पृथ्वीको पञ्च दिव्योपदेश
१) उप्रान्त । यो राजे दुई ढुंङ्गाको तरुल जस्तो रहेछ । चीन वादशाहसित ठूलो घाहा राष्नु । दषिनको समुन्द्रका बादशाहसित घाहा ता राषनु । तर त्यो महाचतुर छ ।
२) तिनै सहर नेपालको नेवारहरूको नाच झिकाई हेर्या पनि हुन्छ । ईनमा ता दियाको पनि आफ्नै देसमा रहंछ । यस्व भया आफ्नु देस गमन रहन्छ ।
३) यो तिन सहर भन्याको चिस्व ढुंगो रहेछ । षेलषाल मात्र ठुलो रहेछ । कुपको पानि षान्याछेउ बुधि पनी हुंदैन । सुरो पनि हंदैन ।
४) आफ्ना देसको जिनीस् जरिबुटि देस लैजानु र नगद षैचनु । नगद षैचि राषनु र प्रजा मोटा भया दर्बार बलियो रहन्छ । राजाका भंडार भन्याका रैतानहरू हुन् ।
५) मेरा साना दुषले आज्र्याको मुलुक होइन । सबै जातको फुलबारि हो । सबैलाई चेतना भया। यो फुलमारिको छोटा बडा चारै जात छत्तिसै बर्नले ।
(बाबुराम आचार्य र योगी नरहरिनाथको सम्पादनमा प्रकाशित ‘बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्योदेश’बाट)