साहित्यतर्फ नोबेल पुरस्कार प्राप्त टोनीलाई प्रकाशकले ढोकैबाट फर्काईदिन्थे

टोनी मोरिसनः नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो अश्वेत महिला

सुशीला शर्मा

टोनी मोरिसन नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो अस्वेत महिला साहित्यकार थिईन् । उनलाई सधैं यस्तो लाग्थ्यो कि जति पनि लेखिएको छ ती सब अधुरा छन् । तिनमा कतिपय तथ्यहरु जोड्न घटाउन सकिन्छ । मोरिसनले जे लेखिन्, त्यसमा अस्वेत मानिसका दासताको दौरान दारुण चित्र ईतिहासको दस्तावेजको रुपमा पढ्न सकिन्छ । जो टोनी मोरिसनलाई कालान्तरमा साहित्यतर्फ नोबेल पुरस्कार प्राप्त भयो कुनैबेला उनका लेखहरु प्रकाशकले ढोकाबाट फर्काईदिन्थे । उनका साहित्यलाई गरिएको उपेक्षाको पनि लामो कहानी छ ।

जुन “द ब्लूएष्ट आई”को कारण टोनी मोरिसनलाई परिचय मिल्यो त्यसलाई छपाउनको लागि उनले धेरै ठोकर खानुपर्यो । यो एक आत्मकथात्मक उपन्यास हो । यो एक अश्वेत केटीको कहानी हो जो नीलो आँखा प्राप्त गर्न चाहन्छिन् । दुःखले भरिएको यस कहानीमा टोनी मोरिसनको जीवनको कहानी पनि मिल्छ । यो कहानीमा सन् १९९८मा एक फिल्म पनि बनेको थियो । टोनी मोरिसनले उनका धेरैजसो कथालाई अमेरिकाको ओहियो स्थान दिएकी छन् । उनका कहानीमा अमेरिकामा व्याप्त रेसिज्मलाई उजागर गरेको पाईन्छ । द व्लुएस्ट आईमा ११ वर्षीय किशोरीको मनमा उनकी आमाले नै गोरो हुनु सुन्दर हुनु हो भन्ने मानसिकता हालिदिएकी छिन् । गरिबी, बाब् आमाको झगडा, आफ्नै बाबुबाट बलात्कार हुनुपरेको र गर्भवती हुनुपरेको पीडा पिकोला पात्र मार्फत मोरिसनले त्यतिबेलाको अस्वेत समाजको स्थिति चित्रण गरेकी छिन् । पिकोलाका बाबु आफू पनि सानै छँदा नै आफ्नै आमाबाट त्यागिएको तथा कालान्तरमा ह्रिस्रक बन्दै गएको पक्षलाई पनि मनोबैज्ञानिक तरिकाले प्रस्तुत गरिएको छ । नीलो आँखा पाए आफू सुन्दर हुन्छु भन्ने मनसायले पागलपनको अवस्थासम्म पनि पिकोला पात्रलाई लखेटिरहेको हुन्छ । यो उपन्यासले समाजमा जब्बर बनेर बसेको रंगभेदलाई प्रष्ट बनाईदिएको छ ।

टोनी मोरिसनको सन् १९८७ मा प्रकासित उपन्यास विलभ्डले सन १९८८को कथाका लागि पुलित्जर पुरस्कार विजेता भएको थियो । यस उपन्यासमा दास प्रथाको बिनाशकारी विरासतको बारेमा उल्लेख गरिएको छ । सेथे नामकी अश्वेत महिलाको जीवनको वर्णन यसमा गरिएको छ । उनी देख्नलाई स्वतन्त्र छिन तर सम्झनाका आघातको बन्दी छिन् ।

टोनी मोरिसनले कहिल्यै आत्मकथा लेख्ने कोसिस नै गरिनन् । उनको तर्क थियो कि उनको जीवनमा आत्मकथा लेख्न योग्य कुनै सामाग्री नै थिएन् । तर सारा संसारलाई थाहा छ कि उनको जीवन कतिको मननयोग्य थियो भनेर ।

प्रोफेसर, उपन्यासकार, बाल साहित्यकार, निबन्धकार टोनी मोरिसनको जन्म सन् १९३१को फेब्रुअरी १८मा ओहायोको लोरेनमा भयो । पहिले यिनको नाम चोल एन्थोनी वोफोर्ड राखिएको थियो । एन्थोनी नाम यिनलाई यिनी बाहृ वर्षको उमेरको छँदा क्याथोलिक धर्म स्वीकारेपछि प्राप्त भएको थियो । पछि गएर यसै एन्थोनीको संक्षिप्त नाम टोनी बन्न पुग्यो । टोनी मोरिसनका पिता जब १५ वर्षका थिए उनले एक विभत्स घटना आफ्नै आँखाले देखेका थिए । त्यस घटनामा २ जना अफ्रिकन अमेरिकनलाई श्वेत समुदायले हत्या गरेका थिए । यो दृष्यलाई उनले परिवारमा कहिल्यै व्यक्त गरेनन् । सो घटना एकदमै त्रासदीपूर्ण थियो । जुन आघातले गर्दा त्यस घटनाको लगत्तै उनी ओहियोको लोरेनमा सरे । जहाँ जातिगत रुपमा एकिकृत बस्ती र राम्रो कामको लागि सहज हुनेछ भन्ने उनलाई लागेको थियो । मोरिसनका बाबुले त्यहाँ वेल्डरको रुपमा काम गरे । सन् २०१५ मा एक अन्तरवार्तामा मोरिसनले भनेकी छिन कि उनको बाबु श्वेतहरुलाई घृणा गर्थे र उनीहरुलाई घरभित्र पस्न पनि दिदैनथिए ।

मोरिसनका अभिभावकले परम्परागत अफ्रिकन अमेरिकन लोककथाहरु,भूतका कथाहरु र गीतहरुमार्फत भाषा र सम्पदाहरको बारेमा जिज्ञासा भरिदिएका थिए । मोरिसनका मनपर्ने लेखकहरु जेन अस्टिन र लियो टल्सटोय थिए ।

टोनी मोरिसनले सन् १९५३मा हावर्ड युनिभर्सिटीबाट ग्य्राजुएट र कोर्नल युनिभर्सिटीबाट अंग्रेजी साहित्यमा डिग्री हाँसिल गरिन् ।

टोनी अर्ध एकिकृत क्षेत्रमा हुर्केकी थिईन् । जहाँ जातीय भेदभाव निरन्तर थियो । जब मोरिसन दुई वर्षकी थिईन उनको अपार्टमेन्ट भवनको मालिकले उनीहरुको घरमा आगो लगाईदिए । उनीहरुले भाडा तिर्न असमर्थ भएको कारण । मोरिसनले हुर्कदै गएपछि आफ्नो ध्यान पढाईमा केन्द्रित गरिन् । आफ्नो बौद्धिक क्षमता समूहमा बहस गर्न तथा सार्वजनिक पुस्तकालयको सचिवको रुपमा काम गरेर खर्च गर्न थालिन् । सन् १९४९ मा मोरिसनले आफ्नो कलेज अध्ययनको लागि अस्वेत संस्थामा जाने निर्णय गरिन् । कलेजमा हुँदा मोरिसनले नयाँ तरिकामा जातीय विभाजनको अनुभव गरिन् । उनी हावर्ड युनिभर्सिटीको प्लेयर्स भनिने नाटकीय समूहमा सहभागी भईन् र नाटकको साथ दक्षिणको भ्रमण गर्दा जातीय पदानुक्रमले छालाको टोनमा आधारित मानिसहरुलाई कसरी विभाजित गरेको छ भन्ने भेद चाल पाईन् । यद्धपी हावर्ड समुदायले उनलाई अन्य लेखकहरु,कलाकार तथा अभियन्तासंग सम्पर्क बनाउन अनुमति दिए । उनले व्याचलर डिग्री हाँसिल गरेपछि कोर्नेल युनिभर्सिटीमा अंग्रेजीमा मास्टर्स गरेर टेक्सास साउदर्न युनिभर्सिटीमा अंग्रेजीको अध्यापन गर्न थालिन् । तर हावर्ड युनिभर्सिटीमा प्रोफेसरको रुपमा फर्किईन् । उनले यूवा नागरिक अधिकार अभियन्ता स्टोक्ली कारमाईकललाई अध्यापन गराउने क्रममा उनको श्रिमान हयारोल्ड मोरिसनलाई भेटिन र विवाह पश्चात उनीहरुका दुई सन्तान भए । दोश्रो सन्तान गर्भावस्थामा हुँदा यी दम्पतीले पारपाचुके गरेका थिए ।

सात वर्ष हावर्ड युनिभर्सिटीमा अध्यापन पश्चात मोरिसन न्यूयोर्क गईन् त्यहाँ उनी पुस्तकको सम्पादक बनिन् । रयान्डम हाउस पब्लिसिङ्ग उनले यिनले सम्पादन गर्ने पुस्तकको प्रकासन गृह थियो । यिनी न्यूयोर्क सहरको शाखामा सरुवा भईन र अफ्रिकन अमेरिकन लेखकका फिक्सन तथा पुस्तकहरु सम्पादन गर्न थालिन् । मोरिसनले समसामयिक अफ्रिकन साहित्यको बारेमा अध्ययन गरिन् । जसमा नाईजेरियन लेखक वल सोयिङ्का,चिनुवा अचेवे र दक्षिण अफ्रिकी लेखक अथोल फुर्गाडका बारेमा थिए । मोरिसनले नयाँ पुस्तालाई अफ्रिकी अमेरिकी लेखकहरुसंग जोड्ने काम गरिन् । सन् १९७५ मा उनले बक्सिङ च्याम्पियन मोहम्मद अलिको अटोवायोग्राफी ल्याईन् । मोरिसनले सम्पादन गरेको “द ब्ल्याक बुक” मा फोटोग्राफ, निबन्ध तथा अश्वेत जीवनका दास युगका दस्तावेजहरु समाहित छन् ।

मोरिसन आफू प्रकासन कम्पनीमा काम गरेपनि आफ्नो पहिलो उपन्यास “द ब्लुएस्ट आईज ”प्रकाशन गरिनन् । तीन वर्ष पछाडि मोरिसनले उनको दोश्रो उपन्यास “सुला” प्रकासन गरिन् । यो पुस्तक राष्ट्रिय पुरस्कारको छनौटमा परेको थियो । मोरिसनको तेश्रो उपन्यास सन् १९्७७ मा “सङ अफ सोलोमन”ले उनलाई फुलटाईम लेखक बन्न प्रेरित गर्यो । उनले प्रकासन कम्पनी छोडिन र निरन्तर निबन्ध, उपन्यास, नाटकहरु लेख्न थालिन् । सन् १९८७ मा मोरिसनले उनको विलभ्ड उपन्यास ल्याईन जुन उपन्यास अफ्रिकन अमेरिकन दास महिलाहरुको जीवनीमा आधारित थियो । यो पुस्तक २५ हप्तासम्म वेस्ट सेलर भएको थियो । यस पुस्तकले पुलित्जर पुरस्कारसहित असंख्य पुरस्कार प्राप्त गर्यो । सन् १९३३मा मोरिसन पहिलो अश्वेत नोबेल पुरस्कार विजेता भईन् । मोरिसनले फिक्सन लेखनको लागि पुलित्जर पुरस्कार, नेशनल बुक अवार्ड, ईन्टरनेशनल डबलिन लिटररी अवार्डले पुरष्कृत भईन् ।

मोरिसनको अगष्ट ६, २०१९ मा मृत्यु भयो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button