तान्त्रिक साधनाः पञ्चमकार के हो ?

मोहनकुमार तामाङ

मांस, मत्स्य, मुद्रा, मद्य र मैथुनलाई पञ्चमकार भनिन्छ । तान्त्रिक साधनामा यसलाई महत्वका साथ लिने गरिन्छ । विशेष गरी अघोरीहरुले यस प्रकारको साधना गर्ने गर्दछन् भन्ने पनि छ । तन्त्रमा सन्ध्या भाषाको प्रयोग हुन्छ । तर, सन्ध्या भाषाको ज्ञान नभएकाहरुले यसको सोझो अर्थ लगाई दिनाले सत्यबाट कोशौं दुर भएको पनि पाइन्छ । यसलाई छोटकरीमा प्रष्ट्याउने कोशिश गरिएको छ ।

१. मांस अर्थात मासु
कतिपयलाई मासु भन्ने वित्तिकै खानै पर्ने मीठो भोजन भन्ने अर्थ लाग्छ । अर्थात मुखको स्वाद हो । यदि कोहि पनि व्यक्ति साधनामा निर्लिप्त रहने हो भने उसले स्वादको परित्याग गर्न सक्नु पर्दछ । जस्ले स्वादलाई परित्याग गर्न सक्दछ, उसले एक तहको उचाई पक्कै पनि हासिल गरेको हुन्छ । खाद्य बस्तुप्रतिको आशक्ततालाई जसले परित्याग गर्न सक्छ उसले केहि आशक्तिलाई हटाउन सफल हुन्छ । यसकारण मांस भनेको मासु खाउ अर्थात मान्छेको मासु खानु पर्छ भनेको होइन ।

२. मत्स्य अर्थात माछा
मत्स्यलाई दुइ प्रकारबाट अथ्र्याइएको छ । पहिलो माछा जस्तो चञ्चलरुपी मनलाई एकाग्र गर्न सक्नु पर्दछ र दोस्रो पानीमा बसेर पनि माछाले कसरी स्वास लिन्छ र खाना पनि खान सक्दछ, त्यसरी नै श्वास प्रश्वासमा पनि ध्यान दिई पानीको विपरित गतिमा पनि तैरिन सक्छ । त्यसरी नै विपरित समयमा पनि साधकलाई कसैले रोक्न सक्दैन भन्ने कुरा बताइएको हो न कि माछा खानु पर्छ ।

३. मुद्रा अर्थात हाउभाउ
कुनै पनि साधक अत्यन्तै शीलवान हुनुपर्दछ । यदि कुनै पनि व्यक्ति शीलवान छैन भने साधक हुनै सक्दैन । ठीक बसाइ, ठीक हिँडाई, ठीक सुताई आदि नै मुद्रा हुन् । तर, चटक देखाएर दृष्टिभ्रममा पार्नु कुनै मुद्रा होइन ।

४. मद्य अर्थात मदिरा
मद्य भन्ने वित्तिकै जाँड रक्सी भन्ने सम्झनामा आउँछ र भोगीहरु जाँड रक्सीजस्तो मादक पदार्थ पिउनुलाई नै मद्यको उपमा दिने गर्दछन् तर ईश्वरको भक्तिमा लिप्त रहने नशा र वायुमण्डलमा रहेको अमृत पान गर भनेको हो ।

५. मैथुन तथा क्रियाशील योग
मैथुन भनेको यौन क्रिडा गर्नु भनेको होइन । ध्यानावस्थामा रहेको तत्वसँग ध्वनि र श्वासको योग गराउनु भनेको हो ।

(तामाङ हिमालयन हेरिटेज विज्ञ हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button