स्वर्गीय बाबालाई काठमाडौंबाट छोरीको धेरै धेरै धन्यवाद

कविताः धेरै धेरै धन्यवाद बाबा !

जेनिफर थापा
कक्षा ७, अक्षरा स्कुल, काँडाघारी, काठमाडौं ।

बाबा शब्द सुन्दैमा पनि गद्गद् लाग्ने
जस्तै दुःख परे पनि सबै पीडा भाग्ने
माया दिई हुर्काउनुभयो
राम्रो बाटो देखाउनुभयो
असल र इमान्दार बन्नुपर्छ भनेर सिकाउनुभयो
हरेक अवरोध पार गरी अघि बढ्न हौसला दिनुभयो
बाबा हजुरलाई धेरै धेरै धन्यवाद !

हजुरको भौतिक शरीर हामीमाझ नरहे पनि
मेरा प्रत्येक सपनीमा आई
मलाई राम्ररी पढ है भनी प्रेरणा दिने
हजुरकै यादले सताइ रुँदा
म यहीँ छु झैँ आभाष दिने
बाबा हजुरलाई धेरै धेरै धन्यवाद !

अब मलाई आशीर्वाद दिनुहोस् बाबा
म हजुर जस्तै बन्न सकूँ
हजुरले देखाएको बाटोमा हिँड्न सकूँ ।

छोटो समय मात्र साथ रहे पनि
सिकाउन केही कमी राख्नु भएन हजुरले
भगवान्ले पनि हाम्रो खुसी देखिसहेन
हरेक दिन हजुरको छोरी भएकोमा गर्व गर्न पाऊँ
बाबा हजुरलाई धेरै धेरै धन्यवाद !

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button