तारानाथ शर्माको शब्दवाणले घाइते बनाउन छाडिसकेका थिए

घुमीफिरी उही ‘साेभियत भूमि’

दशवर्षे दिल्लीप्रवास -कथाकाे याे किस्ता लेख्न बस्दा उसले आफ्ना सद्गुरुदेव स्वामी सत्यदेवका यी सारगर्भित वचन सम्झ्याे: ‘सृजना मिथ्या हाेइनन्, कामना मात्र मिथ्या हुन् !’

‘सोभियत भूमि’ पत्रिकाको काम उत्तरोत्तररूपमा रोचक हुँदै गइरहेको थियो । तारानाथ शर्माको शब्दवाणले अब उसलाई घाइते बनाउन छाडिसकेका थिए । अनुवादको मौलिक सृजनतामा डुबिसकेकाे थियाे, ऊ । राजनीतिक लेखहरू एकैप्रकारको शैलीला हुन्थे । ५०-६० वटा शब्द तथा शब्दावलीहरूलाई कण्ठस्थ गरेपछि कुनै पनि लेखककाे पाठ र भाव प्रस्तुत गर्न गाह्राे पर्दैनथ्यो । अरु भाषाहरूमा लागू भएका नियम विपरीत याे पत्रिकालाई बीचबीचमा कुनै समालोचक वा जाँचकीकहाँ पढाइँदैनथ्यो । प्रजातान्त्रिक भारतका प्रकाशन नियम बडाे कडा नियममा बाँधिएका हुनाले यस्ताे जाँच आवश्यक रहेछ ।

उसकाे हकमा विश्वास र स्वतःस्थापित आनुशासनले काममा बिल्कल नयाँ गुण र योग्यता पैदा गरेका थिए । सामाजिक-सांस्कृतिक लेखहरू रोचक ढंगले अनुवाद गर्न गाह्राे हुन छोड्यो । तर वैज्ञानिक एवं साहित्यिक लेखहरूका लागि चाहिँ विशेष मिहिनेत आवश्यकता पर्थ्यो । यो समस्यालाई पनि उसले आफैँ सुल्झायाे । विभिन्न भाषामा छापिने ‘सोभियत भूमि’को प्रकाशन र ग्राहक – वितरण मिति तोकिएको हुन्थ्यो अर्थात यति तारिखमा छापिएर आउनैपर्ने र यति तारिखभित्रमा भारतीय हुलाकबाट पठाइनै पर्ने । त्यसैले उसकाे अफिसको ठूलो चोकको एउटा ठूलै हिस्सा दिन्हौंजसो एक एकवटा पत्रिकामा पहिल्यै छापिएको ठेगानापट्टी टाँस्ने र तौलले निश्चित गरेका दरको टिकटलाई हुलाकअड्डाबाट ल्याइएको फ्रयांकिन यन्त्रद्वारा एक-एकवटामा छाप लगाउने काम भइरहन्थ्यो । एउटा सानो हुलाक कार्यालय अफिसभित्रै कार्यरत थियो ।

Ad

हिन्दी संस्करणको काम नेपाली संस्करणभन्दा एक साताअघि नै सम्पन्न भइसक्ने हुनाले आफूलाई गाह्रोसाह्राे पर्ने वैज्ञानिक तथा साहित्यिक लेखहरूको अनुवाद हिन्दी अनुवादको सहायताबाट गर्नेगर्थ्याे, ऊ । हिन्दीको त्यस सहायताबाट नै उसले आफ्नो भाषामा परिष्कृतता ल्याउन सकेको थियाे। सुभाषचन्द्र बाेसकाे आइएनए फौजकाे पूर्व नाैसैनिक रहेका सुरेन्द्रको भाषानुवाद मीठो, सरल र साहित्यिक दुबैथरिको हुन्थ्यो ।

त्यसमाथि उनको प्राविधिक सम्पादक गिरिजाप्र एक साहित्यिक व्यक्ति थिए । उसकाे भाषाको विकासमा उनीहरू दुवै उसका गुरुसमान नै भए । उनीहरूले प्रयोग गरेको भाषा नेपालीमा रूपान्तरित भएर नेपाली पाठकहरूका लागि पत्रिका रोचक बनाउन सहयोगी भएकोमा उनीहरू ‘हिन्दी – नेपाली भाइभाइ’प्रति खुशी प्रकट गर्नेगर्थ्ये ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button