सरकारी निषेधाज्ञा ताेड्न ईन्द्रचाेकमा कमलप्रसाद काेइराला बाेल्न उभ्भिन्छन्

उसकाे जीवनका प्रतिनिधिमूलक ‘गुनकथा’

अरविन्द रिमाल

पिता कविराज नरेन्द्रनाथ रिमालकाे कृपाबाट २००५ सालमा कलकत्ता कविराजी पढ्न जाँदा १७ ओैँ शताब्दीय मनस्थितिबाट २०साै शताब्दीकाे आधुनिक मनस्थितिमा आइपुगेकाे! अनि कलकत्तास्थित College of Nepalese Communism का प्राचार्य पुष्पलालबाट उक्त मनस्थितिलाई स्नातकीय तवरले २००७ सालकाे जेठ- असारतिर मार्क्सवादी अवधारणाले पाेख्त बनाएकाे ! त्यसपछि सद्गुरुदेव स्वामी सत्यदेवबाट २०५५ सालकाे गुरुपूर्णिमामा हरिद्वार हनुमान मन्दिर आश्रम, कनखलमा आध्यात्मिक दीक्षाबाट जीवनदर्शन- ज्ञानप्राप्तबापतका अनमाेल
गुनप्रति नमन, शलाम एवम् वन्दना गर्दै !

अब उक्त कथाकाे थालनी नेपालकाे इतिहासकाे जाज्वल्य परन्तु अत्यन्त संवेदनशील कालखण्डबाट, यसरी, हुन्छ । जाज्वल्य– २००७ सालकाे प्रजातान्त्रिक क्रान्ति सुसम्पन्न भएबाट, अनि संवेदनशीलचाहिँ यस्ताे युगान्तकारी घटनाक्रमकाे अर्थ, महत्त्व क्रान्तिकाे नायकत्व गर्ने दल नेपाली काँग्रेसले नै नबुझेबाट तर क्रान्तिका उपलब्धिहरुलाई नेपाली जनताकाे लाभप्रति लक्ष्यित गर्न-गराउन नेपाल कम्युनिष्ट पार्टी चूकेबाट । फलत:, क्रान्तिका प्रतीक ठानिएका गृहमन्त्री विश्वेश्वरप्रसाद काेइरालाविरुद्ध बदलाकाे अन्धाेभावले ग्रस्त भएकाे राणा दुस्साहसिक हिँस्रक हमलाले गर्दा युगान्तकारी घटनाक्रमकाे महत्त्व एक्कासी गाैण हुनपुग्दा हैकमवादी भारतीय सत्तास्वार्थकाे दुनाे साेझ्झिई नेपालकाे राज्यीय अखण्डता, राज्यव्यवस्था, ईतिहास, सभ्यता, सँस्कृतिआदि विस्थापित हुने खतरा खेल सहज हुन पुगेबाट ।

Ad

याे २००७ काे क्रान्तिकाे पास्नि पनि नहुँदाकाे दारुण कथा हाे।

राजनीतिकाे बडाे असहनशीलताकाे समय थियाे, त्याे । यत्तिकैमा एकदिन अपराह्नकाे बेला ‘र्‍याडिकल राणा’ भनिने भरतशम्शेरकाे हाैसाईमा आठफरिया जमातकाे गाेर्खादलले गृहमन्त्री विप्र काेइरालामाथि उनकै निवासस्थान त्रिपुरेश्वर गेष्टहाउसमा हमला गरेकाे खबर आगलागीझैँ दन्कियाे । उता भरतशम्शेर टुण्डिखेल चाैरमा कबाज खेलिरहेका सिपाहीहरुलाई ‘विद्राेह’मा शामेल गराउन नेपाल सरकारका प्रधान सेनापति ज. केशरशम्शेरलाई मनाउनमा लागेका थिए । प्रजातन्त्र तथा शाही शासनसित आफ्नै बैर साँध्ने दाउमा हुँदाहुँदै पनि ज. केशर याे घातक काममा किन लागेनन्, त्याे पछि कुनै समय उद्घाटन हुने कुरा हाे । त्यस घाेर सङ्गीन बेलामा प्रधान सेनापतिले ‘कू’ याेजनाकारलाई उधाेमुन्टाे लगाई धपाई दिएकै हुन् । राष्ट्रसेवक सैनिककाे रूपमा यस्ताे गर्नु उनकाे दायित्व एवम् कर्तव्य नै थियाे । तथापि त्यस घाेर सङ्कटबेलामा उनले त्यसप्रकारले राष्ट्रमाथि गुन लगाएकै हुन् । त्यसैले हाेला, राजा त्रिभुवनले केशरलाई आफ्नै दिदीका उत्पीडक हुँदाहुँदैपनि पछिकाे कालखण्डमा आफ्नाे परार्मशदात्रि सरकारका प्रमुख परामर्शदाता नियुक्त गरेकाे ।

गाेर्खादले ‘कू’ विफल गराइएपछि भरत त समातिए तर गृहमन्त्री वि. प्र. काेइरालाले प्रचण्ड विराेध तथा उदेकलाग्दाे हुनजाने भए पनि अद्भुत सदाशयताद्वारा वागी भरतलाई क्षमादान दिई जेलमुक्त गरिदिए । कम्युनिष्टहरुप्रति असहिष्णु तर पुनरुत्थानवादी गाेर्खादलप्रति यस उदारताकाे घाेर विराेध, निन्दा- भर्त्सना उ आफैँले कम्युनिष्ट सक्रियतावादी तथा विद्यार्थी वक्ताकाे रूपमा गर्नुसम्म गरेकाे याे घटना उ अहिले झलझली नसम्झिरहन सकेन । तर जेहाेस्, त्याे क्षमादान प्रदान गर्ने र पाउने दुवै पक्षले नबुझेकाे ऐतिहासिक घटना थियाे जसकाे असाधारण महत्त्व ९ वर्षपछि २०१७ पुषकाे राजा महेन्द्र ‘कू’ ताका खुल्नगयाे– चिताउँदै नसकिने गरी, तर इतिहासले चाहिँ निर्दिष्ट गरेकै रूपमा ।

यसरी अघिका हुर्दुङ्गे वागी नाइके भरतशम्शेरले २००८ काे गुनलाई आफ्नाे राजनीतिक भविष्य र भवितव्यकाे बेग्लै सभ्य उबाटाे खाेज्ने अभ्यासमा लगाउने एक असाधारण राजनीतिक नेता एवम् राजनीतिज्ञकै रूपमा आफ्नाे कीर्ति राखेकाेलाई उ ‘न भूताे : न भविष्यति:’ नठानिरहन सकेन, जुनकि गुनलाई गुनैले ओजस्वी बनाउने विश्वमा कहिँ नदेखिएकाे घटना थियाे ।

अब २०१० काे घटना!

प्रधानमन्त्री जर्नेल मातृकाप्रसाद काेइरालाकाे एकदलीय सरकार भएताकाकाे कुरा । पार्टी जनरल सेक्रेटरी पुष्पलाल सङ्गठन टुरमा गएकाे बेला नेपाल कम्युनिष्ट पार्टीका तत्कालीन हेडक्वार्टर ईनचार्ज मनमाेहन अधिकारीकाे पहिला त डा. केआईसिँहले टङ्कप्रसाद आचार्यमार्फत बाेलाउन पठाउँदा पनि समयाेचित हाैसला देखाउन नसकेकाे लुते नेतृत्व रका कारण तर लगत्तैपछि कसैकाे दुस्साहसिक उक्साईमा लागेर गाैरीभक्त प्रधानलाई डा. केआईसिँह सिँहदरवार काण्ड ‘हाम्राे क्रान्तिकाे विजय हाे’ भन्दै अर्का दुस्साहसिकतावादी अग्निप्रसाद खरेललाई माथ गर्नेगरी रमाइकप्रचार गराउन पुग्छन् । यसलाई सरकारीपक्षले कम्युनिष्ट ‘कू’ दुष्चेष्टा ठहर्‍याई नेकपामाथि प्रतिबन्ध लगाउँछ, अनि सशस्त्ररूपमा व्यापक कम्युनिष्ट दमनकाे सम्भावना रहन्छ, जुन दारुण खतरा राजा त्रिभुवनकै सदाशयताबाट र वास्तविक स्थिति बुझेका मन्त्री गणेशमान सिँहकाे सद्परामर्शबाट टर्दछ । जेहाेस्, यसरी कम्युनिष्ट पार्टीलाई तह लगाएकाे राजनीतिक लाभबाट फूलेल भएकाे मातृका सरकारलाई प्रधानमन्त्रीकै विद्यार्थी छाेराबाट जब्बर धक्का लाग्छ, पुष्पलालले गठन गराएका जन अधिकार सुरक्षा समितिमार्फत् ।

सरकारी निषेधाज्ञा ताेड्न ईन्द्रचाेककाे शुक्रराज शास्त्री डबलीमा कमलप्रसाद काेइराला बाेल्न उभ्भिन्छन्, प्रभावकारी ढङ्गले बाेल्छन्, पुलीसद्वारा समातिइन्छन्, हनुमानढाेका थानामा जाकिन्छन् ! बागमतीपुलपारी काेपुण्डाेलस्थित प्रधानमन्त्री निवासमा काेलाहल मच्चियाे हाेला, पिता प्रमलाई कस्ताे राजनीतिक आघात पर्‍याे हाेला, मातालाई कस्ताे र कत्राे वज्रपात पर्‍याे हाेला, त्यसकाे आफ्नै कथा र व्यथा थियाे । तर त्यस अपूर्व घटनाका मूल पात्र कमलप्रसाद काेइराला, त्यसलाई कम्युनिष्टकाे रूपमा आफ्नाे राजनीतिक दिशा र भविष्य काेर्ने ऐतिहासिक दिन भनी र त्यसका लागि निर्मल लामा तथा अरविन्द रिमालकाे गुन भन्न, भनिरहन छाेड्दैनन् । दुनियाँमा यस्ताे कथा रचेकाे, उ भनेकाे सुन्न पाउनुलाई उ राजनीतिमा मात्र हाेइन जनजीवन- व्यवहारमा पनि मानवता अझै कायम रहेकाे नठानिरहन सक्द‌ैन । अझ कति भने उनी काँग्रेसपर्याय काेइराला परिवारका एकमात्र कम्युनिष्ट, उनीप्रति कांग्रेसी भाइबन्धुहरु कत्ति चिढिए हाेलान्, अहिले पनि छन् तर आज आफ्नैे छाेरी काँग्रेसमा प्रवेश गर्दा छाेरीलाई हार्दिक बधाई तथा शुभकामना दिने पिता पनि हुन्, कमल ! यस्ताे सदाशयता, कुनै चानचुने सँस्कार हाेइन ।

यी दुवैजना अहिले पनि नेपाली समाजमा आ-आफ्नै तरिकाले सक्रिय इमानदारी जीवन बिताईरहेका छन्– कमलप्रसाद काेइराला एक निर्भीक कम्युनिष्टकाे रूपमा, अरविन्द रिमाल इतिहासकाे एक विद्यार्थीकाे रूपमा ।

(क्रमश:)

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Ad

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button