देवकोटा झैं अग्लो प्रतिभा अरू देखिएको छैन

रोचक घिमिरे

नेपाली संसारमा महाकवि देवकोटा झैं अग्लो प्रतिभा अरू देखिएको छैन । उनकोबारेमा जे जति चर्चा परिचर्चा अध्ययन अनुसन्धान प्रकाशन भएको छ, त्यति अरू कुनै पनि नेपाली स्रष्टाका बारेमा भएको छैन ।

हिजो र आजको पुस्तामा त देवकोटाले अपार लोकप्रियता कमाए नै, भविष्यको पुस्ता पनि उनको आकर्षणबाट विमुख रहन सक्नेछैन । नेपाली वाङ्मयका चहकिला नक्षत्र हाम्रा महाकविको महत्ता यसरी दिनानुदिन बढ्दै गैरहेको छ । देवकोटा र उनका कालजयी सृजना नपाएको भए आफ्नो भाषा र साहित्यप्रति गर्व गर्ने आधार नै हामीसँग हुनेथिएन । उनकै कारण नेपाली वाङ्मय यति सम्रिद्ध भयो ।

विश्व साहित्यमा यशस्वी स्रष्टाको पंक्तिमा उभिन सक्षम प्रतिभा हामीसँग पनि छन् है भनेर गर्व गर्दै देवकोटालाई अघिसार्न पायौं । यसरी धन्य भयो नेपाली वाणी ! नेपाली जाति र नेपाल राष्ट्र ! हाम्रा यस्ता गौरव महाकवि लक्ष्मीप्रसाद देवकोटामा ११३ औं जन्मजयन्तीका अवसरमा हार्दिक श्रद्धार्चन !

Ad

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button