डायरी झिकेँ र कैद भएका सम्मोहनकारी फोटो हेर्न थाले । साच्चिकै nostalgic फिल भयो । त्यो बाल्यकाल स्मरणयुक्त रहेछ झै लाग्यो ।

मन निकै गरुङ्गो लाग्न थाल्यो । अनेक विचारहरु खेल्न थाले । मनमा अशान्ती मच्चियो । उकुसमुकुसको कुटुरो कहाँ पोखुम झै लाग्यो । लामो लामो सास फेरि आफ्नो सोचमा डुब्दै तैरिदै गएँ ।

क्षितिजको काखबाट शिशिर देव उठ्न लाग्दा सरि मेरो मनमा पनि बिछोडको बोधको भावना उजागर भयो । यत्रो अविरल १० वसन्त यस रिपुको प्राङ्गणमा आनन्दातिरेकमा छमछम नाच्दै, लहरिदै पार गर्दा छुट्टिने समय आएको भावले मन निकै पिरोल्यो ।

यी बाल्यकालदेखिको सिँगाने साथीहरु अब फरक कक्षा, फरक कलेज, फरक ठाउँमा हुने कुराले मेरो हृदय चिसियो । यी निस्वार्थ, सहयोगी र मिलनसार साथीहरुसँग स्वर्णमय १० वर्ष बिताएको तिता मिठा सम्झनाले आखामा पुष्पको दाना उम्रिएछ ।

अन्तर्मनमा आवाजहरु गुन्जिरहेका छन् । रिपुमा आफू कहिल्यै नथाकी पढाउने गुरु गुरुआमाले साच्चिकै महत्वपूर्ण ऋण लगाईदिनु भएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘खोज्छन् सबै सुख भनी, त्यो कहाँ छरु आफू मिटाइ, अरुलाइ दिनू जहाँ छ’ भन्ने भनाइ हाम्रा रिपुमर्दिनीका शिक्षक वर्गलाई ठयाम्मै लागूहुन्छ ।

भट्टा सरको संसार फेर्न सकिन्छ भन्ने उत्प्रेरित शब्द, एल बि सरको दिनहुँ प्रेरणायुक्त भनाइ, नेत्र गुरूको उच्च आधार र सम्मानपूर्वक व्यवहार, उज्ज्वल सरको चम्किलो र फरक सोचाइ, रामहरि सरको त्यो अनन्त ज्ञान, उत्तम सरको पढाउने शैली, हरेक टिचरको कारणले गर्दा हामी आज सबल भएका छौं । यत्रो १० वर्षको यात्रा तय गर्दा मबाट अन्जानमै थुप्रै गल्ती भएका होलान् त्यसको लागि म क्षमाप्रार्थी छु ।

रिपुका सम्पूर्ण प्रशासनदेखि क्यान्टिन, पुरानो विद्यालय भवन, ग्राऊड, बाँसबारी कल्ब, अफिस, कक्षाकोठाका कुनाकुना हाम्रो पैतालाको छाप छ । हाम्रो शरीरमा यहीँको माटोको सुगन्ध छ ।बाँसबारीका चिरबिर गर्ने चराहरुसँग छुट्टै मित्रता गाँसिएको छ । यहाँको भवन, हरियालीसँग प्रेम छ । साँझमा कतै कुनाबाट आउने आवाज साथीहरूसँगको रमाइलो गफगाफ प्रतिध्वनित भएर आए झै भान भइरहेको छ । आलो बतास चलिरहँदा वरिपरि वातावरणसंगको मित्रता महसुस गर्दैछु ।

अतः एउटा सानी काँचो उमेरमा हेिडै गरेको, हुर्कन लागेको नानीलाई महाविद्यालयले निकै ज्ञान गुण र परिपक्वताको मार्गतर्फ दोहोराएर जिम्मेवार व्यक्ति बनाइदिएको छ ।

जिन्दगीको गोरेटो बाटोमा आँखाको नानी बनी हेर्न सगाई दिएकोमा, हिड्न नजान्ने मलाई लैरो बनी सहयोग गरेकोमा, काधमा काध, साथमा साथ र पाइलामा पाईला चाली साहायता गरिदिएकोमा महाविद्यालयप्रति हार्दिक आभार व्यक्त गर्दछु।

अन्त्यमा, लाग्छ सैनिक मेरो मन मुटुमा रहुन्जेल म सदैव नविनतम उजेलीको पहाडमा चड्ने छु, कर्मकुण्ठित व्यक्ति कहलिने छु र म म भएर बाच्ने छु केवल मै भएर …. ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button